३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

अशक्त अवस्थामा पनि निरन्तर आपराधिक गतिविधि

२८ श्रावण २०७७, बुधबार ०६:५१

साउन २८, महेन्द्रनगर । गत सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दम्पती हत्यामा संलग्न अभियुक्त सार्वजनिक कार्यक्रमा बेलौरी नगरपालिका–७ का ३५ वर्षीय दिनेश रानाको शारीरिक अवस्थाले ध्यान तान्यो । दाँया हात नै नभएका अशक्त अभियुक्त रानाले ज्यान मार्ने जस्तो जघन्य अपराधिक घटनामा कुन भूमिका निभाए होलान् भन्ने सबैको चासोको विषय पनि बन्यो ।

दश दिनअघि मध्यरातमा कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरका घनश्याम खातीको घरमा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी आक्रमण गर्यो । आक्रमणबाट खातीका श्रीमती ६८ वर्षीया बेलीदेवी खातीको घटनास्थलमै मृत्यु भयो । आक्रमणबाट गम्भीर घाइते भएका वृद्ध घनश्यामको आइतबार राति उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खातीकै छिमेकी ५३ वर्षीय प्रकाश ऐरले बोक्सीको आरोप लगाउँदै रु चार लाख दिएर हत्या गर्ने योजना बुनेको प्रहरीले खुलासा गरेको छ । खातीको हत्या योजना बनाएका ऐरले कृष्णपुर नगरपालिका–२ का ४५ वर्षीय रबि राना (भर्रा) को गतिलो साथ पाए । 

योजनाअनुसार नै अशक्त रानाले मोटरसाइकलमा घटनापछि खातीका छोरा राजेश खातीलाई घरमा लैजानेदेखि आक्रमण गर्ने रविलाई घर पुर्याउनेसम्मको काम गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । रानाले मोटरसाइकलको एक्सलेटर नै बाँया हाततर्फ जडान गरेको पाइएको छ । “अशक्त भएपनि राना दक्षिणतर्फ नेपाल–भारत सीमानामा मलखाद, कुखुराका चल्ला अवैध नाकाबाट ल्याउने गिरोहमा समेत सक्रिय रहेछ ।” उहाँले भन्नुभयो–“राना त्यो क्षेत्रको तस्कर नै रहेको पाइयो ।”

अभियुक्त राना सीमा क्षेत्रमा युवा समूहलाई तस्करीमा परिचालन गर्ने गरेको समेत  प्रहरी भनाइ छ । “प्रहरीमै उजुरी नआएपनि गाउँमा त्यसको गतिविधि ठीक रहेनछ ।” प्रवक्ता थापाले भन्नुभयो–“खाती दम्पतीको हत्याको दोस्रो दिन हामीले दिनेश र खातीका छोरा राजेशलाई सोधपुछका लागि नियन्त्रणमा लिएका थियौँ ।”

घटना अनुसन्धानकै क्रममा राजेशको संलग्नता नदेखिएपछि रिहा भएका छन् । “दिनेश र होरीले घटनाका बेला राजेशलाई मादक पदार्थमा लठ्ठ बनाएर फकाएर राखेको देखिन्छ” प्रवक्ता थापाले भन्नुभयो । झण्डै दुई दशकअघि रानाले बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेको हात गुमाएको एक स्थानीयले बताउनुभयो । “यहाँ अवैध नाकाबाट तस्करी गर्न थालेको वर्षौं भइसकेको थियो ।” स्थानीयले भन्नुभयो–“तस्करी हुँदै आज गाउँमै जघन्य अपराधमा समेत सामेल भएछ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट