१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्युठानको पकलामा मोटरबाटो निर्माण सम्पन्न

२७ माघ २०७३, बिहीबार १०:११

सागर शर्मा | माघ २७, प्युठान | ठानको पकलामा बाटो निर्माण कार्य सम्पन्न भएको छ। पकला गाबिसको पिपलनेटा देखि पकला टाकुरा सम्म जोड्ने ७ सय मिटर कच्ची नया मोटरबाटो निर्माण कार्य सम्पन्न भएको हो ।

उक्त मोटरबाटोबाट पकला गाबिस वार्ड नम्बर २ का ४५ घरधुरीलाई  प्रत्यक्ष  रुपमा फाइदा पुगेको छ।

गाउँ बिकास समितीको कार्यालय पकलाको १ लाख ७५ हजार लागत र स्थानीयवासीको सहयोगमा  मोटरबाटो निर्माण गरिएको मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष वसन्त थापा मगरले जानकारी दिए ।

गाउँमा मोटरबाटो पुगेपछी गाउँमा  उत्पादन हुने कच्चा पदार्थ एवं कृषिजन्य पदार्थहरु छिटोछरितो रुपमा बजारसम्म ढुवानी गर्न सहज हुने स्थानीयवासी शान्तराज श्रेष्ठको विश्वास रहेको छ । " पहिले साह्रै दुख थियो",श्रेष्ठले भने," घर मै मोटरबाटो आएपछी खुसी लागेको छ।"

साथै, मोटरबाटो निर्माण भएपछि कामकाजका लागि बजार जान तथा बिरामी पर्दा एम्बुलेन्स सेवा पनि सहज रुपमा सञ्चालन गर्न सकिने बताइएको छ । गाउँमा मोटरबाटो निर्माण भएपछि स्थानीयवासीको जनजीवनमा केही मात्रामा भए पनि सहजता थपिने स्थानीयवासी  बताउँछन् । मोटरबाटो पुगेसंगै गाउमा अब मोटर समेत चल्ने आश स्थानियले गरेका छन।

गाउमा मोटरबाटो पुग्नु अघि पैदल हिड्नुपर्ने बाध्यता रहिआएको थियो। स्थानियलाइ दैनिक उपभोग्य सामानका लागि यश अघि दुई घण्टाको पैदल हिडेर धुबाङ गाबिसको हर्नघाट बजारमा आउनै पर्ने बाध्यता रहेको थियो। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन