माघ ११, काठमाडौँ । नेपाल वायु सेवा निगमले चीनबाट आयात गर्न लागेको दुईवटा जहाज यही शनिबार आइपुग्ने भएको छ । 

चिनियाँ पक्षले जहाजको स्पेयर पार्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ ११, काठमाडौँ । नेपाल वायु सेवा निगमले चीनबाट आयात गर्न लागेको दुईवटा जहाज यही शनिबार आइपुग्ने भएको छ । 

चिनियाँ पक्षले जहाजको स्पेयर पार्"/>

2026-07-11 10:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शनिबारसम्म चिनियाँ जहाज काठमाडौँ आउने


माघ ११, काठमाडौँ । नेपाल वायु सेवा निगमले चीनबाट आयात गर्न लागेको दुईवटा जहाज यही शनिबार आइपुग्ने भएको छ । 

चिनियाँ पक्षले जहाजको स्पेयर पार्टस तथा प्राविधिक विषयमा निगमसँग लिखित रुपमा प्रतिबद्धता जनाएका कारण दुईवटा जहाज आउन लागेको निगमका महाप्रबन्धक सुगतरत्न कङ्शाकारले जानकारी दिए । 

शनिबार एम ए ६० र वाइ १२ जहाज ल्याउन लागिएको हो । एम ए ६० जहाज बढी यात्रु हुने सुगम क्षेत्रमा उडानका लागि प्रयोग गरिनेछ भने वाइ १२ जहाज पहाडी क्षेत्रमा उडान गरिनेछ । 

यसअघि ल्याइएका दुईवटा जहाजको प्राविधिक रुपमा विभिन्न समस्या उत्पन्न भएपछि यसपटक प्राविधिक उपकरण तथा स्पेयर पार्टससमेत काठमाडौँमा नै उपलब्ध गराउने चिनियाँ पक्षको प्रतिबद्धता आएको महाप्रबन्धक कंशाकारले जानकारी दिए । 

चीनको अनुदानमा दिएको दुईवटा जहाज यसअघि नै आइसकेको छ भने अब आउने जहाज भने ऋण सम्झौतामा ल्याउन लागिएको हो । एम ए ६० जहाजमा ५६ सिट तथा वाइ १२ मा १८ सिट रहेको छ । 

यस्तै निगमको अन्तर्राष्ट्रिय उडानका लागि अमेरिकन कम्पनी एएआर कर्पोरेसनसँग निगमले प्रारम्भिक सम्झौताका लागि आवश्यक गृहकार्य गरिरहेको छ । यसै साताभित्र प्रारम्भिक सम्झौता गर्नेगरी तयारी गरिएको छ । सो सम्झौतालगत्तै निगमले बैना रकम पठाउने महाप्रबन्धक कंशाकारले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल–यूएई आर्थिक साझेदारी प्रवर्द्धन गर्न अबुधाबीमा विशेष कार्यक्रम, १२० भन्दा बढी लगानीकर्ता तथा व्यवसायी सहभागी सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस