पुस ८, काठमाडौं | काठमाडौं–तराई (मधेस) द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजना सरकारले आफैं बनाउने निर्णय गरेको छ । भारतीय कम्पनी आइएलएन्डएफएसलाई बनाउन दिने सम्झौता रद्द "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ८, काठमाडौं | काठमाडौं–तराई (मधेस) द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजना सरकारले आफैं बनाउने निर्णय गरेको छ । भारतीय कम्पनी आइएलएन्डएफएसलाई बनाउन दिने सम्झौता रद्द "/>
२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

फास्ट ट्र्याक सरकारले नै बनाउने, भारतसँगको सम्झौता रद्ध

२०७३, ८ पुष शुक्रबार ०२:३१

पुस ८, काठमाडौं | काठमाडौं–तराई (मधेस) द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजना सरकारले आफैं बनाउने निर्णय गरेको छ । भारतीय कम्पनी आइएलएन्डएफएसलाई बनाउन दिने सम्झौता रद्द गर्दै आफैं बनाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्णयलाई बिहीबारको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो । 

मन्त्रिपरिषद्ले फास्ट ट्र्याकको मोडालिटी कस्तो बनाउने भनेर अध्ययन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले जानकारी दिए।

उनका अनुसार समितिले आइएलएन्डएफएसले तयार पारेको विस्तृत अध्ययन (डीपीआर) अध्ययन गरी सुझाव दिने, फास्ट ट्र्याकको मोटालिटी कस्तो हुने, वित्तीय व्यवस्थापन कसरी गर्नेलयायतका विषयमा सुझाव दिनेछ। सुझावअनुसार, सरकारले फास्ट ट्र्याक निर्माण प्रक्रिया अघि बढाउने उनको भनाइ छ।

समितिले एक महिनाभित्र सुझाव पेस गर्ने र सो सुझाव मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि निर्माण प्रक्रिया सुरु गरिने मन्त्री लेखकले बताए। मन्त्रालयले गत महिना सरकारको निर्णय र सर्वोच्च अदालतको आदेशअनुसार फास्ट ट्र्याक सरकारले आफ्नै लगानीमा निर्माण गर्ने निर्णय गरेको थियो। आर्थिक हानी हुनेगरी भारतीय कम्पनीसँग फास्ट ट्र्याक निर्माण सम्झौता भएको भन्दै गत वर्ष सर्वोच्चमा रिट परेको थियो। सरकारले स्वदेशी पुँजीमा फास्ट ट्र्याक बनाउन १० अर्ब रुपैयाँ बजेट छुट्याइसकेको अवस्थामा रिट औचित्यपूर्ण नभएको भन्दै गत असारमा अदालतले खारेज गरेको थियो।

काठमाडौंदेखि बाराको निजगढसम्मको ७६ किलोमिटर सडकमध्ये अहिलेसम्म करिब ७० किलोमिटर सडक क्षेत्राधिकारमा पर्ने जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेको छ। सडक क्षेत्राधिकार स्पष्ट भएको स्थानमा नेपाली सेनाले यसअघि नै सडक ट्र्याक खोलिसकेको छ।

राजधानीलाई तराईसँग द्रुतमार्गद्वारा जोडी आर्थिक, सामाजिक रुपान्तरणका लागि मार्ग प्रशस्त गर्ने र दोस्रो अन्तरराष्ट्रिय विमानस्थल, निजगढका लागि समेत यो सडक आवश्यक रहेको भन्दै आर्थिक वर्ष ०६५/६६ बाट आयोजना निर्माण सुरु गरिएको हो। तर, आयोजना विकासका लागि अनावश्यक सर्त राखेपछि सरकार आफैंले सडक विकास गर्नेगरी आगामी आर्थिक वर्षका लागि १० अर्ब रुपैयाँ विनियोजन गरिसकेको छ। – कारोबार  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति