राम केसी/माघ ८, चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा निर्माणाधिन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको काम हालसम्म २० प्रतिशत मात्र सम्पन्न भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम केसी/माघ ८, चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा निर्माणाधिन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको काम हालसम्म २० प्रतिशत मात्र सम्पन्न भएको छ ।"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्य भोटेकोसीको २० प्रतिशत मात्र काम सम्पन्न

८ माघ २०७३, शनिबार ११:०९

राम केसी/माघ ८, चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा निर्माणाधिन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको काम हालसम्म २० प्रतिशत मात्र सम्पन्न भएको छ । 

जुरे पहिरो, विनाशकारी भूकम्प, नाकाबन्दी र गएको असार २१ गते आएको बाढीलगायतले पटक/पटक अवरोध पु¥याएपछि हालसम्म २० प्रतिशत मात्र काम सम्पन्न भएको आयोजना प्रमुख डा सुनिलकुमार लामाले बताउनुभएको छ । 

सन् २०१३ बाट सुरु भएको सो आयोजना सन् २०१७ को जुनमा सम्पन्न गर्ने लक्ष्य लिएकोे थियो तर विनाशकारी भूकम्प र नाकाबन्दीका कारण करिब १५ महिना काम रोकिएकोले सन् २०१८ को अन्त्यसम्ममा सो कार्य सकिने लक्ष्य लिएको छ । गएको असारमा आएको बाढीले बाह्रबिसे तातोपानी सडक खण्ड पूर्णरुपमा क्षति भई केही महिना काम रोकिएकाले उक्त समयमा पनि काम सम्पन्न हुने नदेखिएपछि आयोजना पुनः एक वर्षपछि धकेलिएको छ । 

मुआब्जा र राजनीतिक दलसँगको असमझदारी समस्या समाधान भए पनि कुनै बाधा व्यवधान नआएमा सन् २०१९ को अन्त्यसम्ममा सम्पन्न हुने आयोजना प्रमुख डा लामाले राससलाई बताउनुभयो । 

सिभिल इन्जिनियरिङको काम चीनको ग्वाङ्सी हाइड्रो इलेक्ट्रोनिक कम्पनी र मेकानिकल इन्जिनियरिङको काम अस्ट्रियाको एनब्रीज हाइड्रोकम्पनीले ठेक्का लिएको छ । विद्युत् गृह र हेड वर्कको काम सुरु भएको छ भने ८ कि.मि सुरुङमध्ये १२०० मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । 

त्यसैगरी डाइभर्सन टनेलको काम सम्पन्न भएको छ । मार्मिङ गाविसको चाकु बजारस्थित ३१ घर परिवारलाई क्षतिपूर्ति प्रदान गरी २० घरपरिवार अन्यत्र सारिसकेका छन् । क्षतिपूर्ति पाएर पनि बसोवासका लागि अतिरिक्त जग्गा माग गरेकाले एक विद्यालय र एक स्वास्थ्य चौकीसहित ११ घरपरिवारलाई थप चार आनाका दरले जग्गा उपलब्ध गराएको आयोजनाले जनाएको छ । 

मार्मिङ गाविसको चाकु बजारको दोभानमा बाँधबाँधी ८ कि.मि. सुरुङ मार्गद्वारा गाती गाविसको जम्बुमा निर्माण गरिने विद्युत् गृहमा पानी लगिने १०२ मेगावाटको सो आयोजना रु १४ अर्बको लागतमा निर्माण गरिने भएको छ । 

त्यसैगरी मुनलाइट हाइड्रोपावर कम्पनीद्वारा निर्माण भइरहेको १० दशमलव ६ मेगावाटको बलेफी ‘ए’ जलविद्युत् आयोजनाको काम हालसम्म २५ प्रतिशत सम्पन्न भएको कम्पनीका अध्यक्ष वीरेन्द्रबहादुर न्यौपानेले बताउनुभयो । 

रु एक अर्ब ७४ करोडमा निर्माण भइरहेको सो आयोजना सन् २०१८ को जुलाइमा सम्पन्न हुने सम्झौता भएको छ । सेलाङ गाविसको कुम्भेस्वरमा इन्टेक बनाई सेलाङकै कुमाले भन्ने ठाउँमा विद्युत् गृह निर्माण गरिने छ । उक्त आयोजनाका लागि १० कि.मि प्रवेश मार्गको निर्माणकार्यसमेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव