नरजन तामाङ/माघ १४, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले राज्यलाई व्यवसायिले तिर्ने कर व्यवसायीकै हीतमा खर्च हुनुपर्नेमा बताएका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नरजन तामाङ/माघ १४, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले राज्यलाई व्यवसायिले तिर्ने कर व्यवसायीकै हीतमा खर्च हुनुपर्नेमा बताएका छन"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

व्यवसायिक कर व्यवसायीकै हितमा: अधिकारी

१४ माघ २०७३, शुक्रबार ११:५९


नरजन तामाङ/माघ १४, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले राज्यलाई व्यवसायिले तिर्ने कर व्यवसायीकै हीतमा खर्च हुनुपर्नेमा बताएका छन् । 

वीरेन्द्रनगर नगरपालिकाका नया कार्यकारी अधिकृत विमलराज गौतमलाई आज ९शुक्रबार० संघमा स्वागत तथा परिचयात्मक कार्यक्रममा उहाँले यस्तो जोड दिनुभएको हो । पछिल्लो समय व्यवसायिक करबाट संकलन भएको रकमबाट बजेट विनियोजन गरी नगर क्षेत्रमा सीसीक्यामेरा जडान शुरु गरिएको प्रसंग उठाउँदै अध्यक्ष अधिकारीले भन्नुभयो–‘व्यवसायीको हकमा खर्च हुन्छ भने व्यवसायी दिल खोलेर कर तिर्न तयार छन ।

करप्रतिको जिम्मेवारी र राज्यप्रतिको अपनत्व बढाउनका लागि करको दरभन्दा पनि दायरा बढाउनुपर्ने आवश्यक्तापनि उहाँले औंल्याउनु भएको छ । उद्यमशीलता विकासका लागि नगरपालिकाले दिएको तालिम, केवल तालिममा मात्र सीमित भएको भन्दै अध्यक्ष अधिकारीले सार्वजनिक–निजी साझेदारीमा व्यवहारिक र उपयोगी तालिम दिनुपर्ने बताउनुभयो ।

प्रान्तीय राजधानीका रुपमा रहेको वीरेन्द्रनगरलाई स्वच्छ र स्वस्थ राख्नका लागि सडकको दुबै छेऊमा जडीबुटीजन्य वोटविरुवा रोपेर हर्बल सीटीका रुपमा विकास गर्नुपर्ने अवधारणापनि उहाँले अघि सार्नुभएको छ । ‘यसो गर्न सकिए, बजारको सुन्दरता र स्वच्छतापनि बढ्छ । उहाँले भन्नुभयो–‘नियमित आम्दानीको स्रोत पनि बढ्नसक्छ ।’

यस्तै, नगरपालिकाका कार्यकारी अधिकृत गौतमले वीरेन्द्रनगरलाई आपूmले क्लिन सीटी ९सफा शहर० ग्रीन सीटी ९हरित शहर० रिच सीटी ९सम्पन्न शहर० र ब्राइट सीटी ९उज्यालो० शहर बनाउने अधिकतम प्रयत्न गर्ने प्रतिवद्धता जनाउनुभयो ।

संघीय राजधानीका रुपमा रहेको सुर्खेतमा व्यापार व्यवसायका साथै कृषिको व्यवसायिकीकरण र औद्योगिकीकरणका लागि पनि नगरपालिकाका तर्फबाट गर्नसकिने कामबारे छलफल एवं सहकार्य गरेर अघि बढ्ने उहाँको भनाई छ ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेतिले जग्गा व्यवसायका नाममा प्लटिङ र खण्डिकरण गर्दा दीर्घकालीन रुपमा नकारात्मक प्रभाव बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

प्रान्तीय राजधानीका रुपमा रहेको सुर्खेतलाई सोहिबमोजिम विकास गर्नका लागि दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिंदै उहाँले त्यहीअनुसारका पूर्वाधार तथा संरचना निर्माण गर्न तत्काल शुरु गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव