१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुकेश अम्बानीलाई उछिन्दै गौतम अडानी बने एसियाकै सबैभन्दा धनी व्यक्ति

२० जेष्ठ २०८१, आईतवार ०८:२४

जेठ २०, काठमाडौँ । अदानी ग्रुप अफ कम्पनीका अध्यक्ष गौतम अडानी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै एशियाकै सर्वाधिक धनी बनेका छन् ।

अडानीले भारतका मुकेश अम्बानीलाई पछि पार्दै १६ महिनापछि पुनःएशियाको धनाढ्य बन्न सफल भएका हुन् । 


ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले सार्वजनिक गरेको ताजा आँकडा अनुसार गौतम अडानी विश्व धनाढ्यको सूचीमा ११ औं स्थानमा पुगेको छन् । 

अडाणी ग्रुपको सेयरमूल्यमा आएको उछालका कारण उनको सम्पत्ति वृद्धि भएको हो । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी भने सूचीको १२ औं स्थामा झरेका छन् ।  

गौतम अडाणीको कुल सम्पत्ति यो वर्ष २६.८ बिलियन डलर बढेर १११ बिलियन डलस पुगेको छ । उता मुकेश अम्बानीको सम्पत्ति पनि १२.७ बिलियन डलर बढेर १०९ बिलियन डलर पुगेको छ ।  

गौतम अडानीका लागि सन् २०२३ खराब रह्यो । अमेरिकी सर्ट सेलर कम्पनी हिन्डनबर्गले अडाणी ग्रुपले सेयरमा चलखेल गरेको प्रतिवेदन सार्वजनिक गरेपछि अडानीको सम्पत्तिमा तीव्र गिरावट आएको थियो । जसका कारण उनी विश्वको धनाढ्यको शीर्ष १० स्थानबाट ३० औं स्थानसम्म झरेका थिए ।  

ब्लुमबर्गको रिपोर्टका अनुसार विश्वको सबैभन्दा धनी व्यक्तिको स्थान भने फ्रान्सेली अरबपति बनार्ड अर्नल्र्डले ओगटेका छन् ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव