राम केसी/माघ ८, चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा निर्माणाधिन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको काम हालसम्म २० प्रतिशत मात्र सम्पन्न भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम केसी/माघ ८, चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा निर्माणाधिन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको काम हालसम्म २० प्रतिशत मात्र सम्पन्न भएको छ ।"/>
२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मध्य भोटेकोसीको २० प्रतिशत मात्र काम सम्पन्न

२०७३, ८ माघ शनिबार ११:०९

राम केसी/माघ ८, चौतारा । सिन्धुपाल्चोकको भोटेकोसी नदीमा निर्माणाधिन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजनाको काम हालसम्म २० प्रतिशत मात्र सम्पन्न भएको छ । 

जुरे पहिरो, विनाशकारी भूकम्प, नाकाबन्दी र गएको असार २१ गते आएको बाढीलगायतले पटक/पटक अवरोध पु¥याएपछि हालसम्म २० प्रतिशत मात्र काम सम्पन्न भएको आयोजना प्रमुख डा सुनिलकुमार लामाले बताउनुभएको छ । 

सन् २०१३ बाट सुरु भएको सो आयोजना सन् २०१७ को जुनमा सम्पन्न गर्ने लक्ष्य लिएकोे थियो तर विनाशकारी भूकम्प र नाकाबन्दीका कारण करिब १५ महिना काम रोकिएकोले सन् २०१८ को अन्त्यसम्ममा सो कार्य सकिने लक्ष्य लिएको छ । गएको असारमा आएको बाढीले बाह्रबिसे तातोपानी सडक खण्ड पूर्णरुपमा क्षति भई केही महिना काम रोकिएकाले उक्त समयमा पनि काम सम्पन्न हुने नदेखिएपछि आयोजना पुनः एक वर्षपछि धकेलिएको छ । 

मुआब्जा र राजनीतिक दलसँगको असमझदारी समस्या समाधान भए पनि कुनै बाधा व्यवधान नआएमा सन् २०१९ को अन्त्यसम्ममा सम्पन्न हुने आयोजना प्रमुख डा लामाले राससलाई बताउनुभयो । 

सिभिल इन्जिनियरिङको काम चीनको ग्वाङ्सी हाइड्रो इलेक्ट्रोनिक कम्पनी र मेकानिकल इन्जिनियरिङको काम अस्ट्रियाको एनब्रीज हाइड्रोकम्पनीले ठेक्का लिएको छ । विद्युत् गृह र हेड वर्कको काम सुरु भएको छ भने ८ कि.मि सुरुङमध्ये १२०० मिटर सुरुङ खन्ने काम सम्पन्न भएको छ । 

त्यसैगरी डाइभर्सन टनेलको काम सम्पन्न भएको छ । मार्मिङ गाविसको चाकु बजारस्थित ३१ घर परिवारलाई क्षतिपूर्ति प्रदान गरी २० घरपरिवार अन्यत्र सारिसकेका छन् । क्षतिपूर्ति पाएर पनि बसोवासका लागि अतिरिक्त जग्गा माग गरेकाले एक विद्यालय र एक स्वास्थ्य चौकीसहित ११ घरपरिवारलाई थप चार आनाका दरले जग्गा उपलब्ध गराएको आयोजनाले जनाएको छ । 

मार्मिङ गाविसको चाकु बजारको दोभानमा बाँधबाँधी ८ कि.मि. सुरुङ मार्गद्वारा गाती गाविसको जम्बुमा निर्माण गरिने विद्युत् गृहमा पानी लगिने १०२ मेगावाटको सो आयोजना रु १४ अर्बको लागतमा निर्माण गरिने भएको छ । 

त्यसैगरी मुनलाइट हाइड्रोपावर कम्पनीद्वारा निर्माण भइरहेको १० दशमलव ६ मेगावाटको बलेफी ‘ए’ जलविद्युत् आयोजनाको काम हालसम्म २५ प्रतिशत सम्पन्न भएको कम्पनीका अध्यक्ष वीरेन्द्रबहादुर न्यौपानेले बताउनुभयो । 

रु एक अर्ब ७४ करोडमा निर्माण भइरहेको सो आयोजना सन् २०१८ को जुलाइमा सम्पन्न हुने सम्झौता भएको छ । सेलाङ गाविसको कुम्भेस्वरमा इन्टेक बनाई सेलाङकै कुमाले भन्ने ठाउँमा विद्युत् गृह निर्माण गरिने छ । उक्त आयोजनाका लागि १० कि.मि प्रवेश मार्गको निर्माणकार्यसमेत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो