२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कागजमै अल्झियो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल

२०७३, ६ माघ बिहीबार १२:४१

सिबी अधिकारी/माघ ६, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना बारास्थित निजगढ विमानस्थल निर्माणको काम कागजी प्रक्रियामै अल्झिएको छ ।

अन्तर्राष्ट्रिय कोरियन कम्पनी ल्याण्ड मार्क वल्र्ड वाइड (एलएमडब्लु) को फिजिबिलिटी प्रतिवेदनबारे निर्णय नहुँदा विमानस्थलको कामले गति लिन नसकेको हो। उक्त कम्पनीले सन् २०१० मै विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन (फिजिबिलिटी) को प्रतिवेदन तयार गरेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०११ मै रिपोर्ट ग्रहण गरेको थियो। तर, मन्त्रालय र कम्पनीबीचको सम्झौताअनुसार प्रतिवेदन व्यावसायिक प्रयोजनका लागि सार्वजनिक गर्न नमिल्ने भएकाले विमानस्थल निर्माण अल्झिएको मन्त्रालयको भनाइ छ। उक्त प्रतिवेदनका लागि भ्याटबाहेक करिब ३६ करोड रुपैयाँ रकम नेपाल सरकारले कम्पनीलाई बुझाउनुपर्छ। त्यसपछि मात्र विमानस्थल निर्माणको काम अघि बढ्छ ।

मन्त्रालयका निमित्त सचिव (सहसचिव) सुरेश आचार्यले एलएमडब्लुको प्रतिवेदन पुनरावलोकन गरी डिपिआर बनाएर प्रक्रिया अघि बढाइने राससलाई जानकारी दिए। 

निजगढ विमानस्थलका लागि हाल सरकारले केही रकम विनियोजन गरी प्रक्रिया अघि बढाएको छ । अहिले चार किल्ला सिमाना तोक्ने र त्यहाँ पर्ने ११० बिगाहा निजी जग्गाको मुआब्जा दर निर्धारण गर्ने काम भएको छ ।

वन कार्यालयसँग सहमति लिएर वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) गराउनका लागि परमार्श दात्री खोजी प्रक्रिया अघि बढाइने निमित्त सचिव आचार्यको भनाइ छ ।

असी स्क्वायर किलोमिटर परिसरमा निर्माण हुने उक्त विमानस्थल निर्माणका लागि सरकारले चालु आवमा अढाई अर्ब रकम विनियोजन गरी तारबार तथा जग्गा व्यवस्थापन, वरिपरिको सडक बनाउने काम भइरहेको छ ।

विसं २०५५ देखि नै चर्चामा रहेको उक्त विनमानस्थलको निर्माण प्रक्रिया अझै औपचारिक रुपमा अघि बढ्न सकेको छैन । मुलुकको आर्थिक समृद्धिको आधार मानिने पर्यटनको पूर्वाधारका रुपमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यमा सुस्तता देखिएको भन्दै सांसदले चासो जनाएका छन् ।

प्रस्तावित तथा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यप्रगति सम्बन्धमा छलफल गर्न आज बोलाइएको संसद्को विकास समितिको बैठकमा बोल्ने अधिकांश सांसदले विमानस्थल निर्माणको काम लामो समयसम्म गति नलिनु दुःखद् भन्दै सरोकारवालाको ध्यानाकर्षण गराए।

साथै, उनीहरुले राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणको योजना, कुन मोडलमा बन्ने कति वर्षमा सक्ने भन्ने विस्तृत कार्ययोजनाको माग गरेका थिए। 

यता पर्यटनमन्त्री जीवनबहादुर शाहीले निर्धारित पाँच वर्षभित्रै विमानस्थल निर्माण सकिने दाबी गरे। 

उनले एलएमडब्लुको फिजिबिलिटी प्रतिवेदन किनेर मात्र विमानस्थल निर्माण गर्न पाइने भएकाले अब छिट्टै डिपिआर तयार गरी ग्लोबल बोलपत्रमा जाने बताए। निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र गतिमा अघि बढेकाले समयमै निर्माण सम्पन्न हुने तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया पनि अघि बढेको मन्त्री शाहीको भनाइ छ।

क्यानका निमित्त महानिर्देशक राजन पोखरेलले भने पाँच वर्षमा निजगढ विमानस्थल निर्माण सम्भव नरहेको बताए। 'बर्सेनि चार/पाँच करोड बजेट विनियोजन गरेर विमानस्थल बन्दैन। यो रकम तारबारमै ठीक्क हुन्छ, अन्तर्राष्ट्रिय कम्पनीलाई दिनैपर्छ' उनले भने । 

यसैबीच व्यवस्थापिका–संसद्को विकास समितिले प्रस्तावित निजगढ र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिएको छ ।

बैठकले अन्तर्राष्ट्रिय उड्डयन सम्बन्धमा देशको दीर्घकालीन आवश्यकतालाई समेत ध्यान दिई हाल प्रस्तावित तथा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यलाई छिटो सम्पन्न गरी सञ्चालनमा ल्याउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको हो ।

समितिले राष्ट्रिय गौरवको आयोजना भनिए तापनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा हालसम्म डिपिआर बन्न नसकेको, एलएमडब्लुसँगको काम कारबाहीमा अस्पष्टता एवम् पारदर्शीताको अभाव रहेकाले उक्त सम्झौता यथाशीघ्र पुनरावलोकन गरी निष्कर्षमा पुग्न र निर्माणको मोडेल स्पष्ट पार्न निर्देशन दिएको छ ।

त्यसैगरी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य प्रगति सन्तोषजनक नै देखिए तापनि अझ तीव्रताका साथ काम गर्न पर्यटन मन्त्रालय र उक्त विमानस्थल निर्माणका लागि विद्युत्को डेडिकेटर फिडर लाइन शीघ्र उपलब्ध गराउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको सभापति रवीन्द्र अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय विमानस्थललाई सहयोग गर्न आन्तरिक विमानस्थलहरुको समेत महत्वपूर्ण भूमिका हुने भएकाले हाल अस्तित्वमा रहेको ५६ वटै आन्तरिक विमानस्थललाई सञ्चालनमा ल्याउने व्यवस्था गर्न पर्यटन मन्त्रालय र क्यानको ध्यानाकर्षण गराएको छ ।

बैठकले देशको आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्बन्धमा राष्ट्रिय योजना आयोग तथा लगानी बोर्डको भूमिका (वित्तीय, प्राविधिक, संयन्त्रगत, व्यवस्थापकीय एवम् समन्वयगत भूमिका), चासो र सरोकार नराखेकोप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै उल्लेखित विषयमा सक्रिय भूमिका निर्वाह गर्न राष्ट्रिय योजना आयोग र लगानी बोर्डलाई निर्देशन दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा