2026-07-25 05:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चन्द्रागिरी केबलकारमा फागुन महिनाभर विशेष छुट

माघ २७, काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको चन्द्रागिरी केबलकारले फागुन महिनाभरि सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिला टिकट काटने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट दिने भएको छ । 

छुट व्यवस्थाअनुसार कूल ७ सय पर्ने केबलकार टिकट ३ सय पचास रुपैयाँमा प्राप्त गर्न सकिनेछ । यो सुविधा लिने यात्रुले अन्य छुट सुविधा लिन पाउने छैनन् ।

यो सुविधा अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिनुपर्नेछ । एक जना यात्रुले एउटा मात्र टिकट लिन सक्नेछन् भने यसरी लिइएको टिकट सोही दिनका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडले चन्द्रागिरि केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागिअशोक लेलेण्डको ४२ सिट क्षमता भएको निः शूल्क बस सेवाको व्यवस्था गरेको छ । 

काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वत धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने एवं बाह्य पर्यटकहरुको नेपाल बसाईलाई  एक दिन लम्ब्याउने उद्देश्यले यस पर्वतमा चन्द्रागिरि हिल्स लिमिटेडको स्थापना भएको हो ।

गत साउन २४ गतेबाट व्यवसायीक संचालनमा आएको चन्द्रागिरि केबलकारको सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत मङ्सिर ३० गते समुद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक