महेन्द्र केसी पर्वत, पर्वतको ईलाका नम्बर ३ र ४ को ईलाकास्तरिय गोष्ठि विहिबार डिमुवा बजारमा सम्पन्न भएको छ । इलाका गोष्ठिमा सहभागी रहेका ६ गाउँविकास समितिले बढीमात्रमा सडकको विकास र झोलुङ पुल निर्माण तथा मोटरवल पुलको माग ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी पर्वत, पर्वतको ईलाका नम्बर ३ र ४ को ईलाकास्तरिय गोष्ठि विहिबार डिमुवा बजारमा सम्पन्न भएको छ । इलाका गोष्ठिमा सहभागी रहेका ६ गाउँविकास समितिले बढीमात्रमा सडकको विकास र झोलुङ पुल निर्माण तथा मोटरवल पुलको माग ग"/>
२९ पुष २०८२, मंगलवार
अर्थ/विकास

इलाका ३ र ४ को इलाका गोष्ठि सम्पन्न ,सडक पूर्वधारमा प्रथाकिता

७ माघ २०७३, शुक्रबार ०५:१७

महेन्द्र केसी पर्वत, पर्वतको ईलाका नम्बर ३ र ४ को ईलाकास्तरिय गोष्ठि विहिबार डिमुवा बजारमा सम्पन्न भएको छ । इलाका गोष्ठिमा सहभागी रहेका ६ गाउँविकास समितिले बढीमात्रमा सडकको विकास र झोलुङ पुल निर्माण तथा मोटरवल पुलको माग गरेका छन् ।

 राज्यको पुर्नसंरचना अन्तरगत मोदी गाउँपालीमा समेत पर्ने उक्त क्षेत्रको विकासको लागि स्थानीय गाउँविकास समितिले सडक, खानेपानी र सिचाईलाई विशेष प्रथामिकतामा पारेका छन् । बाजुङ, देउपुर र देउराली गाउँविकास समितिले पातीखोलाका तटबन्धलाई संयुक्त रुपमा प्रस्ताबमा पारेका छन् । गत  असारमा आएको पातीखोलाको बाढीले स्थानीयबासीको सयौ रोपनी जग्गा बगरमा परिणत गर्नुको साथै आसपासमा रहेका माछापोखरी, घर तथा हाइड्रोपावरमा समेत क्षती पु¥याएको थियो ।

ईलाका नम्बर ३ र ४ मा पर्ने बाजुङ, देउराली, क्याङ, भुकताङ्ले, देउपुर, तिलाहार र चित्रे गाविसवाट विभिन्न खालका योजनाहरु एकिकृत ईलाका गोष्ठि मार्फत प्रस्ताव गरिएको छ । प्रस्ताबमा बढीमात्रका सडक विकास र विस्तार, खानेपानी योजना, सिचाइको माग बढी रहेको छ ।

धेरै जसो मोटरवाटो, गोरेटोवाटो, विद्यालय, पर्यटन लगायतका क्षेत्रका योजना छनौट गरिएको छ । गाविस सचिवहरुले गाउँ परिषद मार्फत पुरा आर्र्थिक कमीका कारणले पुरा हुन नसक्ने योजनाहरु जिल्ला तथा केन्द्रिय स्तरमा माग गर्नको लागि उक्त इलाका गोष्ठिमा माग गरेका थिए ।

सचिवहरुले प्रस्तुत गरेका योजनाहरुलाई एकिकृत गरि साझा योजनाहरु छनौट गरिएको छ । जिल्ला विकास समितिका योजना शाखा अधिकृत देवी शर्माले उक्त कार्यक्रमको सहजीकरण गरेकी थिइन् । उनले दिगो र आयआर्जन गर्ने खालका योजना छनौट गर्न आग्रह गरिन् । योजना छनोट गर्दा बढी मात्रमा समुदायहरु लाभान्वीत हुने खालका योजनाहरु ल्याउनको लागि उनले आग्रह गरिन् ।


कार्यक्रममा इलाका ३ र ४ का स्थानीय राजनीतिक दल तथा जिल्ला स्थीत राजनीतिक दलहरुको प्रतिनिधि, विभिन्न सञ्जाल तथा गैरसरकारी निकायका प्रतिनिधी लगायत सञ्चारकर्मीहरुको सहभागितामा गोष्ठि मार्फत योजना छनौट गरिएको हो । 

कार्यक्रममा बोल्ने राजनीतिक दलहरुले जिल्लाको विकास हुन नसक्नुको जिम्मेवारी राजनीतिक दलहरु स्वयमले लिनुपर्ने स्वीकार गरेका छन् । इलाका ३ र ४को इलाका गोष्ठि तथा योजना तर्जुमा कार्यक्रममा बोल्ने राजनीतिक दलहरुले जिल्लाको विकास हुन नसक्नुको दोष जिल्ला विकास समिति र राजनीतिक दलहरुले लिनुपर्ने बताए । 

इलाका गोष्ठि श्राद्ध गर्नेबेलामा विरालो बानेको जस्तो भएको र दलीय समयन्त्रका आधारमा जिल्ला परिषद सम्पन्न हुने र दलीय भागवण्डाका आधारमा योजनाहरु छनोट हुने गरेकोले जिल्लाको विकास हुन नसकेको स्थानीय राजनीतिक दलहरुले स्वीकार गरेका हुन् ।

इलाका गोष्ठि तथा योजना तर्जुमा कार्यक्रममा बोल्ने जिल्लाका प्रमुख राजनीतिक दलहरुका प्रतिनिधिहरुले जिल्लामा विकासका योजनाहरु तयार पार्दा जनताको आवश्यकता अनुसार भन्दा पनि राजनीतिक भागबण्डाका आधारमा हुने गरेको र त्यो पनि दलभित्रका गुटका आधारमा विकासका योजनाहरु परिषदमा पारित हुने गरेको भन्दै अब त्यसो हुन नदिने भन्दै नेपाली काँग्रसका जिल्ला सचिव विश्वप्रकाश प्रसाइले बताए ।

उनले हिउँदको समयमा जिल्ला विकास समिति योजनाहरुको कार्यान्वयन र अनुगमन गर्नको लागि पहल गर्नुको सट्टा बर्षायाम शुरु भएपछि सम्झौता गर्ने र अनुगमनको नाममा झार टार्ने र हतारहतारमा काम गर्नको लागि रकम विनियोजन र पारित गर्ने नाउमा कमिशन खाने प्रचलन चलिआएको आरोप लगाए ।

हिउँदमा घाम तापेर बस्ने, जब बर्षा शुरु हुन्छ योजनाहरु भकाभक पास हुन्छन्, रकम फस्यौट गरिन्छ हतारहतारका काम गरेजस्तो गर्ने आधा योजनामा आधा कमिशनमा चल्छ उनले भने ।

नेकपा एमाले पर्वतका उपाध्यक्ष भक्त कुवँरले इलाका गोष्ठि श्रद्धा गर्नेबेलामा विरालो बाँधेको जस्तो भएको बताए । उनले जिल्ला परिषद सम्पन्न गर्नको लागि मात्रै इलाका गोष्ठिको आयोजना गरिने गरेको भन्दै इलाका गोष्ठिले तमाब जिल्लाबासीको भन्दा पनि दलहरुको एजेण्डा समावेश र प्रथाकितामा राखेको बताए ।

नेकपा माओवादी केन्द्रका मनबहादुर पौडेलले इलाका गोष्ठिमा गाउँविकास समितिबाट आएका योजनाहरु संकलन गर्ने तर जिल्लामा पुगेपछि त्यसलाई रड्डीको टोकरीमा हाल्ने र जिल्लाका प्रमुख राजनीतिक दलहरुको भागबण्डाको आधारमा योजनाहरु तयार हुने बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव