२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बझाङमा जाइकाको लगानी बालुवामा पानी

१२ माघ २०७३, बुधबार ०९:४९

सम्राट सिंह/माघ १२, बझाङ । बझाङ जिल्लामा विद्युत मर्मतका नाममा जाइकाले गरेको लगानी बालुवामा पानी भएको छ । 

२ सय किलोवाट क्षमता भएको सुर्मादेवी विद्युत प्रालि मर्मतको नाममा विदेशी दाता जाइकाको लगानी बालुवा पानी भएको हो । मर्मत गर्नुपूर्व केहि समय बत्ती त आउन्थ्यो जाइकाले ८६ करोड खर्चेर विद्युत मर्मत गरेपश्चात झनै बत्ती नआउने गरेको जयपृथ्वी नगरपालिकाका चन्द्र सिंहले बताए । कमिसनतन्त्र ले नै विद्युत धरासायी बनेको उनको भनाइ छ ।

गत सन २०१६ सेप्टेम्बर महिनामा काम सम्पन्न गरेर फिर्ता भएकोे जापानी निमार्ण कम्पनी मारुसिन सिताकाले मर्मत गरेको ५ महिना नबित्दै विद्युत सेवा अवरुद्ध हुन थालेको छ ।

पुनः निर्माण भए जाइकालाई काम गर्न दिने र मर्मत मात्र भए जाइकालाई कामै गर्न नदिने सर्बदलिय निर्णय समेत भएको थियो । तर राजनितिक दलका नेताहरु कसरी जाइकालाई मर्मत गर्न दिने सम्म पुगेछन सोचनिय बिषय बनेको छ ।  

जाइकाले सुर्मादेवि विद्युत मर्मतमा गरेको लगानीले ५ किलोवाट विद्युत नयाँ निर्माण गर्न सकिने प्राधिकरणका कर्मचारीहरु बताउँछन । 

बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका का केहि वडाहरु का बासिन्दाका लागी २०४९ सालमा जापान सरकारको सहयोगमा निमार्ण गरिएको सुर्मादेवी साना जलविद्युत आयोजनाको जापान सरकारको अनुदानमा मर्मत भएको थियो ।

तोकीएको सबैकाम सम्पन्न नगरी विचैमा काम छोडेका कारण विद्युत सेवा नियमित गर्न नसकिएको सुर्मादेवि विद्युत प्रालिका कर्मचारीको भनाइ छ ।

मर्मत कार्यको डिजाइनमा नै त्रुटी रहेकोले बांधबाट इन्टेकमा पानी पठाउने ठांउमा राखिएको फोहोर छान्नेमा फोहोर अड्किएर पानी प्रवाहमा नै समस्या हुने भएकोले विद्युत नियमित हुन नसकेको स्रोतको भनाइ छ । 

निमार्ण सम्पन्न भएको २ महिना जती दैनिक ७ घण्टा लोडसेडिङ हुने गरेको यहांको विद्युत मर्मत पछि दैनिक १७ घण्टा सम्म लोडसेडिङ्ग हुने गरेको छ । विद्युत नियमित नआउदा सरकारी कार्यालय,व्यापार र उद्योग व्यवसायी प्रभावित भैरहेको नागरिक अगुवा धर्मजंग बहादुर सिंहले बताए । 

ठूलो रकम खर्चेर मर्मत गरेको विद्युत नियमित नहुनु दुःखको कुरा भएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।  निमार्ण कम्पनी र प्राधिकरण लाई विद्युतको विषयमा जानकारी गराई पक्रिया अगाडि बढाउने उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द