२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठानको पकलामा मोटरबाटो निर्माण सम्पन्न

२०७३, २७ माघ बिहीबार १०:११

सागर शर्मा | माघ २७, प्युठान | ठानको पकलामा बाटो निर्माण कार्य सम्पन्न भएको छ। पकला गाबिसको पिपलनेटा देखि पकला टाकुरा सम्म जोड्ने ७ सय मिटर कच्ची नया मोटरबाटो निर्माण कार्य सम्पन्न भएको हो ।

उक्त मोटरबाटोबाट पकला गाबिस वार्ड नम्बर २ का ४५ घरधुरीलाई  प्रत्यक्ष  रुपमा फाइदा पुगेको छ।

गाउँ बिकास समितीको कार्यालय पकलाको १ लाख ७५ हजार लागत र स्थानीयवासीको सहयोगमा  मोटरबाटो निर्माण गरिएको मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष वसन्त थापा मगरले जानकारी दिए ।

गाउँमा मोटरबाटो पुगेपछी गाउँमा  उत्पादन हुने कच्चा पदार्थ एवं कृषिजन्य पदार्थहरु छिटोछरितो रुपमा बजारसम्म ढुवानी गर्न सहज हुने स्थानीयवासी शान्तराज श्रेष्ठको विश्वास रहेको छ । " पहिले साह्रै दुख थियो",श्रेष्ठले भने," घर मै मोटरबाटो आएपछी खुसी लागेको छ।"

साथै, मोटरबाटो निर्माण भएपछि कामकाजका लागि बजार जान तथा बिरामी पर्दा एम्बुलेन्स सेवा पनि सहज रुपमा सञ्चालन गर्न सकिने बताइएको छ । गाउँमा मोटरबाटो निर्माण भएपछि स्थानीयवासीको जनजीवनमा केही मात्रामा भए पनि सहजता थपिने स्थानीयवासी  बताउँछन् । मोटरबाटो पुगेसंगै गाउमा अब मोटर समेत चल्ने आश स्थानियले गरेका छन।

गाउमा मोटरबाटो पुग्नु अघि पैदल हिड्नुपर्ने बाध्यता रहिआएको थियो। स्थानियलाइ दैनिक उपभोग्य सामानका लागि यश अघि दुई घण्टाको पैदल हिडेर धुबाङ गाबिसको हर्नघाट बजारमा आउनै पर्ने बाध्यता रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !