माघ १४, काठमाडौँ । एनआईसी एशिया बैंक र बैंकिङ खबरबीच वित्तीय साक्षरता अभियानमा सहकार्य गर्ने सम्झौता भएको छ । 

अनामनगरस्थित मिडिया इन्टरनेसनलको स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ १४, काठमाडौँ । एनआईसी एशिया बैंक र बैंकिङ खबरबीच वित्तीय साक्षरता अभियानमा सहकार्य गर्ने सम्झौता भएको छ । 

अनामनगरस्थित मिडिया इन्टरनेसनलको स"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनआईसी एशिया बैंक र बैंकिङ खबरबीच वित्तीय साक्षरता अभियानमा सहकार्य

१४ माघ २०७३, शुक्रबार ११:२६


माघ १४, काठमाडौँ । एनआईसी एशिया बैंक र बैंकिङ खबरबीच वित्तीय साक्षरता अभियानमा सहकार्य गर्ने सम्झौता भएको छ । 

अनामनगरस्थित मिडिया इन्टरनेसनलको सभाहलमा शुक्रबार दुई संस्थाबीच ‘वित्तीय साक्षरता हाते पुस्तिकासम्बन्धी’ सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मण रिसाल र बैंकिङ खबरका प्रधानसम्पादक माधव निर्दोषले हस्ताक्षर गरे । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक शम्भु ढुंगानाको समेत उपस्थिति रहेको थियो । गत कात्तिक ६ गतेबाट देशव्यापी रुपमा सुरु भएको ‘वित्तीय साक्षरता राष्ट्रिय अभियान’ कार्यक्रम नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता नीति अन्तरगतको कार्यक्रम हो । जसलाई राष्ट्र बैंकले प्रबद्र्धन गरेको छ भने बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन र लघुबित्त डेभलपमेन्ट बैंकर्स एशोसियसनको सहकार्य रहेको छ । 

सम्झौताअनुसार दुई संस्थाले वित्तीय साक्षरताका लागि प्रारम्भमा २५ हजार हातेपुस्तिका प्रकाशन गर्नेछन.। उक्त हातेपुस्तिका ग्रामिण क्षेत्रमा सञ्चालन गर्ने ‘वित्तीय जागरण राष्ट्रिय अभियान’का क्रममा सर्वसाधरणलाई वितरण गरिने छ ।  

पुस्तिकामा बैंक तथा वित्तीय संस्थामा कसरी कारोबार गर्ने, कारोबार गर्दाका फाइदा, पैसाको परिचालन लगायतका वित्तीय साक्षरता बढाउने खालका महत्वपूर्ण सामाग्री समेटिने मिडिया इन्टरनेसनलका अध्यक्षसमेत रहेका माधव निर्दोषले जानकारी दिए । 

वित्तीय साक्षरता: राष्ट्रिय अभियानमा सहकार्य गरेकोमा एनआइसी एशिया बैंकलाई धन्यवाद दिँदै उनले दूरदराजका नागरिकको स्तरोन्नतिका लागि यो सहकार्य अघि बढ्ने बताए । नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिलाई सहयोग पुग्ने गरी एनआइसी एशिया बैंकले संचालन गरिरहेका कार्यक्रमहरुको उनले प्रशंसा समेत गरे । 

यस सहकार्यले वित्तीय साक्षरतामा अझ सहयोग हुने उनले बताए । त्यस्तै एनआइसी एशिया बैंकका सीईओ लक्षमण रिसालले हाते पुस्तिकामा वित्तीय साक्षरताका लागि महत्वपूर्ण विषयहरु समेटिने भएकाले त्यसले ग्रामिण क्षेत्रका नागरिकलाई बैंक तथा वित्तीय संस्थामा कारोबार गर्न थप सहयोग र आकर्षित गर्ने विश्वास व्यक्त गरे । नेपाल राष्ट्र बैंकले खुद मुनाफाको १ प्रतिशत सामाजिक कार्यमा खर्च गर्नु भनेकाले त्यही अनुसार बैंकले विभिन्न सामाजिक क्षेत्रमा योगदान गरिरहेका उनले जानकारी दिए ।

बैंकले वित्तीय साक्षरताका अन्य थुप्रै कार्यक्रम गरेको भएपनि ‘वित्तीय जागरण: राष्ट्रिय अभियान’मा सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै राष्ट्र बैंकको मौद्रिक नीतिमा केन्द्रीत यो सहकार्य लामो समयसम्म अघि बढ्ने उल्लेख गरे । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक शम्भु ढुंगानाले यस सहकार्यले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको लक्ष्य पूर्तिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले वित्तीय साक्षरताको विषयलाई केन्द्रीय बैंकले प्राथमिकतामा राखेकाले सो विषयलाई अघि बढाउन क्रियाशिल संस्थाहरुलाई आवश्यक सहयोग गर्ने प्रतिवद्दता समेत जनाए । 

‘अझै पनि दुर्गम क्षेत्रमा वित्तीय साक्षरताको अत्यन्तै खाँचो छ,’ उनले भने, ‘त्यस्ता क्षेत्रमा वित्तीय साक्षरता बढाउने कार्यक्रम लिएर जाने संस्थाहरुलाई केन्द्रीय बैंकले पनि प्रोत्साहन गर्नेछ ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव