2026-07-11 02:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

इलाममा कृषि परियोजनाका लागि डेढ करोड लगानी

माघ २, इलाम | व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)ले इलामका कृषक तथा उद्यमीलाई रु डेढ करोड बराबरको कृषि परियोजना प्रदान गरेको छ । 

जिल्ला पशुसेवा कार्यालयमार्फत सरकारको कृषि विकास मन्त्रालयअन्तर्गत सञ्चालित प्याक्टले दूधजन्य पदार्थको उत्पादन, प्रशोधन र वितरणका लागि परियोजना प्रदान गरेको हो । 

एडिबीको सहयोगमा विगतमा पनि इलामका किसान तथा उद्यमीलाई विभिन्न परियोजनामार्फत जीविकोपार्जनमा सहयोग पु¥याउन महत्वपूर्ण परियोजनामार्फत सहयोग गर्दै आएको छ । 

हाल प्रतिव्यावसायिक फार्म र सहकारीलाई न्यूनतम रु तीन लाख र अधिकतम रु चार लाखसम्म सहयोग उपलब्ध गराउन लागिएको जिल्ला पशुसेवा कार्यालय, इलामका प्रमुख डाक्टर पशुपति ढुङ्गानाले बताउनुभयो । 

चिज, घ्यू, छुर्पी उत्पादन गर्दै आएका व्यावसायिक डेरी, सहकारी संस्था र फार्मले प्रस्तावना पेस गरेकामा उनीहरूसँग सम्झौता गर्ने तयारी गरिरहेको पशुसेवा कार्यालयले जनाएको छ । 

सैँतिसवटा फार्म तथा सहकारी संस्थासँग अनुदान सम्झौता गरिने तयारी गरिएको प्रमुख ढुङ्गानाले जानकारी दिनुभयो । परियोजनाका लागि कृषक तथा उद्यमीले जिल्लाभरबाट ४५ वटा प्रस्ताव पेस गरेका छन् । 

आवेदकले पानीको ट्याङ्की निर्माण, अत्याधुनिक गोठ निर्माण, क्रिम सेपरेटरको, डेरी भवन निर्माण, मर्मत सम्भार गर्न, सोलार ड्रायर, छुर्पी च्याप्ने हाड्रोलिक मेसिन, डिप फ्रिज तथा दूध प्रशोधनका लागिसमेत परियोजना पेस गरेका छन् । 

परियोजना सम्पन्न गरिसकेपछि मात्र फार्म र सहकारीले रकम भुक्तानी पाउने व्यवस्था गरिएको छ । आवेदकले कुल परियोजनाको ७५ प्रतिशत रकम अनुदान पाउने व्यवस्था रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट