मंसिर ५, काठमाडौं । नेपाल टेलिकमले जिएसएम पोष्टपेड सेवाग्राहीहरुलाई थप सेवामा ल्याउन नयाँ सिस्टम अपग्रेड गरेको छ । पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा लगे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ५, काठमाडौं । नेपाल टेलिकमले जिएसएम पोष्टपेड सेवाग्राहीहरुलाई थप सेवामा ल्याउन नयाँ सिस्टम अपग्रेड गरेको छ । पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा लगे"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल टेलिकमले थप्यो पोष्टपेड मोबाइलमा यस्ता सुबिधा

५ मंसिर २०७३, आईतवार ०७:२८

मंसिर ५, काठमाडौं । नेपाल टेलिकमले जिएसएम पोष्टपेड सेवाग्राहीहरुलाई थप सेवामा ल्याउन नयाँ सिस्टम अपग्रेड गरेको छ । पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा लगेपछी अब ग्राहकहरुलाई यो सेवामा थप सुबिधा पाउने भएका छन् । सनिबारदेखि टेलिकमले वायरलेस सिस्टमका जीएसम तथा सिडिएमए र वाइम्याक्स सेवाको बिलिङलाई एउटै सिस्टममा हालेपछी त्यसको नेपाल टेलिकमका ग्राहकहरुलाई प्रत्यक्ष फाइदा हुनेछ ।

नेपाल टेलिकमको यस अघिको सेवा निकै झन्जटिलो थियो पोष्टपेड प्रयोगकर्ताहरुको ब्यालेन्स कतिखेर सकिएको, कति ब्यालेन्स छ भन्ने जस्ता सूचनाहरु पाउन सहज थिएन । अब भने नयाँ सिस्टम जडानपछि पोष्टपेड सेवाग्राहीहरुले बिल भुक्तानीको सुचना तथा आवश्यक जानकारीहरु सहज रुपमा हेर्न सकिने भएको छ । बिशेष गरि पोष्पेडका ग्राहकको मोबइलमा अन्तिम कल कष्ट अर्थात अन्तिम पटक गरेको कलको लागत आउने सिस्टम सुरु गरिनेछ । यो सिस्टम पछी ग्राहकले आफ्नो ब्यालेन्स कति छ भन्ने सुचना पाउने, ब्यालेन्स सकिन लागेको जानकारी दिने र समयमै रिचार्ज गर्न पूर्व सूचना दिनेछ ।

पोस्टपेडमा ल्याईएको यो सेवा अव केहि समयमै पिएसटीएन र एडीएसएललाई समेत नयाँ सिस्टममा राखेपछि यो सिस्टम सुरु हुने टेलिकमले जनाएको छ । 

यो सिस्टमले पोस्टपेड ग्राहकहरुलाई सहजता सँगै अप्रत्यासित बिलिङ गर्न खोज्नेहरुलाई पनि नियन्त्रणमा लिन सकिन्छ । टेलिकमले नयाँ सिस्टम हालेको भएपनि यसबारे खुलेर सूचना दिएको छैन, त्यसको मतलब टेलिकम आफ्नो सेवालाई ग्राहकसामु ल्याउनको लागि अझै केहि समय गृहकार्य गर्नमा तल्लिन छ । अब ल्याइएको नयाँ सिस्टमको आधारमा टेलिकमले आफ्नो पोष्टपेड प्रयोगकर्ताहरुलाई छिट्टै नयाँ सुविधाहरु घोषणा गर्ने तयारी गरेको छ । 

गत बिहिबार टेलिकमले आफू नयाँ सिस्टम अपग्रेडमा जाने भएकाले वाएरलेस सेवा बन्द हुन सक्ने सुचना टास गरेको थियो । 

यी सामग्रीहरु पनि पढ्नुहोस् 

यी ९ देश, जहाँ विश्वका जुनसुकै नागरिकले पनि सजिलै पाउन सक्छन नागरिकता 

मोवाइल हरायो ? अब यसरि पत्ता लगाउनुस

यो राशी हुने मान्छेको भाग्य विवाहपछि चम्किन्छ ! जानी राखौ

रातको समयमा भुलेर पनि नगर्नुस् यी १० गल्ति

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु