खकेन्द्र केसी
माघ २२, सल्यान 
गाउमा विद्यालयको स्वीकृत पाएपछी खुशी भएका ग्रामिण भेगका अधिकांश विद्यालयहरु अहिले पुरा दरबन्दी नहुदा निजी स्रोतबाट चल्न बाध्य छन । जिल्ला शिक्षा कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी
माघ २२, सल्यान 
गाउमा विद्यालयको स्वीकृत पाएपछी खुशी भएका ग्रामिण भेगका अधिकांश विद्यालयहरु अहिले पुरा दरबन्दी नहुदा निजी स्रोतबाट चल्न बाध्य छन । जिल्ला शिक्षा कार"/>
१३ माघ २०८२, सोमबार
अर्थ/विकास

सल्यान दमाचौरमा विद्यालय संचालनका लागि अजम्बरी कोष निर्माण।

२२ माघ २०७३, शनिबार १५:१०

खकेन्द्र केसी
माघ २२, सल्यान 
गाउमा विद्यालयको स्वीकृत पाएपछी खुशी भएका ग्रामिण भेगका अधिकांश विद्यालयहरु अहिले पुरा दरबन्दी नहुदा निजी स्रोतबाट चल्न बाध्य छन । जिल्ला शिक्षा कार्यालयबाट प्राविले निमावि, निमाविले मावि र माविले उच्च माविको स्वीकृति त बनाए तर उनिहरुलाई विद्यालय संचालनमा हम्मे हम्मे परेको छ । 
जहाँ समस्या हुन्छन अनी त्यहाँ समाधान पनि हुन्छ । समाधानका बाटाहरु कतै सामुदायीक वनको रकम, कतै गाविसको बजेट त कतै अन्य सहयोग जसोतसो विद्यालय संचालन भैरहेका छन । यस्तै उपाया सल्यानको दमाचौर मा रहेको एक विद्यालयले कसमस फण्ड नामक कोष निर्माण गरेर निकालेको छ । कसमस फण्ड भनेको अजम्बरी कोष हो । दमाचौर गा.वि.स. वडा नं. ९ को बुराँसेटाकुरीमा रहेको श्री जनता माध्यमिक विद्यालयले “विद्यालय प्रतिको हाम्रो सहयोग बारम्बार, हाम्रो विद्यालय आफै बनाउछौ सदावहार भन्ने नारा सहित यो कोषको स्थापना गरेको हो । 

विद्यालयको शैक्षिक सुधारका लागि यो फण्ड निर्माण गरिएको भन्दै कोषबाट आएको रकमले निजी शिक्षकलाई तलव खुवाउने, भौतिक पुर्वाधार निर्माण गर्ने विद्यालयका प्रधानाध्यापक लालसिंह वलीले बताएका छन । 
जिल्ला शिक्षा कार्यालय बाट प्राबि सम्मको स्वीकृति पाएको बिद्यालय हाल बिद्यार्थी र अभिभाबकको माग अनुसार कक्षा ९ सम्म सञ्चालन गरिएको उक्त विद्यालयमा निमावी एक राहत दरबन्दी मात्रै छ । शिक्षा कार्यालयले आबश्यकता अनुसारको दरबन्दी नदिनु र स्थानिय स्तरबाट निजि शिक्षक राखेर तलब खुवाउने अबस्था नहुनु र बिद्यालयलाई यसै शैक्षिक सत्र देखी कक्षा दश सम्म सञ्चालन गर्ने गरी बिद्यालयमा अजम्बरी कोष स्थापना गरिएको बिद्यालय जानकारी दिएको छ । 
 झ्याम बुराँसे परम्परागत लहरे नाचले दिएको ७ लाख २ हजार ५ रुपैयाँ, स्थानियबासी, वैदेशीक रोजगार र राजनीतिक दलको सहयोगमा अहिले कोषमा ९ लाख भन्दा बढी रकम जम्मा भएको छ भने अभियान निरन्तर चल्ने विद्यालयको भनाइ छ ।
विद्यालय भए गाउका बालबिलका लाइ सजिलो हुने भएकाले गाउको झ्याम बुराँसे लहरे नाच समितीले जम्मा गरेको रकम विद्यालयलाइ हस्तान्तरणा गरिएको अध्यक्ष खडक बहादुर केसीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह