३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाललाई १ खर्ब ३८ अर्ब वैदेशिक सहायताको प्रतिबद्धता, विश्व बैंकले सबैभन्दा धेरै दिने, अरुले कति ?

७ चैत्र २०७९, मंगलवार ११:२७

चैत ७, काठमाडौँ | सरकारले यो वर्ष १ खर्ब ३८ अर्बको वैदेशिक सहायता प्रतिवद्धता पाएको छ । चालु आर्थिक वर्षको ८ महिनामा नेपालले १ खर्ब ३८ अर्ब ५६ करोड रुपैयाँको वैदेशिक सहायता प्रतिबद्धता पाएको अर्थमन्त्रालय अन्र्तराष्ट्रिय आर्थिक समन्वय महाशाखाले जनाएको छ ।

अर्थमन्त्रालयको सार्वजनिक गरेको चैत २ गतेसम्मको तथ्यांक अनुसार ऋणको प्रतिवद्धता बढी छ । १ खर्ब १४ अर्ब ऋण सहायता र २४ अर्ब ५६ करोड रुपैयाँ अनुदान सहायताका लागि प्रतिवद्धता आएको छ ।

अन्तर्राष्ट्रिय दाताहरुमा सबैभन्दा ठुलो रकमको प्रतिबद्धता विश्व बैंकले जनाएको छ । यद्यपी, विश्व बैंकले दिने सबै ऋण सहायताको प्रतिबद्धता हो । यस्तै एशियाली विकास बैंकको पनि ऋणको हिस्सा धेरै छ भने यसले अनुदान समेत दिने प्रतिवद्धता जनाएको छ ।

कोरिया, बेलायत, युरोपियन युनियन, फिनल्याण्ड स्विजरल्याण्ड लगायतले अनुदान सहायताको लागि प्रतिवद्धता जनाएका छन् ।

एशियाली विकास बैंकबाट ३५ अर्ब ८७ करोड रुपैयाँको प्रतिवद्धता आएको छ । यसमा १ अर्ब ५७ करोड रुपैयाँ भने अनुदान हो । एडीबीले परियोजना प्रणालीको सुदृढीकरण र महिला उत्थानका लागि अनुदान दिने प्रतिबद्धता जनाएको हो ।

१६ अर्ब ५५ करोड रुपैयाँ जापानको जाइकाले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । यसमा १४ अर्ब २० करोड ऋण सहायता हो भने बाँकी अनुदान सहायता हो । यसले मानव संसाधन परियोजना विकास, तराइको सिँचाइ प्रणाली सुधार र शहरी प्रसारण वित्तरण प्रणाली सुधारका लागि यो सहायता दिने प्रतिवद्धता जनाएको हो ।

विश्व बैंकबाट ६५ अर्ब ५० करोड ऋण सहायता दिने प्रतिवद्धता पाएको छ । विश्व बैंकले अनुदान सहायताका लािग प्रतिवद्धता जनाएको छैन । उसले दिने सबै ऋण सहायता हो । हरियाली तथा समावेशी विकास, नेपालको क्षेत्रीय विकास र डिजिटल नेपालको विकासका लागि यो ऋण सहायता दिने विश्व बैंकले जनाएको छ ।


कोरियाले कोइकामार्फत २ अर्ब अनुदान दिने प्रतिवद्धता जनाएको छ । बेलायतले ६ अर्ब ७० करोड अनुदान दिने भएको छ । युरोपियन युनियनले ३ अर्ब ३७ करोड रुपैयाँ अनुदान दिने प्रतिवद्धता जनाएको छ । त्यस्तै, फिनल्याण्डबाट २ अर्ब ५४ करोड, नर्वेबाट २ अर्ब ५७ करोड रुपैयाँ र स्विजरल्याण्डबाट ९९ करोड १ लाख रुपैयाँ अनुदान सहायता प्रतिवद्धता आएको छ ।

सरकारले पाउने प्रतिवद्धता एउटा भएपनि वास्तविक रकम भने फरक हुने गरेको छ । अन्र्तराष्ट्रिय दाताहरुले पाँच वर्षभित्र ददिने गरी प्रतिवद्धता जनाउँने गरेको र रकम किस्ता किस्तामा आउँदा प्रतिवद्धता र वास्तविक रकमविच ग्याप हुने अर्थमन्त्रालय अधिकारीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ