२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कुपोषणका कारण एक बालिकाको मृत्यु

२०७३, २६ माघ बुधबार ०५:०८

माघ २६, डडेल्धुरा | कुपोषणले पीडित रहेकी बालिकाको उपचार हुन नसक्दा मृत्यु भएको छ । 

कुपोषणको उपचार नहुँदा चौखाम–९ की मुना धामीकी पाँच वर्षीया छोरी बिनाको मृत्यु भएको हो । पाँच किलोमात्रै तौल भएकी बिनाको समयमै उपचार नहुँदा गत सोमबार राति १० बजे मृत्यु भएको स्थानीय जनकसिंह धामीले बताए । जन्मँदै सुकेनासले सताइएकी बिनालाई उपचारका लागि गत महिना उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको थियो । डडेल्धुराले धनगढी रिफर गरेपनि आर्थिक अभावले लैजान नसक्दा घरमै मृत्यु भएको हो । 

मैले आफ्नै खर्चमा आमाछोरीलार्ई डडेल्धुरा लगेको थिए, धनगढी लगेर उपचार गराउन खर्च जुटाउन नसक्दा बच्चीको मृत्यु भएको मुनाका आफन्त पर्ने धामीले जानकारी गराउनुभयो । 

चिकित्सकले धनगढीमा रहेको पोषण पुनःस्थापना गृहमा उपचारका लागि जान सल्लाह दिएपनि खर्च नहुँदा जान नसकेको उहाँको भनाइ रहेको छ । 

४० वर्षीया मुनाका अरु दुई छोरी र एक छोरा भने स्वस्थ छन् । कान्छी छोरीमा जन्मँदै कुपोषण भएको धेरै पछि थाहा भएको हो । कुपोषण भएको थाहा पाएपछि पनि समयमै उपचार हुन नसक्दा ज्यान गुमाउनुपरेको हो । 

पोषणयुक्त खानेकुरा समयमा नख्वाएकै कारण बच्चामा कुपोषण भएको तीन महिनाअघि मात्रै स्वास्थ्य चौकीबाट थाहा पाएको मुनाले बताइन् । मुनाका पति क्षयरोगका बिरामी छन् र पनि उनी मजदुरीका लागि भारतको दिल्लीमा छन् । 

घरको आर्थिक अवस्था कमजोर भएपछि उपचार गराउन नसक्दा छोरीको ज्यान गएको मुनाले बताइन् । सरकारी गैरसरकारी संस्थाले स्वास्थ्यकोे क्षेत्रमा काम गरिरहेका भए पनि १३ प्रतिशत बच्चामा कुपोषण रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै