दलसिंह गिरी | मंसिर २४, कालिकोट | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले कालिकोटको एक मात्र निर्माणाधिन सुनथराली विमान स्थल आफ्नै कार्यकालम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | मंसिर २४, कालिकोट | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले कालिकोटको एक मात्र निर्माणाधिन सुनथराली विमान स्थल आफ्नै कार्यकालम"/>
2026-07-25 10:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनथराली विमानस्थलमा माघभित्रै टेष्ट फ्लाईट गरिसक्ने मन्त्रालयको दावी

दलसिंह गिरी | मंसिर २४, कालिकोट | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीले कालिकोटको एक मात्र निर्माणाधिन सुनथराली विमान स्थल आफ्नै कार्यकालमा सम्पन्न गरिसक्ने प्रतिवद्धता गर्नु भएको ४ महिना नवित्दै विमान टेष्ट फ्लाईटका लागि ८० प्रतिशत काम सम्पन्न भैसकेको धावनमार्ग निर्माणकार्यको नेतृत्व गरिरहेका डन्डमान महताराले बताउनु भएको छ । विगत ३ दशकदेखि निर्माणाधिन अवस्थामा रहेको विमान स्थल आफ्नै कार्यकालमा सम्पन्न गरिसक्न मन्त्री शाहीले भाद्र १६ गते गरेको घोषणा अनुसार मन्त्रालयको निर्देशनमा टेष्ट फ्लाईटका लागि ८० प्रतिशत काम सम्पन्न भैसकेको महताराले बताउनु भएको हो ।

यता ६९० मिटर लम्बाई ५६ मिटर चौडाई धावन मार्ग रहेको विमान स्थलमा ३०० मिटर लम्बाई फिनिसीं भैसकेकाले बाकी काम फिनिसींमै रहेकाले माघ भित्र काम सम्पन्न गरी टेष्ट फ्लाईट गरिसक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवन बहादुर शाहीका नीजि सचिवालय सदस्य दमन बहादुर शाहीले बताउनु भएको छ । सेराकाली कन्ट्रक्सन प्रा.लि.को ठेक्कामा निर्माणाधिन विमानस्थलमा हाल दैनिक ९० जना बढी कामदारहरु लगाई काम अगाडी बढाईएकाले भनेकै समयमा टेष्ट फ्लाईट गरिसक्ने मन्त्रालयको तयारी रहेको शाहीले बताउनु भएको छ ।

काम चाडै सम्पन्न गरिसक्न मत्रालयको निर्देशन अनुसार काम अगाडी बढीरहे पनि प्रयाप्त कामदारको अभावमा काम सोचे अनुसार हुन नसकेकाे निर्माणधिन स्थलमा काम चलाई रहनु भएका डण्डमान महताराले बताउनु भएको छ । २ करोड १० लाखमा टेन्डर आह्वान भै ३५ प्रतिशत टेन्डर घटेर सेराकाली कन्ट्रक्सन प्रा.लि.ले पारेकाे ठेक्कामा समयमै काम सक्न कामदारको समस्या परे पनि बजेटको भने समस्या नरहेको महताराले बताउनु भएको छ । बिमान स्थल संगै निर्माण हुनुपर्ने भवन निर्माण भैसकेको र रिपीटर टावर, पुलिस क्वाटर र विमानस्थल घेरबार जस्ता काम हुन अझै बाकी रहेको वहाले बताउनु भएको छ ।

३ दशक पहिले बिमान स्थल निर्माणका लागि तत्कालिन प्रतिनिधि सभा सांसद तिलक प्रसाद न्यौपाने र तत्कालिन जिल्ला सभापति दिप बहादुर शाहीको संयुक्त आयोजनामा शिलान्यास गरिएको विमान स्थल निर्माणका लागि करिव १० करोड बरावरको बजेट खर्च भैसकेको थियो भने कामको शिलशिलामा ४१ जना कामदारको अकालमै ज्यान गइसकेको थियो । ज्यान जाने ४१ जना कामदारहरुमध्य ६ जना विमानस्थल कटान गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर ज्यान गुमाएका थिए भने धादिङ्ग जोगिमारा स्थायी घर भै विमानस्थल निर्माणको शिलशिलामा कोटवाडा आएका ३० जना कामदार र ६ जना स्थानीय कामदारहरुलाई २०५८ सालमा तत्कालिन राज्यपक्षको शाहीसेनाद्धारा विमान स्थलमै गोलिहानी हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक