२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नौ वर्षपछि ‘सिटी हल’ निर्माणको बाटो खुल्यो

२०७३, २७ माघ बिहीबार १०:३२

माघ २७, गोरखा । गोरखाको नयाँ बजारस्थित बसपार्कलाई अन्यत्र सारेर त्यहाँ सभाहल (सिटीहल) निर्माण गरिने भएको छ । 

जग्गाको टुङ्गो नलाग्दा विगत नौ वर्षदेखि हल निर्माण हुन सकेको थिएन । सरोकारवालाको बैठकले बसपार्कलाई डन्डकीडाँडामा सारेर सो ठाउँमा सभाहल बनाउने टुङ्गो लगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । सभाहल बनाउन चालु आवमा रु एक करोड बजेट आएको छ । 

“नगरपालिकाको स्वामित्वभित्रको जग्गा खोजी गरिरहेका थियौँ । ०६४ सालदेखि बर्सेनि बजेट आए पनि जग्गा पहिचान हुन नसक्दा हल निर्माण भएको थिएन” शर्माले भन्नुभयो, “बसपार्कलाई बजारभन्दा एक किलोमिटर टाढा सारेर बसपार्कमा सिटी हल बनाउने निर्णय भएको हो ।” जिल्लास्थित भवन निर्माण डिभिजन कार्यालयमार्फत बजेट आएको हो । 

बर्सेनि बजेट पठाए पनि खर्च नगरी फ्रिज भएको भन्दै भवन निर्माण विभागले यस पटक जग्गाको अन्तिम टुङ्गो नलागे बजेट अन्यत्रै रकमान्तर गर्ने चेतावनी दिएपछि सरोकारवालाले जग्गा खोजी गरेका हुन् । 

राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, गोरखा उद्योग वाणिज्य सङ्घ, जिल्लास्थित सरकारी विषयगत कार्यालयका प्रमुखको बैठकले सिटी हल निर्माण गर्न जग्गाको अन्तिम टुङ्गो हालै लगाएको हो । आउँदो दुई वर्षभित्र सिटी हल निर्माण भइसक्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !