फागुन ६, काठमाडौँ | पशुपति क्षेत्रलाई पर्यटकीय एवम् धार्मिकस्थलका रुपमा विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न चौथो बृहत् गुरुयोजना निर्माण गरिने भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ६, काठमाडौँ | पशुपति क्षेत्रलाई पर्यटकीय एवम् धार्मिकस्थलका रुपमा विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न चौथो बृहत् गुरुयोजना निर्माण गरिने भएको छ । 
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पशुपतिक्षेत्रको चौथो बृहत् गुरुयोजना निर्माण गरिने

६ फाल्गुन २०७३, शुक्रबार ०५:३२

फागुन ६, काठमाडौँ | पशुपति क्षेत्रलाई पर्यटकीय एवम् धार्मिकस्थलका रुपमा विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न चौथो बृहत् गुरुयोजना निर्माण गरिने भएको छ । 

यसअघि निर्माण भएका तीनवटा गुरुयोजनाले पशुपति क्षेत्रमा खुलास्थल वृद्धि गरेकाले ती ठाउँमा के कस्ता संरचना निर्माण गर्ने भन्ने विषयमा निष्कर्ष निकाल्न चौथो बृहत् गुरुयोजना निर्माण गर्न लागिएको बिहीबार आयोजित कार्यक्रममा जानकारी गराइयो । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष जीवनबहादुर शाहीले पशुपतिलाई खुला सङ्ग्रहालयका रुपमा विकास गरिनुपर्ने बताउनुभयो । 

“पशुपति क्षेत्रलाई अध्ययनस्थल एवम् पावनस्थलका रुपमा विकास गरेमा विदेशी पर्यटक र गैरहिन्दूका लागि आकर्षकको केन्द्र बन्नुका साथै विश्वमा नेपालको पर्यटन विकासमा महत्वपूर्ण योगदान हुनेछ”, उहाँले भन्नुभयो । पशुपतिलाई खुला सङ्ग्रहालयका रुपमा विकास गर्न सके राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने मन्त्री शाहीको भनाइ थियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले पुरातात्विक, धार्मिक, सांस्कृतिक, पौराणिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण पशुपति क्षेत्रको गुरुयोजना निर्माण गर्दा सम्बन्धित विषयका विज्ञसँग रायसल्लाह लिनुपर्नेमा जोड दिनुभयो । 

कोषका सदस्यसचिव डा गोविन्द टन्डनले एक सातापछि तीन चरणमा धार्मिक, पौराणिक, सांस्कृतिक र वास्तुशास्त्रीय विषयका विज्ञलाई कार्यपत्र तयार गर्न लगाई कार्यशालामा प्रस्तुत गराई गुरुयोजना निर्माण गरिने जानकारी गराउनुभयो । 

कोषाध्यक्ष तारानाथ सुवेदीले राष्ट्रिय गौरवको पशुपति क्षेत्र आयोजनालाई समयमा नै सम्पन्न गर्न गुरुयोजना अत्यावश्यक भएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव