फागुन १, काठमाडौँ | परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग गणतन्त्र कोरियाका राष्ट्रपतिका सल्लाहकार सुङ मिन जङले शिष्टाचार भेट गर्नुभएको छ ।
मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री डा पौड्यालले गणतन्त्र कोरिया र नेपालबीचको घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको शिक्षा, स्वास्थ्य, पर्यटन, बौद्ध दर्शन र सांस्कृतिका आदानप्रदानलगायतका क्षेत्रमा सहकार्य अघि बढाउन कोरियन सरकारलाई गर्नुभएको थियो ।
सो अवसरमा सल्लाहकार सुङले इपिएसअन्तर्गत १५ हजारभन्दा बढी नेपाली कोरियामा रोजगारीमा रहेको उल्लेख गर्दै नेपालीको परिश्रमबाट कोरियन सरकार प्रभावित रहेको बताउनुभएको थियो । उहाँले परराष्ट्रमन्त्री डा पौड्याललाई कोरियन लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको समेत अवगत गराउनुभएको थियो ।
पररष्ट्रमन्त्रीसँग कतारका राजदूत भेट
आजै परराष्ट्रमन्त्री डा पौड्यालसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैल शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा उहाँहरूबीच दुई देशबीचको आपसी हितका विविध पक्षमा छलफल भएको मन्त्रालयले जनाएको छ ।