२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विद्यालय पूर्वाधार निर्माणका लागि दुई करोड सहयोग

२०७३, १० माघ सोमबार ०३:५०

माघ १०, म्याग्दी । म्याग्दीको ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पूर्वाधार निर्माणका लागि एक संस्थाले करिब रु दुई करोड सहयोग गरेको छ । 

गोर्खा वयलफेयर परियोजनाले तीन वटा विद्यालयको नयाँ भवन निर्माण र चार वटा विद्यालयको भवन मर्मतका लागि रु एक करोड ८६ लाख सहयोग गरेको हो । 

मुदीको वुद्धिविकास माविलाई रु एक करोड, ओखरबोटको सिद्धार्थ आधारभूत विद्यालयलाई रु ७५ लाख ९३ हजार र देवीस्थानको भिम माविलाई रु १५ लाख सहयोग गरिएको परियोजनाले जनाएको छ । 

परियोजनाको सहयोगमा वुद्धि विकास र सिद्धार्थमा छछ कोठे पक्की तथा भिम माविमा तीन कोठे एक तले कक्षा कोठा भवन निर्माण सुरु भएको परियोजना बेनीका प्रमुख खेम गुरुङले बताउनुभयो । 

यसै वर्ष निर्माण सम्पन्न हुने गरी काम अघि बढाइएको तीन वटै भवन भूकम्प प्रतिरोधात्मक क्षमताको बाल तथा अपाङ्गमैत्री हुनेछन् । यसैगरी सो संस्थाले भूकम्पबाट क्षति पुगेको भवन मर्मतका लागि पाउद्वार माविलाई रु तीन लाख र सारदा आधारभूत विद्यालय अर्मनलाई रु दुई लाख ५० हजार सहयोग गरेको छ । राम्चेको काफलडाँडा आधारभूत विद्यालयले भवन मर्मतका लागि रु तीन लाख र झिँको महेन्द्र माविमा फर्निचर व्यवस्थापनका लागि रु दुई लाख अनुदान पाएको छ । 

यस्तै गोर्खा वेयलफेयरले यस वर्ष शिख–२ किन्दुस्थित दरखोलामा ससपेन्सन पुल निर्माण गर्ने भएको छ । ७७ मिटर लामो पुल निर्माण गर्न वेयलफेयरले रु ४७ लाख ४४ हजार ७५६ बजेट स्वीकृत गरेको क्षेत्रीय प्रमुख गुरुङले बताउनुभयो । नयाँ भवन र पुल निर्माण तथा मर्मतका योजना आगामी बर्खाअघिनै सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ । 

वयलफेयर र कादुरी परियोजनाले बेलायती गोर्खा सैनिकको बसोबास रहेको म्याग्दीका विभिन्न गाउँमा लघुजलविद्युत् परियोजना, विद्यालय भवन, खानेपानी आयोजना र झोलुङ्गे पुल निर्माणमा सहयोग गर्दै आएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक