फागुन २, काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई बिनाधितो ऋण प्रदान गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २, काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई बिनाधितो ऋण प्रदान गर"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चौबीस हजार युवालाई बिनाधितो ऋण प्रदानको तयारी

२ फाल्गुन २०७३, सोमबार १०:३५

फागुन २, काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले ग्रामीण युवा उद्यम कार्यक्रमअन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १० जना गरी मुलुकभर २४ हजार युवालाई बिनाधितो ऋण प्रदान गर्ने तयारी गरेको छ । 

मानव विकास तथा जागरण मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालको संविधान र युवा महिलाहरुको हक अधिकार’ विषयक कार्यशालामा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले परिषद्ले यसका लागि कार्यविधि तयार भएका युवासँग आवेदन मागेको जानकारी दिनुभयो । 

परिषद्ले प्रतिनिर्वाचन क्षेत्रबाट पहिलो चरणमा एक वडामा १० युवालाई रु पाँच लाखको निब्र्याजी ऋण उपलब्ध गराउनेछ । त्यसमा ५० प्रतिशत महिला पर्नेछन् । सो ऋण प्रतिवर्ष १० प्रतिशतका दरले सरकारलाई ऋण चुक्ता गर्नुपर्नेछ । कम्तीमा कक्षा ८ उत्तीर्ण युवाले कानुन बमोजिम समूह बनाएर व्यावसायिक परियोजना प्रस्ताव पेस गर्नुपर्नेछ । 

उपाध्यक्ष ढुङ्गेलले योे कार्यक्रम सफल भएमा नेपालमा समृद्धिको यात्रा आरम्भ हुने बताउनुभयो । युवा महिलाका लागि गरिनुपर्ने कार्यबारे राष्ट्रिय महिला आयोगका पूर्व सदस्य धनकुमारी सुनारले कार्यपत्र प्रस्तुत गर्दै युवा रोजगारी र सामाजिक सुधारका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट साझा पहल हुनुपर्ने बताउनुभयो । 

नेकपा (एमाले)का सांसद रामेश्वर फुयाँलले मुलुकलाई आत्मनिर्भर बनाउन स्वरोजगारमा लगाउनु आवश्यक भएको बताउनुभयो । 

नेकपा (माले)का सांसद कलशादेवी महराले युवाका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने निकायबीच समन्वयको खाँचो औँल्याउनुभयो । मञ्चका अध्यक्ष विनिता पन्तले कार्यशालाबाट जारी गरिएका घोषणापत्र कार्यान्वयनका लागि परिषद्मा हस्तान्तरण गरिने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का