२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

स्वास्थ्य बीमामार्फत सेवा लिने बिरामीको सङ्ख्या बढ्दै

२०७७, १९ श्रावण सोमबार ०५:४६

नारायण अधिकारी। साउन १९, चितवन। भरतपुर अस्पतालबाट स्वास्थ्य बीमामार्फत सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालबाट गत आर्थिक वर्षमा एक लाख १४ हजार १४३ बिरामीले बीमाको उपयोग गर्दै सेवा लिएका थिए ।

 अस्पतालका बीमा कार्यक्रम स्रोत व्यक्ति लिलाधर पौडेलका अनुसार बीमाका बिरामीले एक लाख चार हजार ३४७ पटक बहिरङ्ग सेवाको टिकट लिएका छन् । आकस्मिक सेवामा बीमाका टिकट लिने नौ हजार ७९७ र भर्ना भएर उपचार गर्नेको सङ्ख्या चार हजार ५४ रहेको छ । यसरी सेवा लिनेको सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।

 गत वर्ष अस्पतालमा दुई लाख ६४ हजार ३२ पटक विभिन्न व्यक्तिले उपचार सेवा लिएका थिए । तीमध्ये कतिपय दोहोरिएका पनि छन् । जिल्लामा २०७४ साल भदौबाट सो कार्यक्रम कार्यान्वयनमा आएकोे हो । अस्पतालले बीमा विकास बोर्डबाट रु ३८ करोड तीन लाख ७६ हजार ७५४ दाबी गरी भुक्तानी लिइसकेको छ । अन्य रकम भुक्तानीको चरणमा रहेको उहाँले बताउनुभयो ।

 अस्पतालमा आन्तरिक सेवा लिएका कूल बिरामीको ३७ प्रतिशत बीमाका छन् भने औषधि खरिद गर्नेमा भने ५५ प्रतिशत रहेको छ । एकै जना बिरामीले वर्षमा सरदर ४.४ पटकसम्म अस्पताल आएको टिकटबाट देखिएको पौडेलले जानकारी दिनुभयो । चितवन जिल्लासहित छिमेकका १५ जिल्लाबाट यहाँ बिरामी आउने गरेका छन् ।

 तनहुँ, गोरखा, मकवानपुरलगायतका जिल्लाका कतिपय बिरामीले प्रथम विन्दु नै भरतपुर अस्पताल बनाएको पाइएको छ । सरकारले पछिल्लो समय जिल्लाका सरकारी अस्पताल र स्वास्थ्य केन्द्रलाई मात्रै प्रथम विन्दुको स्वीकृत दिएको छ । गत वर्ष अन्य जिल्लाबाट रिफर भएर दुई हजार ६०४ जनाले यहाँबाट सेवा लिएका थिए । यस अस्पतालबाट तीन हजार ६४० जना रिफर भएर अन्य अस्पताल गएको तथ्याङ्क छ ।

 बीमाको बिरामीको चाप बढ्दै गएको तर व्यवस्थित हुन नसक्दा कतिपय बिरामी सन्तुष्ट हुन नसकेर बीमा कार्यक्रमबाट बाहिरिएको पाइएको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी अबको अस्पतालको आम्दानी बीमा र शैक्षिक कार्यक्रम मात्रै हुने भएकाले यी दुवै क्षेत्रलाई व्यवस्थित गर्न अस्पताल लागेको जानकारी दिनुभयो । उहाँले बीमालाई छुट्टै व्यवस्थित विभागको रुपमा विकास गरेर सेवाग्राहीलाई सन्तुष्ट हुने गरी उपचार सेवा दिने बताउनुभयो ।

 उहाँले भन्नुभयो, “हामी बीमालाई तीन महिनाभित्रमा पूर्ण युनिटका रुपमा विकास गर्दैछौँ ।” अनलाइनमार्फत काम गर्ने, बीमाका सहजकर्तामार्फत समस्या बुझेर समाधान गर्ने र बीमाले तोकेका कम्तीमा ९० प्रतिशत औषधि अस्पतालको फार्मेसीबाट उपलब्ध गराउने गरी व्यवस्थित गर्ने अस्पतालले जनाएको छ  ।

 हाल बीमाले एक हजार १३३ प्रकारका औषधि उपलब्ध गराउँदै आएको छ । देशका ५८ जिल्लामा बीमा कार्यक्रम लागू भएको छ । नेपालमा विसं २०७२ चैत १५ गतेबाट बीमा कार्यक्रम शुरु भएको हो । चितवन जिल्लामा मात्रै दुई लाख ६० हजारभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । जिल्लाका १२ वटा स्वास्थ्य संस्थाबाट बीमामार्फत उपचार सेवा लिन पाउने व्यवस्था रहेको स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी निर्मला भट्टराईले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा