महेन्द्र केसी, पर्वत । सहासिक खेल ¥याफ्टिङ (जलयात्रा) का लागि उत्कृष्ठ ६ हजार खोला अझै पनि प्रयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

महेन्द्र केसी, पर्वत । सहासिक खेल ¥याफ्टिङ (जलयात्रा) का लागि उत्कृष्ठ ६ हजार खोला अझै पनि प्रयो"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँचौ पर्वत महोत्सव महोत्सव प्रचारका लागि जलयात्रा

२०७३, ९ माघ आईतवार ०५:२४

महेन्द्र केसी, पर्वत । सहासिक खेल ¥याफ्टिङ (जलयात्रा) का लागि उत्कृष्ठ ६ हजार खोला अझै पनि प्रयोगविहिन छन् । नेपालमा ¥याफटिङ शुरु भएको ६ दशक वितिसक्दा पनि उपयुक्त खोलाहरु प्रयोगविहिन हुदाँ लाखौं रुपैयाँ बराबरको आम्दानी गुमाउनु परेको छ । १० बर्षदेखि जलयात्रा पेशमा सक्रिय रहेका साजन गुरुङ खोला र नदीको सदुपयोग गर्न सकेमा लाखौं आम्दानी गर्न सकिने बताउँछन् ।

नेपालमा रहेका ६ हजार खोलानाला मध्ये १६ वटा खोला मात्रै प्रयोगमा रहेकोले यीनै खोलालाई पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने उनी बताउँछन् । कालीगण्डकीमा जलयात्राको राम्रो सम्भावना भएता पनि प्रचारप्रसारको कमिका कारण पर्यटकहरु भोटेकोसी, त्रिशुलीतर्फ बढि आकर्षित भएका छन् ।


पाँचौ पर्वत महोत्सवको प्रचारप्रसार र बृहत कालीगण्डकी सरसफाइ अभियानका लागि शनिबार मालढुंगादेखि नयाँपुलसम्म कालीगण्डकीमा जलयात्रा गरिएको छ । नेपाली काँग्रेस क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, बरिष्ठ प्रहरी उपरिक्षक छविलाल बन्जाडे, प्रनाउ शेखर खनाल, कुश्मा नगरपालिकाका कार्यकारी कुमानसिंङ गुरुङ लगायत राजनीतिक दल र पत्रकार सहितको ४५ जनाको टोली जलयात्रामा सहभागी भएका थिए । फोर हिमालय म्याजिक कम्पनीका चार वटा डुंगामा जलयात्रा गराइएको थियो ।


पाँचौ पर्वत महोत्सव जिल्लाको पर्यटकीय क्षेत्रको विकास र प्रर्वद्धनको लागि हुन लागेको र महोत्सव अबधि र अन्य समयमा पनि कालीगण्डीमा साहसिक जलयात्राको सम्भावना रहेको प्रचारप्रसारको लागि महोत्सवको पूर्वसध्यामा जलयात्राको आयोजना गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक हरिओम शर्मा लामिछानेले बताए ।


कालीगण्डीमामा हालसम्म हुने गरेका जलयात्राबाट जिल्लाले कुनै पनि फाइदा लिन नसकेको र आगामी दिनमा जलयात्रालाई व्यवसायी बनाउनको लागि समेत सचेत गराउनको लागि उक्त कार्यक्रमको आयोजना गरिएको लामिछानेले सहारान्यूजलाई बताए ।


सांसद अर्जुनप्रसाद जोशीले आगामी दिनमा कालीगण्डकीमा हुने साहियक जलयात्रालाई आम्दानीको राम्रो स्रोत बनाउनको लागि आफूले पहल गर्ने विश्वास दिलाए । सांसद जोशीले पर्यटकीय क्षेत्रको विकास र पुर्वधारको लागि  कालीगण्डकीलाई ब्लाक वाटर ¥याफ्टिङको नाममा प्रचारप्रसार गर्न सकेमा पर्यटक भित्राउन सकिने बताए ।


समृद्ध पर्वतःहाम्रो चाहना’ भन्ने मूल नाराका साथ यहि माघ १३ देखि २२ गतेसम्म पाँचौ पर्वत महोत्सव हुदैछ । पर्यटकीय क्षेत्रको विकासलाई मुख्य लक्ष्य बनाइ शुरु हुन लागेको महोत्सवमा साहसिक जलयात्राको पनि अबसर रहेको जानकारी गराउनको लागि जलयात्राको आयोजना गरिएको आयोजकले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो