२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काम लगाइदिने बहानामा महिलालाई बेहोस पारेर भारतमा बिक्री

२०७८, २१ पुष बुधबार ०६:५८

कमल बिक्रम जिसी, पुस २१, काठमाडौँ | पोखरामा काममा लगाइदिने बहानामा महिलालाई बेहोस पारी भारतमा पु¥याएर बिक्री गरेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार यसरी महिलालाई बिक्री गरेको आरोपमा प्रहरीले नुवाकोटको बालकुमारीका अनिशा भन्ने फूलमाया तामाङलाई पक्राउ गरेको छ । 

उनले पोखरामा घरायसी काममा राम्रो कमाइ हुन्छ भनी प्रलोभनमा पारी भारत पु¥याएर बेचेको ब्यूरोका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिनुभयो । सुरुमा उनले चाउमिनमा बेहोस हुने औषधि मिसाएर बेहोस पारी लगेका र होस खुल्न लाग्दा पुनः कोकमा औषधि मिसाएर बेहोस बनाउँदै भारत पु¥याएको पीडितको बयान छ । उनले पीडितका दिदीबहिनीलाई नै यसरी  पु¥याएको पनि खुल्न आएको छ । उनीहरुलाई छट्टाछुट्टै कोठीमा पु¥याएर बिक्री गरेको ब्यूरोको दाबी छ ।

भारतको कोठी सञ्चालकले उनलाई रु तीन लाखमा किनेको भनी यौन कार्यमा लगाएका पीडितको जाहेरीमा उल्लेख छ । उनीहरुलाई भारतको मुम्बई, कोलकाता, बिहारलगायत विभिन्न क्षेत्रमा पु¥याएर वेश्यावृत्तिमा लगाएको पाइएको छ । एक दिन बजारमा खाजा लिन पठाएको मौका पारेर उनी त्यहाँबाट भाग्न सफल भएको अवस्थामा भारतीय प्रहरीले सुरक्षितको सहायतामा त्यहाँबाट नेपाली राजदूतावास तथा विश्व सेवा संस्थाको सहयोगमा गत असोजमा नेपाल फर्कन सफल भएको पीडितको भनाइ छ ।

पीडितको जाहेरीका आधारमा खोजी गर्दा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका– १० कपनबाट तामाङ पक्राउ परेको प्रहरीले जनाएको छ । उनीमाथि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ बमोजिम मुद्दा अघि बढाइएको प्रहरी उपरीक्षक धमलाले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो