२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गाउँमै उत्पादित ‘बैतडी साबुन’को माग बढ्दै, मासिक एक लाखको कारोबार

२०७३, १४ माघ शुक्रबार १०:५७

माघ १४, बैतडी । हर्वल साबुन यहाँको गाउँमै उत्पादन हुन थालेको छ । गाउँमै उत्पादित साबुनको माग बढ्दै गएको छ । 

विसं २०७१ मा स्थापना भएको जिल्लाको श्रीकेदार–२, पीपलकोटमा सञ्चालनमा रहेको सिर्जना हर्वल लघु उद्योगले उत्पादन गरेको ‘बैतडी साबुन’ गाउँमै खपत हुन थालेको छ । सो साबुनको गुणस्तर वृद्धि हुँदै गएपछि अहिले जिल्लाका विभिन्न बजारसँगै छिमेकी डडेल्धुरा, धनगढी, महेन्द्रनगरबाट समेत माग हुन थालेको उद्योगका सञ्चालक सुरेन्द्र कलौनीले बताउनुभयो । 

“स्थानीय स्रोत–साधनबाटै बनेको साबुनको माग अत्यधिक रहेको छ,” उहाँले भन्नुभयो । मानव स्वास्थ्यका लागि उपयोगी मानिने चिउरीको घ्यूबाट बन्ने उक्त साबुन स्थानीय बजारमा निकै खपत हुन थालेको छ । चिउरीको घ्यूसँगै स्थानीयस्तरमा पाइने जडीबुटी इन्नका साथै नरिवल तेल, रसायन बिनाको सूर्यमुखी तेल, निमको हर्वल तेललगायतका जडीबुटीको मिश्रणबाट साबुन बनाउने गरेको कलौनीको भनाइ छ । 

गत वर्षसम्म सो साबुन मासिक एक हजार वटा मात्रै उत्पादन हुने गरेकामा मासिक ३० हजारसम्म उत्पादन गरेर बिक्री वितरण भइरहेको छ । “माग अनुसार उत्पादन गर्न सकिएको छैन,” सञ्चालक कलौनीले भन्नुभयो । लगानी अभावका कारण साबुन उत्पादन गर्न नसकिएको उहाँको भनाइ छ । उत्पादन भएकोमध्ये करिव ७० प्रतिशत साबुन स्थानीय बजारमै खपत हुने गरेको छ । छालासम्बन्धी रोग निको हुने भएका कारण उक्त साबुनको माग बढ्दै गएको बताइएको छ । 

मासिक एक लाखको कारोबार 

सिर्जना हर्वल लघु उद्योगका नौजना उद्यमीको समूहले कलौनीलाई साबुन उद्योग सञ्चालनको जिम्मेवारी दिएको छ । कलौनीले जिल्ला विकास समितिको रु एक लाख ९० हजार, लघु उद्यम सामाजको रु एक लाख ५० हजार र समूहको रु दुई लाख लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याएका हुन् । 

उद्योगमा चार जनाले रोजगारी पाएका छन् । सो उद्योगमा काम गर्दै आउनुभएका कृतराज भट्टका अनुसार प्रतिगोटा साबुनको रु ३० बिक्री भइरहेको छ । मासिक रु एक लाखभन्दा बढीको कारोबार भइरहेको उहाँले बताउनुभयो । 

श्रीकेदार, श्रीकोट तथा पुर्चौँडी क्षेत्रबाट चिउरी सङ्कलन गरी उद्योग सञ्चालनमा ल्याइएको हो । अहिले उद्योगमा दैनिक १० किलो चिउरीको घ्यू खपत हुने गरेको छ । चिउरीको घ्यू प्रतिकिलो रु २१० मा खरिद गरिन्छ । स्थानीय कोलमा चिउरी पेल्दा ५० प्रतिशत मात्र तेल निस्किँने भएका कारण आधुनिक चिउरी मिलका लागि विभिन्न निकायसँग आर्थिक सहयोगको पहल भइरहेको भट्टको भनाइ छ । 

बैतडी साबुन उत्पादन गर्ने कलौनी घरेलु तथा साना उद्योगले यस वर्ष उत्कृष्ट उद्यमी पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ । यसरी उद्योग सञ्चालनमा आएपछि स्थानीयस्तरमै उत्पादन हुने कच्चा पदार्थको सही सदुपयोग हुनुका साथै रोजगारीको अवसर समेत प्राप्त भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो