२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाउँमै उत्पादित ‘बैतडी साबुन’को माग बढ्दै, मासिक एक लाखको कारोबार

१४ माघ २०७३, शुक्रबार १०:५७

माघ १४, बैतडी । हर्वल साबुन यहाँको गाउँमै उत्पादन हुन थालेको छ । गाउँमै उत्पादित साबुनको माग बढ्दै गएको छ । 

विसं २०७१ मा स्थापना भएको जिल्लाको श्रीकेदार–२, पीपलकोटमा सञ्चालनमा रहेको सिर्जना हर्वल लघु उद्योगले उत्पादन गरेको ‘बैतडी साबुन’ गाउँमै खपत हुन थालेको छ । सो साबुनको गुणस्तर वृद्धि हुँदै गएपछि अहिले जिल्लाका विभिन्न बजारसँगै छिमेकी डडेल्धुरा, धनगढी, महेन्द्रनगरबाट समेत माग हुन थालेको उद्योगका सञ्चालक सुरेन्द्र कलौनीले बताउनुभयो । 

“स्थानीय स्रोत–साधनबाटै बनेको साबुनको माग अत्यधिक रहेको छ,” उहाँले भन्नुभयो । मानव स्वास्थ्यका लागि उपयोगी मानिने चिउरीको घ्यूबाट बन्ने उक्त साबुन स्थानीय बजारमा निकै खपत हुन थालेको छ । चिउरीको घ्यूसँगै स्थानीयस्तरमा पाइने जडीबुटी इन्नका साथै नरिवल तेल, रसायन बिनाको सूर्यमुखी तेल, निमको हर्वल तेललगायतका जडीबुटीको मिश्रणबाट साबुन बनाउने गरेको कलौनीको भनाइ छ । 

गत वर्षसम्म सो साबुन मासिक एक हजार वटा मात्रै उत्पादन हुने गरेकामा मासिक ३० हजारसम्म उत्पादन गरेर बिक्री वितरण भइरहेको छ । “माग अनुसार उत्पादन गर्न सकिएको छैन,” सञ्चालक कलौनीले भन्नुभयो । लगानी अभावका कारण साबुन उत्पादन गर्न नसकिएको उहाँको भनाइ छ । उत्पादन भएकोमध्ये करिव ७० प्रतिशत साबुन स्थानीय बजारमै खपत हुने गरेको छ । छालासम्बन्धी रोग निको हुने भएका कारण उक्त साबुनको माग बढ्दै गएको बताइएको छ । 

मासिक एक लाखको कारोबार 

सिर्जना हर्वल लघु उद्योगका नौजना उद्यमीको समूहले कलौनीलाई साबुन उद्योग सञ्चालनको जिम्मेवारी दिएको छ । कलौनीले जिल्ला विकास समितिको रु एक लाख ९० हजार, लघु उद्यम सामाजको रु एक लाख ५० हजार र समूहको रु दुई लाख लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याएका हुन् । 

उद्योगमा चार जनाले रोजगारी पाएका छन् । सो उद्योगमा काम गर्दै आउनुभएका कृतराज भट्टका अनुसार प्रतिगोटा साबुनको रु ३० बिक्री भइरहेको छ । मासिक रु एक लाखभन्दा बढीको कारोबार भइरहेको उहाँले बताउनुभयो । 

श्रीकेदार, श्रीकोट तथा पुर्चौँडी क्षेत्रबाट चिउरी सङ्कलन गरी उद्योग सञ्चालनमा ल्याइएको हो । अहिले उद्योगमा दैनिक १० किलो चिउरीको घ्यू खपत हुने गरेको छ । चिउरीको घ्यू प्रतिकिलो रु २१० मा खरिद गरिन्छ । स्थानीय कोलमा चिउरी पेल्दा ५० प्रतिशत मात्र तेल निस्किँने भएका कारण आधुनिक चिउरी मिलका लागि विभिन्न निकायसँग आर्थिक सहयोगको पहल भइरहेको भट्टको भनाइ छ । 

बैतडी साबुन उत्पादन गर्ने कलौनी घरेलु तथा साना उद्योगले यस वर्ष उत्कृष्ट उद्यमी पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ । यसरी उद्योग सञ्चालनमा आएपछि स्थानीयस्तरमै उत्पादन हुने कच्चा पदार्थको सही सदुपयोग हुनुका साथै रोजगारीको अवसर समेत प्राप्त भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव