९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिम प्रदेशमा ‘वल्के’ पर्वको चहलपहल

३२ श्रावण २०७७, आईतवार ०६:१२

साउन ३२, कैलाली । सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत विभिन्न पहाडी जिल्लामा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल धनगढीमा पनि आजबाटै बढेको पाइएको छ । भाद्र १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ ।

जेठो पर्वका रुपमा मनाइने यो पर्वको तयारीका लागि सामग्री किनमेल गर्न बजारका चोकचोक तथा पसलमा स्थानीयको भीडभाड देखिन्छ । विभिन्न थरीका पकवान पकाउनका लागि सामग्री किनमेल गर्न महिलालाई भ्याइनभ्याइ भएको छ ।

कोरोना सङक्रमणको जोखिम हुँदाहँदै पनि बजारका किराना तथा तरकारी पसलमा सामाजिक दूरी कायम नगरी सामान किन्ने गा्रहकको पुरानो स्थितिको झै उत्तिकै चाप देखिन्छ । गाउँघरतिर टोल–टोलमा स्थानीय कुटानी पिसानीका लागि मिल धाउने काममा व्यस्त देखिन्छन् । घर आँगन सरसफाइ गर्ने, लत्ताकपडा धुनेलगायतका क्रियाकलापमा उनीहरु जुटेको पाइन्छ । 

यस पर्वका दिन बिहानै नुहाइधुवाइ गरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा दुध, दही, मही र पिँडालुको गाभा, दिएर सम्मान गर्ने एक खालको छुट्टै पुरानो मौलिकता रहिआएको धनगढी उपमहानगरपालिका–२ का स्थानीय पुरोहित कृष्णराज जोशीले बताउनुभयो ।  

“गाउँ घरतिर जसका घरमा गाई भैंसीको दुध, दही, मही हुँदैन त्यस घरमा दुध, दही, महीलगायत बाड्ने चलन छ ।” पुरोहित जोसीले भन्नुभयो, “जसलाई हाम्रो स्थानीय गाउँघरको भाषामा ‘गोरस’ अर्थात ‘सितन’ भनिन्छ ।”

विषेशगरी यस पर्वका दिन विवाहित छोरीबेटीलाई माइती घरमा बोलाई लाउन, बाबर, बटुक, गतानी डुब्का तथा फाडो, मासे माणालगायतका स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।

चाडमा गाउँघरतिर समूहमा विभाजन भई देउडा खेल्ने, पिङ खेल्ने तथा स्थानीय लोक भाकामा गीत गाउँनेलगायतका क्रियाकलाप पनि गर्ने गर्दछन् । शहरमा भने यो चाडको महत्व केही मात्रामा घट्दै गएको स्थानीय अगुवाको भनाइ छ ।

सुदूरपश्चिमेली संस्कृति तथा खानपान झल्किने यस पर्वको छुट्टै विशेषता र महत्वका बारेमा हिजोआज बुढ्यौली तथा पाको उमेरका मानिस जानकार रहेपनि नयाँ पुस्ता भने यसको महत्व र विशेषताबारे त्यति खासै जानकार नभएको स्थानीय अगुवा भक्तराज ओझा बताउनुहुन्छ । यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउ, गडवाललगायतका स्थानमा पनि मनाउने गरिन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ नवलपुरमा आज बिहान गैँडाको आक्रमणबाट एक जनाको मृ-त्यु प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद ओली अस्पताल भर्ना विश्व शान्तिका लागि बौद्ध दर्शन पारस्पारिक हित लागि अपरिहार्य सेतु बन्नसक्छ: उपाध्यक्ष घिमिरे गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा हुन्छ : मन्त्री पाण्डे १८९ किलो गाँजासहित सिन्धुलीबाट एक जना पक्राउ मिश्रित निर्वाचन प्रणालीलाई संशोधन गर्न आवश्यक