२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चमेलिया जलविद्युत आयोजनामा दोम्बर खर्च, आयोजनाको काम अन्तीम चरणमा

१८ माघ २०७३, मंगलवार ०५:०६

नरी बडु, माघ १८, बैतडी । दार्चुलाको बलाँचमा अवस्थीत ३० मेगावाट क्षमता रहेको निर्माणाधिन चमेलिया जलविद्युत अयोजनमा दोब्बर खर्च हुने देखिएको छ । कुल लागत ८ अर्ब ५० करोड रहेको आयोजनामा हालसम्म मात्रै १२ अर्ब खर्च भैसकेको छ । परियोजना निर्माणको अन्त्य सम्ममा १५ अर्ब ५० करोड खर्च हुने चमेलिया जलविद्युत परियोजनाका प्रमुख अजय दाहालले बताए ।

भगोलिक विकटता, सुरुङ निर्माण पछि खुम्चीनु, आयोजना प्रभावित जिल्लाहरुका लागि निर्माणधिन स्थलमै सव स्टेशन राख्नु पर्ने लगायतका कारणले खर्च दोब्बर भएको हो ।

आयोजनाको सुरुङमा खुम्चीएको ८ सय ४३ मिटर भाग खुम्चीएको थियो जसमध्ये अझै ४५ मिटर मात्र खोल्न बाँकी छ । खुम्चएको सुरुङमा मात्रै १ अर्ब खर्च भएको छ । अहिलेसम्म जम्मा काममध्ये ९८ प्रतिशत काम सकिएको प्रमुख अजय दाहालले बताए ।

सिभिलको काममा ५ अर्ब २४ करोड, हाइड्रो इलेक्ट्रो मेकानिकलमा ३ अर्ब ९७ करोड, सव स्टेशन निर्माणमा १४ करोड ८३ लाख, आयोजना प्रभावितलाई मुआब्जा दिनमा १४ करोड ९१ लाख, भवनमा ६ करोड खर्च भएको चमेलिया जलविद्युत आयोजनाले जनाएको छ ।  

२००७ जनवरी देखि सुरु भएको परियोजना ०११ डिसिम्बरमा सक्ने लक्ष राखेको भएपनि हाल सम्म पुरा हुन सकेको छैन् । २०१७ डिसिम्बर सम्ममा परियोजनाको काम सम्पन्न हुने उहाँको प्रमुख दाहालको भनाई छ ।

देशको राजनितिक अस्थिरता, प्रक्रियागत झन्जट र बाटोको सहज पहुँच नभएका कारण ढिलाई भएको दाहालले बताए । ड्याब बाध्न सकिने भएकाले चमेलिया जलविद्युत आयोजनाले खुख्खायामको समयमा पनि दैनिक ६ घण्टा पुरा विद्युत प्रशारण गर्न सक्ने छ ।

धेरैजसो आयोजनाहरुमा खुख्खायामको समयमा २५ देखि ३० प्रतिशत मात्रै विद्युत प्रवाह हुन्छ ।

परियोजनाको प्रशारण लाईनका लागि टावरहरु निर्माण भैसकेको उहाँको भनाई छ । अयोजना निर्माणस्थल देखि परियोजनाको मुख्य प्रशारण केन्द्र अत्तरीया सम्म ४ सय १२ टावरहरु निमार्ण भएका छन् ।

परियोजनाको इन्टेक, टनेल, बाटो र पावरहास लगायतका सिभिलको काम चिनको चाईना गेजुवा गु्रप (सिजिजिसि) कम्पनीले गरेको थियो भने टावर निर्माणको काम कोरीयन कम्पनी  (केएचएएफपि) ले गरेका थियो । आयोजना निर्माण पछि सुदूर तथा मध्य पश्चिमका अघिकासं ठाँउ लोडसेडिङ मुक्त हुने छन् ।

क्याप्सन ः सुदूरपश्चिमको दार्चुला र बैतडीको सिमानामा अवस्थीत ३० मेगावाट क्षमता भएको निर्माणधिन चमेलिया जनविद्युत अयोजनाको पावरहाउस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली