माघ २५, काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको ३० प्रतिशत काम सकिएको छ । 

१ महिना अघि नेपालका चर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २५, काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको ३० प्रतिशत काम सकिएको छ । 

१ महिना अघि नेपालका चर्"/>

२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुसहर बस्ती निर्माणमा एक महिनामै सकियो ३० प्रतिशत काम

२०७३, २५ माघ मंगलवार ०७:५६


माघ २५, काठमाडौँ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्तीको ३० प्रतिशत काम सकिएको छ । 

१ महिना अघि नेपालका चर्चित हाँस्यकलाकार महजोडी हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठद्धारा शिलान्यास गरिएको बर्दिबास स्थीत नमुना मुसहर बस्तीमा ३० प्रतिशत भन्दा बढि काम सकिएको परियोजनाका संयोजक अर्जुन न्यौपानेले जानकारी दिएका छन् ।

१ महिनामै ३० प्रतिशत भन्दा बढि काम सकिएको छ परियोजनाका संयोजक न्यौपानेले भने यहि गतिमा काम भए हामिले छिट्टै काम सम्पन्न गर्न सक्छौ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्मँण गरिरहेको मुसहर बस्ती सोचे अनुरुप भन्दा छिट्टै काम भईरहेको छ । 


१५ दिनमै १५ प्रतिशत भन्दा बढि काम सकिएको मुसहर बस्तीमा अहिले घरको झ्याल र ढोका हाल्ने काम सुरु भईसकेको बताईएको छ । मुसहर बासीहरुले पनि बस्ती निर्मँणमा साथ दिईरहेको बताउने न्यौपानेले सबैको साथ र सहयोगले सोचे भन्दा छिटो काम अगाडी बढिरहेको जानकारी दिए । ‘मुसहरहरुको अनुहारमा छुट्टै खुसी आएको छ’ उनले भने ‘अब हामिले बस्ती पाउछौ भनेर दिनरात बस्ती निर्मँणमा खटिरहनुभएको छ’ ।

उता एकिकृत नमु्ना मुसहर बस्ती निर्मँणका लागी सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका जोडि सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली आजै नेपाल फर्कदै छन् । अष्ट्रेलियाका बिभिन्न सहरमा आयोजित कार्यक्रममा मुसहर बस्ती निर्माणका लागी सहयोग संकलन गरेर यो जोडि नेपाल फर्किन लागेको हो । 

अष्ट्रेलियामा गज्जबको ईभेन्ट्स द्धारा आयोजना गरिएको धुर्मुस सुन्तली सांझ र अन्य सहयोगी मनहरुबाट धुर्मुस सुन्तलीले ६५ लाख सहयोग संकलन गरेका छन् । गज्जबको इभेन्ट्सका आयोजक प्रदिप चापागांईले जानकारी दिए अनुसार अष्ट्रेलियाको पहिलो कार्यक्रम धुर्मुस सुन्तली सांझबाट २५ हजार अष्ट्रेलियन डलर सहयोग संकलन भएको छ भने एडिलेटबाट १५ हजार, मेलवर्नबाट २३ हजार, ब्रिसबेनबाट १९ हजार अष्ट्रेलियन डलर सहयोग संकलन भएको छ ।

 

अष्ट्रेलियाका बिभिन्न कार्यक्रमहरुबाट जम्मा ६५ लाख नेपाली सहयोग रकम संकलन भएको धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले बताएका छन् । अष्ट्रेलियाबाट सहयोग गर्ने सम्पुर्ण नेपालीलाई धन्यवाद दिदै उनले सहयोग गर्न चाहनेलाई पनि छिटो भन्दा छिटो सहयोग गर्नका लागी आग्रह गरेका छन् । ‘हामिलाई छिटो भन्दा छिटो सहयोग संकलन गर्नुपर्ने छ’ उनले भने ‘सबैको साथ र सहयोगले बस्ती निर्माणमा हौसला थपेको छ’ ।

धुर्मुस सुन्तली फाउण्डेसनलाई बस्ती निर्माणका लागी बिभिन्न संघ संस्था तथा ब्यत्तिगत रुपमा सहयोग गर्ने सहयोगी मनहरु बढिरहेको फाउण्डेसनका लेखा अधिकृत सरोज खत्रीले बताएका छन् । अहिलेसम्म धुर्मुस सुन्तली फाउण्डेसनको बैंक अफ काठमान्डौको खातामा ८७ लाख २४ हजार सहयोग रकम जम्मा भएको छ भने कृषि बिकाश बैंकको खातामा १ करोड १५ लाख भन्दा बढि रकम जम्मा भएको छ । सहयोग रकमलाई नै आधार मान्ने हो भने फाउण्डेसनलाई अहिले सम्म १ करोड बराबारको सहयोग रकम प्राप्त भएको छ । 


जसमा फाउण्डेसनको बैंक अफ काठमान्डौमा जम्मा भएको र कृषि बिकाश बैंकले दिएको १५ लाख गरि १ करोड बराबार सहयोग रकम संकलन भएको हो । गिराञ्चौर परियोजनाबाट बांकि बसेको १ करोड बराबारको रकम सहित फाउण्डेसनको खातामा २ करोड बराबरको रकम संकलन भएको छ । धुर्मुस सुन्तली फाउण्डेसनले निर्मँण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती निर्माणका लागी ४ करोड ७८ लाख लगानी लाग्ने अनुमान लिईएको छ । फाउण्डेसनले अहिलेसम्म मुसहर बस्ती निर्माणका लागी ७० लाखको हाराहारीमा खर्च गरेको छ । 

फाउण्डेसनका लेखा अधिकृत खत्रीले बताए अनुसार अहिलेसम्मको सहयोग रकममा अष्ट्रेलिया बाट उठेको र कतारबाट घोषित रकम अझै बैंकको खातामा जम्मा भईसकेको छैन् । घोषित रकम र अहिलेसम्मको संकलित सहयोग रकम सहित फाउण्डेसनमा अहिलेसम्म २ करोड ५० लाख बराबरको सहयोग संकलन भएको बताईएको छ । परियोजनाको अनुमानित रकमका लागी अझै २ करोड बढि सहयोगको खांचो छ । जसका लागी धुर्मुस सुन्तली फाउण्डेसनले सहयोग गर्न चाहने सम्पुर्णलाई सहयोगको लागी अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ