महेन्द्र केसी, पर्वत । सहासिक खेल ¥याफ्टिङ (जलयात्रा) का लागि उत्कृष्ठ ६ हजार खोला अझै पनि प्रयो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

महेन्द्र केसी, पर्वत । सहासिक खेल ¥याफ्टिङ (जलयात्रा) का लागि उत्कृष्ठ ६ हजार खोला अझै पनि प्रयो"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पाँचौ पर्वत महोत्सव महोत्सव प्रचारका लागि जलयात्रा

९ माघ २०७३, आईतवार ०५:२४

महेन्द्र केसी, पर्वत । सहासिक खेल ¥याफ्टिङ (जलयात्रा) का लागि उत्कृष्ठ ६ हजार खोला अझै पनि प्रयोगविहिन छन् । नेपालमा ¥याफटिङ शुरु भएको ६ दशक वितिसक्दा पनि उपयुक्त खोलाहरु प्रयोगविहिन हुदाँ लाखौं रुपैयाँ बराबरको आम्दानी गुमाउनु परेको छ । १० बर्षदेखि जलयात्रा पेशमा सक्रिय रहेका साजन गुरुङ खोला र नदीको सदुपयोग गर्न सकेमा लाखौं आम्दानी गर्न सकिने बताउँछन् ।

नेपालमा रहेका ६ हजार खोलानाला मध्ये १६ वटा खोला मात्रै प्रयोगमा रहेकोले यीनै खोलालाई पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने उनी बताउँछन् । कालीगण्डकीमा जलयात्राको राम्रो सम्भावना भएता पनि प्रचारप्रसारको कमिका कारण पर्यटकहरु भोटेकोसी, त्रिशुलीतर्फ बढि आकर्षित भएका छन् ।


पाँचौ पर्वत महोत्सवको प्रचारप्रसार र बृहत कालीगण्डकी सरसफाइ अभियानका लागि शनिबार मालढुंगादेखि नयाँपुलसम्म कालीगण्डकीमा जलयात्रा गरिएको छ । नेपाली काँग्रेस क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, बरिष्ठ प्रहरी उपरिक्षक छविलाल बन्जाडे, प्रनाउ शेखर खनाल, कुश्मा नगरपालिकाका कार्यकारी कुमानसिंङ गुरुङ लगायत राजनीतिक दल र पत्रकार सहितको ४५ जनाको टोली जलयात्रामा सहभागी भएका थिए । फोर हिमालय म्याजिक कम्पनीका चार वटा डुंगामा जलयात्रा गराइएको थियो ।


पाँचौ पर्वत महोत्सव जिल्लाको पर्यटकीय क्षेत्रको विकास र प्रर्वद्धनको लागि हुन लागेको र महोत्सव अबधि र अन्य समयमा पनि कालीगण्डीमा साहसिक जलयात्राको सम्भावना रहेको प्रचारप्रसारको लागि महोत्सवको पूर्वसध्यामा जलयात्राको आयोजना गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समितिका संयोजक हरिओम शर्मा लामिछानेले बताए ।


कालीगण्डीमामा हालसम्म हुने गरेका जलयात्राबाट जिल्लाले कुनै पनि फाइदा लिन नसकेको र आगामी दिनमा जलयात्रालाई व्यवसायी बनाउनको लागि समेत सचेत गराउनको लागि उक्त कार्यक्रमको आयोजना गरिएको लामिछानेले सहारान्यूजलाई बताए ।


सांसद अर्जुनप्रसाद जोशीले आगामी दिनमा कालीगण्डकीमा हुने साहियक जलयात्रालाई आम्दानीको राम्रो स्रोत बनाउनको लागि आफूले पहल गर्ने विश्वास दिलाए । सांसद जोशीले पर्यटकीय क्षेत्रको विकास र पुर्वधारको लागि  कालीगण्डकीलाई ब्लाक वाटर ¥याफ्टिङको नाममा प्रचारप्रसार गर्न सकेमा पर्यटक भित्राउन सकिने बताए ।


समृद्ध पर्वतःहाम्रो चाहना’ भन्ने मूल नाराका साथ यहि माघ १३ देखि २२ गतेसम्म पाँचौ पर्वत महोत्सव हुदैछ । पर्यटकीय क्षेत्रको विकासलाई मुख्य लक्ष्य बनाइ शुरु हुन लागेको महोत्सवमा साहसिक जलयात्राको पनि अबसर रहेको जानकारी गराउनको लागि जलयात्राको आयोजना गरिएको आयोजकले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव