2026-10-10 07:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फिल्म तेल भिसाको शुरुवाति कमाई कस्तो ?

काठमाडौँ | पछिल्लो समय एकपछि अर्को गर्दै नेपाली फिल्मले राम्रो व्यापार गरिरहेका छन्।तर, गत शुक्रवार देखि प्रदर्शनीमा आएको फिल्म ‘तेल भिसा’ र ‘अग्निदहन’ को पहिलो दिन राम्रो व्यापार भएको थिएन । शनिवार ‘तेल भिसा’ को व्यापारमा भने सुधार देखियो। काठमाडौँ सहित मुख्य सहरमा फिल्मले दर्शकको साथ पायो। कतिपय शो हाउसफुल समेत भए।

शुक्रवार र शनिवार फिल्मका मुख्य अभिनेता विपिन कार्की, अभिनेत्री ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे काठमाडौँका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार समेत गरेका थिए। त्यस क्रममा दर्शकले फिल्मको कथावस्तु, कलाकारको अभिनय मन परेको प्रतिक्रिया दिए। दर्शक प्रतिक्रियाले ऊर्जा थप्नुका साथै उत्साहित बनाएको निर्माण टिमको प्रतिक्रिया थियो। वर्ड अफ माउथु सकारात्मक रहेकाले व्यापारले विस्तारै गति समात्ने निर्माण टिमको विश्वास छ।

‘तेल भिसा’ सँगै प्रदर्शनमा आएको ‘अग्निदहन’ को व्यापार भने निराशाजनक देखिएको छ। ‘तेल भिसा’ लाई शंकर घिमिरेले लेखन तथा निर्देशन गरेका हुन्। यसमा नेपालमा रहेका अभिभावक र अमेरिकामा रहेका सन्तानबिचको कथा देखाइएको छ। फिल्ममा विपिन र ऋचासहित वर्षा राउत, पूजा चन्द, बुद्धि तामाङ लगायत कलाकारको शीर्ष अभिनय छ। यसमा विपिनले वृद्ध र जवान गरी दुइटा फरक चरित्र (डबल रोल) निर्वाह गरेका छन्।

त्यस्तै, ‘अग्निदहन’ घनश्याम लामिछाने निर्देशित फिल्म हो। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर फिल्म तयार पारिएको हो। यसमा प्रकाश घिमिरे, माओत्से गुरूङ, कोविदशरण उपाध्याय, अनुपमा भण्डारी, प्रमिला तुलाचन, तुलसी क्षेत्री लगायत कलाकारहरूको अभिनय छ।

यसअघि तिहारमा रिलिज भएको फिल्म पूर्णबहादुरको सारंगी ले चौथो सातामा पनि राम्रो कमाइ गरिरहेको छ। त्यस्तै कात्तिक ३० मा रिलिज भएको ‘ह्रस्व दीर्घ ‘को व्यापार पनि सुखद छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु कांग्रेस महाधिवेशन: प्यानलको सूचीप्रति गगन र विश्वप्रकाशको आपत्ति, ‘कुनै गुट छैन’ सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँमा कारोबार दसैँमा महिलालाई क्याबिन सिटको टिकट नदिन महासंघको आग्रह कांग्रेस महाधिवेशनमा एकपटक २०० जनासम्मले मतदान गर्न सक्ने व्यवस्था भण्डारीको शपथपछि एमाले स्थायी कमिटीको निर्णय : मंसिरमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने कांग्रेस महाधिवेशन एक दिन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको खर्च पार्टीले व्यहोर्ने