२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सगुनको दुई अर्ब बराबरको सेयर सर्वसाधारणलाई

२०७३, २७ माघ बिहीबार १०:५८

माघ २७, काठमाडौँ । नेपाली सीप र लगानीमा खोलिएको सामाजिक सञ्जाल सगुन डटकमले पहिलोपटक सर्वसाधारणबाट रु दुई करोड डलर ९नेरु करिब दुई अर्ब० बराबरको लगानी उठाउन सेयर निष्कासन गरेको छ । 

आजदेखि संसारको जुनसुकै स्थानबाट जो कोही व्यक्तिले पनि सगुनमा कम्तीमा २९९ डलर लगानी गरी सेयरधनी हुनसक्ने सगुन नेपाल च्याप्टरले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । 

सगुनले ‘ग’ श्रेणीको आठ लाख ६९ हजार ५६४ कित्ता सेयरलाई प्रति कित्ता २३ अमेरिकी डलरमा बिक्री गुरु गरेको सगुन नेपाल च्याप्टरका जनसम्पर्क प्रमुख अजयबाबु सिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार कम्तीमा २९९ डलरमा १३ कित्ता सेयर किनेर सगुनको मालिक बन्न सकिनेछ, त्यसभन्दा माथि भने व्यक्तिको इच्छाअनुसार सेयर खरिद गर्न सकिनेछ । 

बिक्रीका लागि छुट्याइएको सेयर सगुनको वेबसाइट www.saggoon.com मार्फत सर्वसाधारणले खरिद गर्न सक्नेछन् । नेपाल बाहिर रहेका नेपालीले सो सेयर खरिद गर्न पाउनेछन् तर, कानुन अभावका कारण नेपालमा रहेका नेपालीले भने उक्त सेयर खरिद गर्न नपाउने कम्पनीले जनाएको छ । 

सगुनका संस्थापक गोविन्द गिरीले अमेरिकाको जब्स एक्ट २०१२ को प्रावधान बमोजिम नेपाली प्रविधि र लगानीले समाजका विभिन्न पक्षमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो । 

“सगुनका समर्थक तथा शुभेच्छुकका लागि हाम्रो सपनामा विश्वास गर्नुभयो । धितोपत्र कारोबार आयोगको स्वीकृतिपछि अब हाम्रो अभियानमा सहकार्य गर्न र सगुनले उपलब्ध गराउन सक्ने सम्भावित वित्तीय फाइदाबाट उहाँहरु लाभान्वित हुनुहुनेछ” – उहाँले भन्नुभयो । 

अमेरिकन जब्स एक्ट २०१२ अनुसार कुनै पनि ‘मिनी आइपिओ’ ले पाँच करोड डलरसम्म वार्षिक रुपमा पैसा उठाउन पाउँछन् । तर सगुनले यस वर्ष रु दुई अर्ब बराबरको सेयर खोलेको छ, जुन कुल सेयरको जम्मा २१ प्रतिशत हो । सेयरधनी बन्नका लागि कम्तीमा १३ कित्ता किन्नुपर्ने हुन्छ । 

अहिलेसम्म चार हजार बढी व्यक्तिबाट ३५ लाख डलर बराबरको सेयर खरिद गर्न इच्छा जाहेर गरेका सगुन नेपाल च्याप्टरका संयोजक अखिल सिटौलाले जानकारी दिनुभयो । सगुनका अनुसार सन् २०१४ मा सगुनको भ्यालु प्रतिकित्ता सेयर ० दशमलव ५ डलर थियो भने सन् २०१५ मा ३.७५ र अहिले यसको भ्यालु प्रतिसेयर २३ डलर पुगेको छ । यसैअनुसार सगुनले रु दुई अर्बको सेयर जारी गरेको हो । हाल नेपाल, भारत र अमेरिका कार्यालय रहेको सगुनले प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएपछि सेयरकर्ताको लगानी बढाउन र सेवालाई थप प्रभावकारी बनाउन शाखा विस्तार गर्ने तयारी गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी