लक्ष्मीप्रसाद सापकोटा/असोज १८, पर्वत । झन्डै एक दशकदेखि अलपत्र बनेको यहाँको एक विकट गाउँमा करोडौ रुपैयाँको लगानीमा बनेको वायु ऊर्जा सञ्चालन गर्न स्थानीयले माग गरेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... लक्ष्मीप्रसाद सापकोटा/असोज १८, पर्वत । झन्डै एक दशकदेखि अलपत्र बनेको यहाँको एक विकट गाउँमा करोडौ रुपैयाँको लगानीमा बनेको वायु ऊर्जा सञ्चालन गर्न स्थानीयले माग गरेका"/>
२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दशकदेखि अलपत्र वायुऊर्जा सञ्चालन गर्न माग

२०७३, १८ आश्विन मंगलवार ०५:४७

लक्ष्मीप्रसाद सापकोटा/असोज १८, पर्वत । झन्डै एक दशकदेखि अलपत्र बनेको यहाँको एक विकट गाउँमा करोडौ रुपैयाँको लगानीमा बनेको वायु ऊर्जा सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । 

पर्वत जिल्लाको फलामखानी गाविसमा सञ्चालित हावाबाट बिजुली निकाल्ने प्रविधि मर्मत सम्भारको अभावमा अलपत्र बनेको हो । डेढ दशकअघि स्थापना भई सञ्चालनमा आएको उक्त वायुऊर्जा उपकरण समय समयमा मर्मत सम्भारको अभावमा गुज्रिएको छ । केन्द्रबाट विद्युत् उत्पादन त भएको छैन, त्यहाँ जडित सामान समेत काम नलाग्ने अवस्थामा पुगेपछि स्थानीयले मर्मत गर्न माग गरेका छन् । 

लथालिङ्ग अवस्थामा रहेको हावाबाट विद्युत् निकाल्ने वायु ऊर्जा केन्द्रलाई पुनःसञ्चालन गर्न स्थानीयले माग गरेका छन् । दैनिकजसो हुने लामो विद्युत्भार कटौतीको पीडामा रहेको उक्त क्षेत्रका बासिन्दाले वायु ऊर्जा मर्मतका लागि माग गरेका हुन् । विसं २०६० सालमा स्थापना भएको उक्त केन्द्र २०६३ सालमा तीन वर्ष पछि नै बन्द भएको थियो । 

टिटिविजी नामक संस्थाले रु एक करोडभन्दा बढीको लगानीका वायु ऊर्जा आयोजना निर्माण गरेको थियो तर संरक्षण र मर्मत हुन नसक्दा सुरु भएको एक वर्षमै बन्द भएपछि वायु ऊर्जा आयोजना अहिले अलपत्र अवस्थामा पुगेको छ भने त्यसमा भएको लगानी पनि डुबेको स्थानीय गोविन्द विश्वकर्माले बताउनुभयो । 

समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको फलामखानी ढडेनको डाँडामा अत्यधिक मात्रामा हावा लाग्ने भएकाले उक्त वायु ऊर्जा स्थापना गरिएको थियो । उक्त केन्द्र सञ्चालनमा आएपछि फलामखानी, भँगरालगायतका सयाँै घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए । तर अहिले अलपत्र परेको अवस्थामा टुलुटुलु हेरेर बस्न परेको विश्वकर्माले बताउनुभयो । 

त्यतिकै अलपत्र परेको आयोजनाको काम अगाडि बढाइदिन सम्बन्धित निकायलाई स्थानीयले आग्रह गरेका छन् । हावाको मापन समेत गर्न सकिने उक्त डाँडोमा आयोजनाको काम पुनः परीक्षण गरी अगाडि बढाउन सकिने उहाँले बतानुभयो । उक्त योजनाबाट पुनः विद्युत् उत्पादन गरी गाउँका सबै घरधुरीमा विस्तार गर्नका लागि जिल्ला विकास समिति, नेपाल सरकार ऊर्जा मन्त्रालयलगायतसँग माग गरिएको विश्वकर्माले बताउनुभयो । 

सरकारले दुई वर्षभित्र मुलुकलाई नै पूर्ण विद्युत्भार कटौतीमुक्त गराउने घोषणा गरेका बेला यस्ता अलपत्र परेका योजनालाई थोरै लगानीमा पुनः सञ्चालन गर्नसकेमा अहिले भइरहेको विद्युत्भार कटौतीमा केही राहत मिल्ने स्थानीय गाविस सचिव टीकाराम सुवेदीले बताउनुभयो । 

संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमले तयार पारेको एक रिपोर्ट अनुसार नेपालमा तीनहजार मेगावाट विद्युुत् हावाबाट उत्पादन गर्न सकिन्छ । 

उक्त आयोजनाबाट करिब १२ किलोवाट बिजुली उत्पादन गर्न सकिन्छ । वायु ऊर्जा आयोजना पुनःनिर्माण गर्न सकेमा फलामखानी गाविसका करिब १५० घरधुरी र छिमेकी गाविस भँगरा र पाखापानीका बासिन्दा समेत प्रत्यक्ष लाभान्वित हुने स्थानीयको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ