पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव आज सकिदै छ । यहि माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सव विवाद र आलोचनाका विच आज समापन हुदैछ । महोत्सवमा भएका विभिन्न घटना तथा परिघटनाका कारणले महोत्सव हालसम्मक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव आज सकिदै छ । यहि माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सव विवाद र आलोचनाका विच आज समापन हुदैछ । महोत्सवमा भएका विभिन्न घटना तथा परिघटनाका कारणले महोत्सव हालसम्मक"/>
२९ मंसिर २०८२, आईतवार
अर्थ/विकास

पाँचौ पर्वत महोत्सव टिकट काटेर ४५ हजारले अबलोकन गरे

२२ माघ २०७३, शनिबार ०३:४८

पर्वत । पश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा पाँचौ पर्वत महोत्सव आज सकिदै छ । यहि माघ १३ देखि शुरु भएको पाँचौ पर्वत महोत्सव विवाद र आलोचनाका विच आज समापन हुदैछ । महोत्सवमा भएका विभिन्न घटना तथा परिघटनाका कारणले महोत्सव हालसम्मकै आलोचित र आरोपित बनेको छ ।

विगतका महोत्सवमा आर्थिक पादर्शीता नहुने गरेकोले चर्चामा आएता पनि महोत्सव शुरु भएदेखि समापन हुनुपूर्व सम्म महोत्सवमा भएका अनुचित कार्य र आयोजकले गरेको नाताबाद र क्रिपाबादले महोत्सवलाई ठूलो धक्का दिएको छ । महोत्सवमा २ लाख दर्शक भित्राउने आयोजकले दाबी गरिरहेकै बेलामा महोत्सवमा नबौ दिनसम्म पनि ४५ हजार दर्शकले टिकट शुल्क तिरेर महोत्सव अबलोकन गरेका छन् तर आयोजकले १ लाख ३० हजार दर्शकले अबलोकन गरेको दाबी गरेको छ । 

महोत्सवका टिकट व्यवस्थापनको चाँजोपाँचो मिलाएको पर्वत मिलन क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठले महोत्सवमा ६० को टिकट काट्नेको संख्या शुक्रबार साँझसम्म २८ हजार नागेको बताए । त्यस्तै विद्यार्थीको लागि बनाइको ४० को टिकट काट्नको संख्या झण्डै ७ हजार पुगेको उनको तर्क । 

महोत्सव मुल आयोजक समितिका सचिव ठाकूर वि पौडेले भने महोत्सवमा १ लाख ३० हजार दर्शकले प्रत्यक्ष अबलोकन गरेको दाबी गरेका छन् ।  उनले  प्याकेज टिकटमा झण्डै तीन हजारको वितरण भएको बताए । प्याकेज टिकटमा पनि १ हजार शुल्क तिरेका दर्शक रर बाँकी २ हजारमा कलाकार, पत्रकार, स्टलव्यापारी, आयोजक, सुरक्षाकमी  रहेको उनको तर्क छ । महोत्सवमा प्रत्यक्ष टिकट काटेर जान झण्डै ४० हजार  र सात बर्ष मुनीका बालबालिकाका साथै प्याकेज टिकटका दर्शक गरी एक लाख ३० हजारको संख्यामा दर्शक रहेको उनले बताए । व्याकेज टिकट र नियमित टिकटबाट झण्डै २१ लाख (अनुमानित) रकम संकलन भएको पौडेलले जानकारी दिए ।

महोत्सवको आज समापन जिल्ला न्यायधिस मोहनराज भट्टराईको आथित्यतामा हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली