२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

केन्द्रीय प्रसारण लाइनमा छ मेगावाट विद्युत् थप

२०७३, ७ माघ शुक्रबार ०९:०१


माघ ७, पाँचथर । कावेली करिडोर १३२ केभी प्रसारण लाइनअन्तर्गत फिदिम–४ स्थित थापाटारको स्टेसनमा हेवाखोला जलविद्युत् परियोजना ‘ए’ को उत्पादित ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ ।

बिहीबार साँझबाट केन्द्रीय प्रसारण लाइनमा ६ मेगावाट विद्युत् थपिएको कावेली करिडोर प्रसारण लाइनका आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले जानकारी दिए। यसअघि पाँचथर पावर कम्पनीले निर्माण गरेको हेवाखोला जलविद्युत् परियोजना ‘ए’ को उत्पादित १० मेगावाट विद्युत् त्यसै खेर गइरहेको थियो ।

दश मेगावाटमध्ये ६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा थपिएको हो । झापाको दमकदेखि पाँचथर र ताप्लेजुङको सिमाना कावेलीको दुविचौरसम्म ९० किलोमिटर प्रसारण लाइन रहेको छ । त्यसअन्तर्गत चारवटा सवस्टेसन रहेका छन् । 

फिदिमको थापाटारमा जोडिएको सवस्टेसनसँगै अहिलेसम्म तीनवटा स्टेसनको काम सकिएर केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको द्विवेदीले बताए।

उक्त प्रसारण लाइनमा २५८ वटा टावर निर्माण हुनेछन् । दमकदेखि गोदकसम्म ९५ वटा टावर र गोदकदेखि अमरपुरसम्म ९५ वटा टावर निर्माण भइसकेको छ । २०६७ जेठ १४ गतेबाट मात्रै आयोजनाको काम अघि बढेको हो । 

विश्व बैंक, नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको तीन अर्ब ५९ करोडको लागतमा सो आयोजनाको काम अगाडि बढाइएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो