गोविन्द बिश्वकर्मा/मङ्सिर ६, सुर्खेत । बर्षौदेखि बन्न नसकेको सुर्खेत बर्दियालाई जोड्ने भुरीगाउ तेलपानी सडक खण्डमा पर्ने रानीघाट पक्कि पुलको बाँकी काम सुरु भएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गोविन्द बिश्वकर्मा/मङ्सिर ६, सुर्खेत । बर्षौदेखि बन्न नसकेको सुर्खेत बर्दियालाई जोड्ने भुरीगाउ तेलपानी सडक खण्डमा पर्ने रानीघाट पक्कि पुलको बाँकी काम सुरु भएको छ ।

२०८३, ७ बैशाख सोमबार
अर्थ/विकास

अलपत्र रानीघाट पुलको काम सुरु

२०७३, ६ मंसिर सोमबार ०३:४३

गोविन्द बिश्वकर्मा/मङ्सिर ६, सुर्खेत । बर्षौदेखि बन्न नसकेको सुर्खेत बर्दियालाई जोड्ने भुरीगाउ तेलपानी सडक खण्डमा पर्ने रानीघाट पक्कि पुलको बाँकी काम सुरु भएको छ ।

बषौं बितिसक्दा पनि आधा जति काम गरी बाँकी काममा चासो नदेखाएको निर्माण कम्पनी पप्पु÷मल्ल जे.भी कन्ट्रक्शन प्रा.लीले बाँकी काम सुरु भएको दावी गरेको छ । छाटो बाटो हुँदै सुर्खेत सदरमुकाम वीरेन्द्रनगर देखि भेरी पुल हुदैं रानीघाटबाट बर्दियाको भुरी गाउँसम्म जोड्ने सडक खण्डको भेरी नदीमाथीको रानीघाट पुल निर्माणको काम सुरु भएको निर्माण कम्पिनी पप्पु/मल्ल जे.भी कन्ट्रसनले जानकारी दिएको छ । 

सम्झौता भएको ४ बर्ष बित्दा समेत पुलको काम सम्पन्न हुन सकेको थिएन । एक अर्कालाई दोष लगाउने काम मात्र भएको रानीघाट पुलको काम मंसिर २ गते बिहिबारदेखि  सुरु गरिएको निर्माण कम्पनीका साईड प्रतिनिधि दुर्गा नगालले बताए । सडक डिभिजन कार्यालय सुर्खेतले निर्माण कम्पनीलाई दोष लगाउदै आएको थियो भने निर्माण कम्पनीले पनि सडकले गरेको कामको खण्डन गर्दै आएको थियो । 

सडकले निर्माण कम्पनीको कम तदारुकता कारण काम रोकिएको भन्ने आरोप लगाउदै आएको थियो भने निर्माण कम्पनी भने प्राकृतिक प्रकोप बाढी, पहिरोले गर्दा काम हुन नसकेको बताउदै आएको थियो । एक सय २० मिटर लम्वाई तथा ७ मिटर चौडाई भएको पुल निर्माणको लागी वि.स २०६९ असार २९ मा सम्झौता भएको थियो । २०७२ पौष २९ गते समापन हुने सम्झौता भएपनि ४ वर्ष अबधि सकिसक्दासम्म काम सम्पन्न हुन सकेको छैन् । 

स्थानिय नागरीक रत्न बहादुर बुढाले नेपाल सरकार सुचना विभाग अन्तरगतको हेलो सरकारमा फोन गरेर आफ्नो गुनासो सुनाएपछि सरकारबाट काम छिटो सकाउन निर्देशन आएको थियो । सरकारको निर्देशनअनुरुप नै सडक डिभिजनले पत्र आदेश पठाएपछि निर्माण कम्पनीले छिटै काम सुरु गर्ने प्रतिबद्धता जनाएको थियो । १४ करोड २९ लाख ७९ हजार २ सय ७८ रुपैयाँ ४० पैसाको लगानीमा बन्ने रानीघाट पुलको पारीपट्टि (रानीघाट) तर्फको काम पुरा भएको भईसकेको छ । 


पानीभित्र करिव १९ मिटरको वेल्फ फाउण्डेसन बनाउने काम बाँकी रहेको थियो । निर्माण कम्पनीको तर्फबाट वेल्फ फाउण्डेसनको काम करिव ९ मिटरजती सम्पन्न भएको र १० मिटर जती फाउण्डेसनका लागी जगलेन धसाउन बाँकी रहेको बताईएको थियो । कडा चट्टान लागेको महसुस भएपछि निर्माण कम्पनीले काममा सुस्तता देखाएको थियो । जगलेन मेसिन धसाउँदा नधसिएको भन्दै पुरानो मेसिनले काम नगरेकाकाले काम रोकिएको निर्माण पक्षले जवाफ दिदैं आएको थियो । 

असार मसान्त पछि नै नयाँ जगलेन मेसिन मगाएर काम सुरु गर्ने बचन दिएको निर्माण पक्षले ढिलै भएपनि काम सुरु गरेको छ । आर्थिक बर्ष ०६८÷०६९ सालमा पुल निर्माणको आधा जति काम भएको थियो । आ.व ०७०/०७१ सुर्खेतमा आएको बाढीले असर गर्दा काम हुन सकेको थिएन । कम्पनीले काम संचाल गर्नका लागी सम्झौता भएको मिती असार २९ मा १ करोड ७६ लाख रकम पहिलो पेश्की स्वरुप लिईसकेको डिभिजन कार्यालयका लेखा अधिकृत जगत शााहले जानकारी दिए । अहिले काम सुरु गर्दा समेत कुनै पेश्कि रकम नलिएको बताईएको छ । 

यो वर्षमा नै काम सम्पन्न हुने सम्भावना नभएकाले अर्को आ.वमा निर्माणको काम सकाउने तयारीका साथ काम सुरु गरेको नगालले बताए । २ स्पोन काम बाँकी रहेको बताउदै नगालले चालु आवमा पुल सञ्चालनमा ल्याउने जानकारी दिएका छन् । 

सुर्खेत र बर्दियाको सम्बन्ध विस्तार गराउने माध्यम बन्ने रानीघाट पक्कि पुल नबन्दा मर्कामा परेका स्थानिय नागरीकहरुमा छिटै छोटो बाटोको प्रयोग गर्दै सम्बन्ध सुधार गर्न पाउनेमा आशाबादी छन् । वि.स २०७१ साल साउन अन्तिम सातामा आएको बिनासकारी बाढीले भेरी नदीमा भएका झोलुङ्गे पुलहरु बगाउदा आवात जावतमा निकै दुःख भोगेका स्थानियलाई पक्कि पुल बन्दा सहजता आउनेछ । अहिले पनि वारीपारी गर्नलाई भेरी नदिको डुङ्गा प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । 

विहान बेलुका डुङ्गा नचल्ने, चिसोमा समस्या हुने, बर्षातमा बाढीले गर्दा डुङ्गा नचल्ने हुँदा कहिलेकाही स्थानिय नागरीक सदरमुकाम आउनबाट बञ्चित हुने गरेको स्थानियले बताएने गरेका छन् । पुल बनेपछि रत्न राजमार्ग हुदैं करिव डेढ सय मिटर बढीको यात्रा गर्नुपर्ने बाध्यता हट्नेछ । मात्र ७० मिटरको दुरीमा बर्दियाको भुरीगाउ पुग्न सकिनेछ । 

दुई जिल्ला बिचको भौगोलक दुरी नजिकिने हुँदा दौत्य सम्बन्ध पनि बढ्नेछ । साथै, भौगोलिक दुरीका हिसावले यात्रामा सहजता आउने, खाद्यन्न आपुर्तीमा सहज हुने, ब्यापार ब्यवसायिक सम्बन्ध सुधार हुने, जिल्लाका उत्पादन साटासाट हुने, जडिबुटी आयात निर्यातमा सहजता आउने लगायत थुप्रै फाईदा हुने सडक डिभिजन कार्यालय सुर्खेतका अधिकृत बेलबहादुर भुजेलको भनाई छ । यस्तै, भारतसंग सिमाना जोडिएको सडकखण्ड भएकाले पनि आर्थिक रुपमा फाईदा पुग्नेछ । साथै यो पुल बनेपछि बर्दियाको पश्चिमी क्षेत्र, सुदूरपश्चिमका नागरिक र भारतदेखि मानसरोवर पुग्नेलाई समेत यो सडक उपयुक्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ