३ कार्तिक २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

क्षेत्रीले बनाए सत्ताइस मिनेटमै चक्रपथ पार गर्ने योजना

७ आश्विन २०७३, शुक्रबार ०४:०२

बसाई अमेरिका तर मन नेपालमा l लामो समय देखि अमेरिका बस्दै आएका लेखा परीक्षक एक बहादुर क्षत्रीले अमेरिका जस्तो विकसित देशको अनुभव बटुलेर काठमाडौँको यातायात आवगमनमा सहजता ल्याउन सकिने हेतुले नेपाल सरकार या सम्बन्धित निकायमा पुर्याउन चाहेको बताउनु भएको छ l
काठमाडौँ उपत्यकामा गत ३० वर्षमा अत्याधिक मात्रामा जनसंख्या र यातायातको वृद्धि भएको छ तर सडकको र आकाशे पूलको निर्माण गर्न पनि सम्भव नभएको हुँदा कम गतिमा ट्राफीक संचालन गर्न वाध्यात्मक परिस्थित देखिन आएको क्षेत्री भन्नुहुन्छ l
कम गतिमा ट्राफीक संचालन हुँदा बढी समय सडकमा खर्च भई विभिन्न समस्या बढ्दो छ ।
तसर्थ यसले गर्दा समय, संचालन खर्च, प्रदुषण जस्ता अनेक समस्या घट्नेछ भनि यस्तो योजना पेश गर्नु भएको छ l
१. राजमार्ग भनेको द्रुतगतिका साधन मात्र गुड्ने हो । साधारणतया काठमाडौँ चक्रपथ स्तरका एकतर्फ लेन भएका सडकको गति प्रति घण्टा ८०/९० कि.मी. हुने गर्दछ । तर चक्रपथमा एक तर्फी गरी शुरुमा प्रति घण्टा ४०/५० कि.मी. शुरु गरी सडक र ड्राइभरको दक्षता वृद्घि गरी ६०/७० कि.मी. गर्ने । र सो गति भन्दा कम चल्ने साधन पैदल, साइकल, जनावर, टेम्पो, ट्रेक्टर आदिलाई चक्रपथ राजमार्गमा प्रवेश गर्न निषेध गर्ने ।

२. राजमार्गमा कुनै साधन रोक्ने होइन र आपतकालिन परिस्थितिमा बाहेक नरोक्ने र रोक्न परेमा बहीर निस्कि मात्र रोक्ने । यसले गर्दा २७ कि.मी. चक्रपथ ९० मिनेटमा नभई २७ मिनेटमा पार गर्न सकिने गराउने ।

३. कुनैपनि ट्रफिकलाई चक्रपथ सिदा क्रस गर्न नदिने र चक्रपथ भित्र बाहिर गर्नको लागी प्रवेशमार्गबाट मात्र प्रवेश गर्ने र अगाडीको निकाश लेनबाट दायाँ वा बाँया निकाश भई चक्रपथलाई पार गर्ने । चक्रपथ पार गर्न पर्दा अनिषेधित साधन मात्र प्रयोग गर्ने ।

उदाहरणको लागीः

क. एयरपोर्टबाट फेरी एयरपोर्ट आउनका लागी ललितपूर तर्फ गई एयरपोर्टको प्रवेश लेनबाट चत्रपथ गई ड्राइभलेनबाट निकाश लेन लिई बानेश्वर तिनकुने भई गौशालाबाट चक्रपथमा प्रवेश गरी एयरपोर्ट जाने ।
ख. बाँसवारीबाट महाराजगंज अस्पताल आउनको लागी महाराजगंजबाट एयरपोर्टतर्फको प्रवेशमार्गबाट प्रवेश गरी धुम्बाराहीबाट निकाश भई अस्पताल आउने ।
४. निकाशलेन, प्रवेशलेन र ड्राइभलेनको व्यवस्था गर्ने र निकाशलेन निकाशको लागी मात्र र प्रवेशलेन प्रवेशको लागी र यात्रुबसको लागीे मात्र प्रयोग गर्ने । तर यात्रुबसको लागी मात्र प्रवेश लेन र निकाश लेनमापनि ड्राइभ गर्न दिने नजिक नजिक यात्रु लोड अनलोड गर्नु पर्ने हुन्छ ।
निकाश र प्रवेशलेन न्युनतम् राख्ने जसले गर्दा निकाश र प्रवेशलाई गाह्रो नहोस् । चक्रपथको दाँया बाँया दुवै तर्फ हाल पिच नभएको भागलाई निकाश र प्रवेशलेन बनाउने/प्रयोग गर्ने ।

उदाहरणको लागीः

महाराजगंजको नारायणगोपाल चोकमा चक्रपथ बालाजुको तर्फबाट आउनेको दाँया (महाराजगंज तर्फ) र बाँया (बाँसबारी तर्फ) निकाश हुने र बाँसबारीबाट आउनेको बाँया र महाराजगंजबाट आउनेको दाँयाबाट प्रवेश हुन्छ ।
५.  प्रवेश र निकाशलाई सपोर्टिङ्ग गर्नको लागी सहायक सडकमा आधा कि.मी. सम्म ल्यल(क्तयउ सडकको व्यवस्था गर्ने ।
६.  चक्रपथमा एकतर्फी गर्दा चक्रपथ भित्र प्रवेश गर्दा बिना रोकतोक बायाँ लेनको सट्टामा दायाँमा प्रवेश गर्नु पर्ने हुन्छ र चत्रफथ भित्रबाट चक्रपथमा प्रवेश गर्ने बेलामा बिना रोकतोक प्रवेश गर्न बायाँबाट जानुपर्ने हुन्छ ।
अर्थात् हालको सडकमा उल्टो बायाँको सट्टामा दायाँबाट ड्राइभ गर्नुपर्ने हुन्छ । यसको लागी विशेष व्यवस्था गर्नुपर्ने हुन्छ । उल्टो ड्राइभ गरेको नहुँदा चक्रपथ देखि नजिकको चौराहसम्म मजबुत डिभाइडर राख्ने जसबाट गाडी पार गर्न सकीयोस् र चालकलाई गलत साइडमा गाडी चलाएको महसुस नभई एकतर्फी लेन÷सडकमा चलाएको भान होस् र चौराहबाट साधारण नियम अनुसार संचालन गराउने । यसबारे नक्सामापनि स्पष्ट पार्ने कोशिश गरेको छु ।
७.  चक्रपथबाट बाहिर निस्कदा अर्को चौराह नआँउदा सम्म यू–टर्न र दाँया टर्न नगर्ने र यस्तै गरी प्रवेश मार्गमा प्रवेश गरेपछि पनि दाँया र यू–टर्न नगर्ने । कालान्तरमा डिभाइडर राखिदिने ।
८.  हाल पिच भएको २ लेन ड्राइभलेन ड्राइभको लागी र साइडमा बसका यात्रु लोड अनलोड गर्ने पैदल हिँड्ने पिच नभएकोलाई निकाश र प्रवेश लेनको रुपमा प्रयोग गर्न उक्त ४ लेनमा कुनै ट्राफीक नरोकने सहायक सडकको आधा कि.मी. सम्म मानिस, पैदलयात्री, साइकल तथा टेम्पो निषेध गर्ने र सो रोकथामका लागी मजबुत नियम तयार गर्ने ।
९. चक्रपथ पार गर्न निषेध गर्दा पर्ने समस्याहरुको निम्नानुसार समाधान गर्नेः
क) आवश्यक बसको प्रयोग गर्ने र बसको प्रयोग गरी आवतजावत गर्ने ।
ख)  साइकल यात्रीको लागी प्रत्येक बसमा २ वटा साइकल निशुल्क झुण्डाउने  व्यवस्था गर्ने र साइकल सवारीलाई प्रोत्साहन गर्ने ।
ग) कालान्तरमा ठाउँ–ठाउँमा पैदल, साइकलको लागी प्रयोग हुने आकाशेपूल निर्माण गर्ने ।
घ) चक्रपथ÷राजमार्गलाई राजनितिक र व्यापारिक हिसाबले छुट्टैको हिसाबले मानिराखेको सो अनुसार टेवा दिने ।
ङ) राजमार्ग भनेको द्रुत गति सवारीको लागी मात्र हो भनि जनचेतना गराउने ।
च) साविक टेम्पोहरु चक्रपथ भित्र वा बाहिरमात्र संचालन गरी सेवा प्रदान गर्ने ।
१०. चक्रपथ पार गर्न र चक्रपथको प्रयोग गर्नको लागी र पैदल चक्रपथ पार निषेध गरेपछि आफ्नो गाडी नहुनेको लागी भनि बसको लागी मात्र करिब एक–चौथाई कि.मी. को दुरीमा यात्रु बसमात्र चक्रपथबाट ट्¥याकमा निकाश दिई ट्¥याकमा यात्रुको लोड अनलोड गरी चक्रपथमा प्रवेश गर्ने विशेष सुविधा दिई यात्रुहरुलाई सेवा प्रदान गर्ने जसले गर्दा चक्रपथको गति कायम गर्न र यात्रुहरुको अधिकार सुसोभित हुनेछ ।
चक्रपथ भित्र र बाहिरमात्र चल्ने बसको अलावा यात्रु सुविधाको लागी चक्रपथ राजमार्गमा चल्ने ३ किसिमको बसहरु संचालन गर्ने –
क) चक्रपथ क्रस नगरी चक्रपथमा चक्रपथ बाहिरमात्र चल्ने ।
ख) चक्रपथ क्रस नगरी चक्रपथ भित्रमात्र चलिरहने ।
ग) चक्रपथ क्रस गरी चक्रपथ भित्र र बाहिरनै चल्ने । यो बस चक्रपथ क्रस गरी  चल्ने हुँदा एक स्टप छोडी भित्र बाहिर गर्दछ । तसर्थ बस स्टप सोही अनुसार कोडिङ गरी जोड र विजोड बनाई संचालन गर्ने ।
११. क) चक्रपथ विस्तार योजना पनि एक तर्फी र द्रुत गतिमा  साधन आवगमन हुने गरी संशोधन गर्ने र भक्तपुर–काठमाडौँको गल्ती नदोहोयाउने ।
ख) बाहिर चक्रपथ निमार्णः यो पनि दु्रत गति ८०/९० कि.मी. प्र.घ. मा चल्ने गरी बनाउदैँ छैन तसर्थ दुई लेन एक तर्फी र आकाशेपूलबाट राजमार्ग क्रस गर्ने गराउने गरी निमार्ण गरी आयोजना संशोधन गर्ने ।

१२. अन्य सुझावः

क) साधारणतया तीन तहका सवारी सडक हुन्छन् । राजमार्ग, सहायक मार्ग र भित्री मार्ग राजमार्गमा पैदल निषेध र दु्रत गति सवारीको पूर्ण अधिकार र सहायक मार्गमा दु्रत गति सवारीको सिमित अर्थात आवश्यकता अनुसार पैदललाई क्रस गर्न दिने र भित्री मार्ग जसमा पैदललाई पुर्ण अधिकार र त्यसपछि मात्र सवारीको पालो हुन्छ ।
ख) लेनको व्यवस्था गर्न लेनमा अर्को लेन भएमात्र ओभर टेक गर्ने । एउटा कार र एउटा मोटर साइकल बराबर बाटो प्रयोग गर्ने जस्ता नियम पालन गर्ने ।
ग) काठमाडौँको सबै सडक सानो भएको हुदाँ एक तर्फीको व्यवस्था गर्ने र क्रस र रोक्ने ठाउँ बाहेक सडकमा रोक्न र पिक अप गर्न नपाउने नियम बनाउने । साइकलको र पैदलको अलग अलग लेन बनाउने । साइकलले अर्को साइकललाई ओभरटेक गर्दा आफ्नो लेनबाटमात्र ओभरटेक गर्र्ने र त्योपनि स्वीकृति पाएपश्चात मात्र ।
घ) सन् २०२० लाई साइकल सिटी बनाउने अभियान राम्रो कुरा हो र पर्यटकीय शहर बनाउन सहयोग गर्छ । सो गर्न साइकल लेन र महाराजगंजमा साइकल लिई सिंहदरबारमा गई छोड्न पाउने गरी भाडा साइकलको व्यवस्था र बस पछाडी २ वटा साइकल झुन्डाउन निशुल्क व्यवस्था गर्ने ।
ङ) ट्राफीक प्रहरी राखी क्रसिङ गराउने भनेको कहिले काहीँ मात्र हो तर अहिलेत २४सै घण्टा ट्राफीक प्रहरीको इशारामा आवतजावत गरिदैँछ । ट्राफीक प्रहरीलाई सडकमा राखी दुर्गन्ध, धुँवा खुवाउनु र दुर्घटना निम्त्याउनु ठूलो अपराध हो । उनीहरुको काम भनेको नियम पालना गराउनु मात्र हो । 
यसका लागी चौराहमा सङ्केत राख्न सकिन्छ वा चारैतिरको सावारी रोकी पहिलो आउने एउटा सवारीलाई जाने व्यवस्था गर्ने नियम बनाउने र ट्राफीक प्रहरीले उक्त नियम पालना नगर्नेलाई पालना गर्न लगाउने हो ।
माथि उल्लेखित सुझावहरुलाई सजिलैसँग सानो प्रयासले कार्यन्वयन गरे हालको काठमाडौँ को ट्राफीक सुव्यवस्थित भर्ई तेल र गाडीको बचत तथा आम जनतालाई फाइदा हुनेछ ।

PDF मा क्षेत्रीको योजना



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने न्युजिल्यान्ड १४ वर्षपछि महिला विश्वकपको फाइनलमा आजको मौसम : देशका केही भूभागमा वर्षा हुने पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो