2026-08-29 07:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खसीबोकाःपहिलो किनिन्थ्यो, अहिले बेचिन्छ

असोज २२, मलेखु (धादिङ) | गत वर्षमा उत्तरी धादिङको मूलपानी गाविसवासी सात सयभन्दा बढी खसीबोका खरिद गर्थे । 

मोटो रकम दसैँको खसीबोका किन्दा बाहिर जान्थ्यो । पैसा मात्र बाहिर जाँदैन थियो गाउँमा गरिबपना पनि बढ्दै गएको थियो । एक वर्षभन्दा पहिलेदेखि गाउँवासीले सबैले पशुपालनलाई व्यावसायिक रुपमा सुरु गरेपछि यस वर्षदेखि दसैँमा ठूलो मात्रामा खसीबोका बिक्री भएको गाविसका पूर्वअध्यक्ष शम्भु थापाले बताउनुभयो । 

दसैँका बेलामा खसी किनेर दसैँ मनाउने मूलपानीकी हेमकुमारी रिजालले यस वर्ष पाँच खसी बिक्री गर्नुभयो । दसैँ मान्दा ऋण लागेर बर्सेनि साहुका घरमा जानुपर्ने बाध्यता हटेको उहाँको भनाइ छ । 

गाउँमा खसी ल्याएर बिक्री गर्नुपर्ने अवस्था रहेको मूलपानीमा यस वर्ष आफैँले गाउँमा उत्पादन भएको खसीबोका काठमाडाँैसम्म लगेर बिक्री गरेको कृष्णबहादुर थापाले बताउनुभयो । हेफ नामक अन्तर्राष्ट्रिय संस्थाले सहयात्री समाज नामक गैरसरकारी संस्थामार्फत सबै घरमा पशुपालनका लागि सहयोग गर्दै व्यावसायिक क्षेत्र बनाउने घोषणापछि गाउँमा उत्पादन बढेको हो । यस वर्ष ४०० भन्दा बढी खसीबोका बिक्री भएको र अर्को वर्ष अझ धेरै बिक्री गर्ने र गाउँलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेको उहाँको भनाइ छ । 

कृषकलाई घाँस लगाउन प्रोत्साहन गर्दै बाख्रापालनमा जोड दिइएको र सबै उत्पादनमा लागेकाले गाविस व्यावसायिक बन्दै गएको सहयात्री समाजकी अम्बिका रुपाखेती बताउनुहुन्छ । ग्रीनगोट जातको बाख्रा यस क्षेत्रमा राम्रो भएकाले व्यावसायिक रुपमा अघि बढाउन कृषि विकास कार्यालयले समेत प्राविधिक रुपमा सहयोग उपलब्ध गराएको थापाले जानकारी दिनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो