१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जयरामघाट पुलको मुख्य लट्ठा राख्ने काम सुरु हुन सकेन

४ फाल्गुन २०७३, बुधबार ०३:०२

फागुन ४, खोटाङ । नयाँ वर्ष मनाउन गएका चिनियाँ प्राविधिक नफर्कंदा खोटाङको प्रमुख नाकाका रुपमा रहेको जयरामघाटस्थित दूधकोसीमा निर्माणाधीन पक्की पुलको मुख्य लट्ठा राख्ने काम सुरु हुन सकेको छैन । 

म्याद नाघेको छ वर्षमा पनि पूरा हुन नसकेको खोटाङ र ओखलढुङ्गाको जयरामघाटस्थित दूधकोसी पुलको दुवै क्याट–वेका काम पूरा गरेर घर फर्किएका चिनियाँ प्राविधिक नआउँदा मुख्य लट्ठा राख्ने काम सुरु हुन नसकेको हो । 

पुलको दुवै पिलरको टपलाई जोडेर झोलुङ्गे पुलजस्तो देखिने क्याट–वे राखेपछि मुख्य लट्ठा राख्ने काम सुरु गर्नुपर्नेमा चिनियाँ प्राविधिक नफर्केका कारण काम सुरु गर्न नसकिएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका इन्जिनियर सीताराम कार्कीले बताउनुभयो । 

कार्कीका अनुसार विसं २०६८ असार सम्ममा पूरा गर्ने सर्तमा २०६६ साल भदौमा विक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले निर्माणको सम्झौता गरेको पुलको हालसम्म सिभिल तर्फका काम पनि करिब ९० प्रतिशत पूरा भएको छ । 

पुलको दुवै क्याट–वे राख्ने काम माघ १२ गते नै पूरा भएको थियो । क्याट–वे राख्ने काम पूरा भएलगत्तै मेन केवल (लट्ठा) राख्ने काम सुरु गरिने बताइएको थियो । चिनियाँ प्राविधिकको अभावमा मेन केवल (लट्ठा) जडानका काम सुरु गर्न नसकिएको बताइए पनि ठेकेदार कम्पनीले पुलमा टाँग्ने मेन लट्ठा हालसम्म नल्याएको पाइएको छ । आवश्यक उपकरण नल्याएसम्म पुलको मेन केवल जडानको काम सुरु हुने छाँट नदेखिएको नेकपा (एमाले) क्षेत्र नम्बर १ का अध्यक्षसमेत रहनुभएका स्थानीयवासी सुरेन्द्र राईले बताउनुभयो । 

ठेकेदार कम्पनीले पुलका लागि ३८ वटा मेन लट्ठा बाराको सिमराबाट ल्याउनुपर्छ । तर ठेकेदारले हालसम्म लट्ठा तथा स्टिल ट्रसका सामान ढुवानी गरेकै छैन । पुस ९ गतेदेखि चारजना चिनियाँ प्राविधिक जयराममा आएपछि पुलमा लट्ठा राख्ने काम सुरु गरिएको थियो । खोटाङको बाहुनीडाँडा र ओखलढुङ्गाको थाक्ले गाविस जोड्ने जयरामको पुल जिल्लाको प्रमुख नाका हो । 

जिल्लाको भविष्यसँग जोडिएको जयराममा पुल नबन्दाको प्रत्यक्ष असर अन्य विकास निर्माणमा समेत परिरहेको छ । लामो समयसम्म पुलको पिलर मात्र ठडिएको ठाउँमा लट्ठा हाल्न थालिएपछि पुल निर्माणले गति लिनेमा जिल्लावासी आशावादी देखिन थालेका छन् । करिब रु १० करोडको लागतमा निर्माण गर्ने भनिएको डेढसय मिटर लामो मोटर चल्ने पुलको सिमेन्टसम्बन्धी काम कालिका र स्टिलसम्बन्धी काम हुलासले जिम्मा लिएको सडक डिभिजन कार्यालय, हर्कपुर, ओखलढुङ्गाले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव