कात्तिक २३, काठमाडौँ  । उपप्रधानमन्त्री कृष्णबहादुर महराले बजेट कार्यान्वयनका प्रगतिबारे विभिन्न मन्त्रालयका सचिवसहित सम्बद्ध विभागीय प्रमुखसँग आज छलफल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २३, काठमाडौँ  । उपप्रधानमन्त्री कृष्णबहादुर महराले बजेट कार्यान्वयनका प्रगतिबारे विभिन्न मन्त्रालयका सचिवसहित सम्बद्ध विभागीय प्रमुखसँग आज छलफल"/>

2026-07-25 07:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन


कात्तिक २३, काठमाडौँ  । उपप्रधानमन्त्री कृष्णबहादुर महराले बजेट कार्यान्वयनका प्रगतिबारे विभिन्न मन्त्रालयका सचिवसहित सम्बद्ध विभागीय प्रमुखसँग आज छलफल सुरु गरेका छन् । 

विकास खर्चको समयावधि तोकेर सो सम्बन्धमा यथार्थ जानकारी लिने क्रममा अर्थमन्त्री महराले ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायसहित विभाग तथा आयोजना प्रमुखसँग जानकारी लिएका हुन् ।

चालु आवको पहिलो चौमासिक सकिनै लाग्दा कुल बजेटको १३.८१ प्रतिशत मात्रै खर्च भएकामा अर्थमन्त्रीले अब दोस्रो चौमासिकमा विकास आयोजनाको ठेक्का सकेर काममा लाग्न निर्देशन दिए।

बजेट खर्च नहुने र खर्च भए पनि आवको अन्त्य हुने समयमा मात्र त्यसले प्राथमिकता पाउने परम्परालाई तोड्नुपर्नेमा उनको जोड रहेको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार पुण्यप्रसाद रेग्मीले जानकारी दिए ।

प्रथम चौमासिक सकिन एक साता बाँकी रहँदा ऊर्जा मन्त्रालयलाई छुट्याइएको कुल विकास खर्चको १.३५ प्रतिशत मात्रै खर्च भएको बताइएको छ । छलफलका क्रममा अर्थमन्त्री महराले ऊर्जा मन्त्रालयका पदाधिकारीसँग भने – “एक करोड बजेट छुट्याएकामा रु एक लाख पनि खर्च नहुने अवस्था आउनु विडम्बना हो ।” उनले विद्युत् उत्पादन, वितरण र प्रसारण लाइन निर्माणमा विशेष जोड दिन निर्देशन दिएका सल्लाहकार रेग्मीले बताए ।

छलफलका क्रममा ऊर्जा सचिव उपाध्यायले विकास खर्चको प्रगति राम्रो भए पनि प्रक्रियागत रुपमा ढिलाइका कारण प्रगति स्पष्ट नदेखिको र केही आयोजना स्वीकृत हुन बाँकी रहेको जानकारी गराएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक