माघ ६, म्याग्दी । सवस्टेसन र प्रसारण लाइन निर्माण सुरु भएपछि म्याग्दीमा जलविद्युत् आयोजनाको कामले गति लिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ६, म्याग्दी । सवस्टेसन र प्रसारण लाइन निर्माण सुरु भएपछि म्याग्दीमा जलविद्युत् आयोजनाको कामले गति लिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको"/>

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीमा जलविद्युत् आयोजनाको काम तीव्र

२०७३, ६ माघ बिहीबार ०६:२८

माघ ६, म्याग्दी । सवस्टेसन र प्रसारण लाइन निर्माण सुरु भएपछि म्याग्दीमा जलविद्युत् आयोजनाको कामले गति लिएको छ । 

नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २२० केभी क्षमताको सवस्टेसन तथा ३८ किलोमिटर दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण सुरु गरेपछि लामो समयदेखि रोकिएको जलविद्युत् आयोजना निर्माणको काम अघि बढेको हो । 

उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्ने प्रसारण लाइन र सवस्टेसनको अभावमा अनुमति लिएर बसेका दर्जनाँै आयोजनाको काम अघि बढेको छ । म्याग्दीको नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण कार्यले तीव्रता पाएको छ । 

बेगमा ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, पिप्लेमा ४० मेगावाटको राहुघाट, नारच्याङमै ३८ मेगावाटको निलगिरि पहिलो र ६५ मेगावाटको निलगिरि दोस्रो आयोजनाले समेत पूर्वाधार निर्माणका लागि प्रक्रिया अघि बढाएका छन् । मुस्ताङको टुकुचेमा १४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । 

नौ वर्षअघि रोवष्ट इनर्जी प्रालिले निर्माण प्रक्रिया थालेको मिस्त्रीखोला जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सुरु गरेको प्रबन्ध निर्देशक डोलराज शर्माले बताउनुभयो । “वित्तीय व्यवस्थापन र अन्य प्रक्रियागत काम पूरा गरे पनि सवस्टेसन र प्रसारण लाइन कुरेर बसेका थियौँ”, शर्माले भन्नुभयो – “जति छिटो पूर्वाधार बन्छ, त्यति गतिमा आयोजनाको काम अघि बढाउँछौँ ।” 

नारच्याङमै निर्माणाधीन पाँच मेगावाटको घलेम्दी खोला जलविद्युत् आयोजनाले पनि आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित सुरुङ, बाँध र विद्युत्गृह बनाउने काम तीव्र रुपमा अघि बढाएको जनाएको छ । 

घलेम्दी हाइड्रो लिमिटेडका सञ्चालकसमेत रहेका नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य प्रमोद श्रेष्ठले बहुप्रतिक्षित सवस्टेसन र प्रसारण लाइनको काम सुरु भएसँगै कालीगण्डकी र आसपासका नदीमा जलविद्युत् आयोजना बनाउन लगानीकर्ता सक्रिय बनेका बताउनुभयो । 

“जेनेरेसन लाइसेन्स लिई पिपिए गरेर बसेका आयोजना अघि बढाउन राम्रो वातावरण बनेको छ” केन्द्रीय सदस्य श्रेष्ठले भने “म्याग्दी मात्र नभएर समग्र धौलागिरि क्षेत्रमा जलविद्युत् विकासको सम्भावना बढेको छ ।” 

विसं २०७५ को साउनमा सम्पन्न गर्ने लक्ष्यसहित दाना र कुश्मामा सवस्टेसनका साथै प्रसारण लाइनको काम गर्न रु दुई अर्ब ९० करोडमा ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनी टाटा प्रोजेक्ट चिन्ट इलेक्ट्रिकले कार्यक्षेत्रमा परिचालित भएर कामलाई तीव्रता दिएको छ । 

ठेकेदारले सवस्टेसन निर्माण हुने ठाउँको जग्गा सम्माउने र घेराउ गर्ने काम सकेर पूर्वाधार निर्माण सुरु गरेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताउनुभयो । उहाँका अनुसार ट्रान्समिसन लाइनको नक्साङ्कनको काम पनि अन्तिम चरणमा पुगेको छ । “निर्धारित समयभित्रै आयोजना सक्ने लक्ष्यसहित काम अघि बढाएका छौँ”, प्रमुख घोषले भन्नुभयो – “स्थानीयस्तरबाट सहयोग, विपद्लगायतका समस्या नभए निर्धारित समयमै आयोजना सम्पन्न हुन्छ ।” 

सवस्टेसन बनाउन दानामा स्थानीयवासीको एक सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । थप ५० रोपनी सरकारी जग्गा प्रयोग हुनेछ । पर्वतको खुर्कोटमा १५६ रोपनी जग्गा अधिग्रहण गरेर सवस्टेसन बनाउनका लागि पूर्वाधार तयार पार्ने काम भइरहेको छ । खुर्कोटमा जग्गा अधिग्रहण प्रक्रियामा मुआब्जामा सहमति नजुट्दा आयोजनाको काम करिब डेढ वर्षपछि धकेलिएको हो । 

दानादेखि खुर्कोटसम्म ११० वटा टावर रहनेछन् । यो लाइनको क्षमता एक हजार २०० मेगावाट रहेको छ । नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्मको १४२ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्यअनुसार कुश्मादेखि बर्दघाटतर्फ पनि सर्वेक्षणको काम सकिएको आयोजनाका इञ्जिनियर यादव न्यौपानेले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै