फागुन ६, बैतडी । खानी तथा भूगर्भ विभागले बैतडीको मल्लादेहीमा रहेको फलाम खानीको प्रारम्भिक अध्ययन गरेको छ । दुई दिन लगाएर गरिएको अध्ययनले मल्लादेहीको अल्याडी क्षेत्रम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ६, बैतडी । खानी तथा भूगर्भ विभागले बैतडीको मल्लादेहीमा रहेको फलाम खानीको प्रारम्भिक अध्ययन गरेको छ । दुई दिन लगाएर गरिएको अध्ययनले मल्लादेहीको अल्याडी क्षेत्रम"/>
५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीको मल्लादेहीमा फलाम खानी रहेको पुष्टि

६ फाल्गुन २०७३, शुक्रबार ०६:२६

फागुन ६, बैतडी । खानी तथा भूगर्भ विभागले बैतडीको मल्लादेहीमा रहेको फलाम खानीको प्रारम्भिक अध्ययन गरेको छ । दुई दिन लगाएर गरिएको अध्ययनले मल्लादेहीको अल्याडी क्षेत्रमा फलाम रहेको पुष्टि भएको अध्ययन टोलीमा संलग्न भूगर्भविद् सन्तोष ढकालले राससलाई जानकारी दिनुभयो । 

“सयौँ वर्ष पहिले पनि फलाम निकालिएको पाँचसयभन्दा बढी खाल्डा छन्”, उहाँले भन्नुभयो, “रातो रातो रङ्गको चटटनमा चुम्बक राख्दा फलाम तानिएकाले त्यहाँ फलाम रहेको पुष्टि हुन्छ ।” सयौँ वर्ष पहिले फलाम निकाल्ने गरेको र ती खाडल आठदेखि १० मिटर गहिराइमा रहेका समेत उहाँले बताउनुभयो । “खाल्डो पुरिन थालेका छन्”, भूगर्भविद् ढकालले भन्नुभयो, “बाहिरी आँखाले नदेखिने भएकाले थप अध्ययन गर्ने तयारी भएको छ ।” 

दुई दिनको प्रारम्भिक अध्ययनपछि फलाम खानी भएको प्रमाणित गरेर त्यस क्षेत्रको अन्य चट्टानको अध्ययनमा टोली लागेको विभागका अर्का भूगर्भविद् प्रकाश पोखरेलले बताउनुभयो । “एक किलोमिटर क्षेत्रमा सयौँको सङ्ख्यामा रहेका खाडल आधा पुरिएका छन्”, उहाँले भन्नुभयो, “पहिले फलाम निकाल्न प्रयोग भएका धेरै खाडल अहिले प्रयोगविहीन अवस्थामा छन् ।” 

खानी विभागले विभिन्न चरणका अध्ययन गर्ने लक्ष्य लिएकाले अर्को वर्ष यस क्षेत्रको जमिनमुनिको फलामको मात्रा पनि थाहा हुने दाबी गरेको छ । ती खाल्डाबाट आजभन्दा पचास वर्षअघि सम्म बैतडीको मल्लादेहीमा कुनै यान्त्रिक प्रयोग बिना, हातैले उत्खनन गरेर फलाम उत्पादन गरिएको भूगर्भविद प्रकाश पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बाजेको पालाका त्यही खानीबाट निकालेको फलामबाट बनेका भाँडाहरु भेट्टिए ।” उत्तरपट्टि फर्केको पाटोमा खानी रहेको बताउँदै भूगर्भविद पोखरेलले अध्ययनका क्रममा अल्याडी क्षेत्रमा एक ठाउँमा देखापरेको चट्टानमा फलाम खानी रहेको र बैतडीमा यस्ता धेरै खानी हुन सक्ने समेत बताउनुभयो । 

खानी विभागको टोली त्यही ठाउँमा शिविर बनाएर दुई दिन बस्यो र फलाम खानीको अध्ययन अघि बढाएको हो । भूगर्भविदले यो क्षेत्रमा खानी रहेको प्रमाणित भएपनि कच्चा पदार्थको मात्रा कति छ भन्ने अर्को विस्तृत अध्ययनपछि मात्र थाहा हुने बताएका छन् । खानी विभागले विभिन्न चरणका अध्ययन गर्ने लक्ष्य लिएकाले चैत महिनासम्म पुनः यस क्षेत्रको जमिनमुनिको फलामको मात्रा पनि थाहा हुने भूगर्भविद्ले दाबी गरेका छन् । 

आजभन्दा झन्डै पचास वर्षअघि सम्म बैतडीको मल्लादेहीमा कुनै यान्त्रिक प्रयोग बिना, हातैले उत्खनन गरेर फलाम उत्पादन गरिएको कुरा अहिलेसम्म सुन्नमा मात्रै आएको थियो । त्यही खानीबाट उत्खनन गरेको फलामबाट निर्मित केही घरेलु प्रयोजनका सामग्री देख्न पाइए पनि त्यसको ठोस प्रमाण केही थिएन । तर खानी तथा भूगर्भ विभागले केही दिनअघि गरेको अध्ययनपछि मल्लादेहीमा फलाम खानी रहेको प्रमाणित भएको छ । 

विस्तृत अध्ययन हुनुपर्ने माग 

झट्ट हेर्दा कुनै विद्रोही समूहको बङ्करजस्तै अनुमान गर्न सकिने ती गहिरा खाडल त्यही खाडल हुन् जहाँबाट सयौँ वर्षअघि स्थानीयवासीले फलामको धाउ निकाल्ने गर्दथे । जताततै खाल्डाखुल्डी देखिन्छन् । त्यहाँ ठूला खाल्डा खनिएका छन् । 

जयपृथ्वी बहादुरसिंह राजमार्गअन्तर्गत बैतडीको ढोल्यामोडबाट पुरचौडी हाट जाने कच्ची सडक हुँदै १७ किलोमिटर हिँडेपछि कोटिलाको रुइनचौर पुगेपछि पश्चिम हुँदै त्यहाँको प्रसिद्ध डिलासैनी मन्दिरलाई दायाँ पार्दै दक्षिणतर्फ लाग्यो भने एक घन्टामा मल्लादेहीमा रहेको उक्त फलाम खानीमा पुग्न सकिन्छ । 

स्थानीय बासिन्दाले पनि लामो समयदेखि फलामखानीको अध्ययनका लागि खानी विभागलाई गुहार्दै आएका थिए । अहिले आएर खानी तथा भूगर्भ विभागले प्रारम्भिक अध्ययन गरेको हो । खानी विभागको अध्ययनपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् भने प्रारम्भिक अध्ययन मात्रै नभएर यसको विस्तृत अध्ययन हुनुपर्ने स्थानीय बासिन्दाको माग रहेको छ । 

मल्लादेही–१ का रामबहादुर बोहराले त्यही खाल्डोबाट आफ्ना बाबुबाजेले फलाम निकालेको बताउनुभयो । “त्यसै खाल्डोबाट घरायसी हतियारले फलाम निकालेर हँसिया, बाउसो बनाएको अझै आफूलाई सम्झना छ”, उहाँले भन्नुभयो, “त्यही खानीबाट निकालेको फलाम मेरो घरमा अझै पनि छ ।” फलामको टुक्राले आगो बाल्ने गरेको समेत उहाँले बताउनुभयो । 

पुरचौडीको मल्लादेहीमा रहेको यो फलामखानीबारे पटकपटक आवाज उठाउँदै आएपनि यसका बारेमा खासै सुनुवाइ नभएको स्थानीयवासी जयबहादुर धामीले बताउनुभयो । “यस खानीको विस्तृत अध्ययन गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “यस क्षेत्रको आर्थिक समृिद्घका लागि यो खानी सञ्चालनमा आउनुपर्छ ।” 

खानी तथा भूगर्भ विभागको एक टोलीले बैतडीको जमाडीगाड र सुर्नयागाड नदी क्षेत्रलगायत मल्लादेही, कोटिला, भूमिराज, कुवाकोट, विजयपुर, शङ्करपुरमा भौगर्भिक सर्वेक्षण गरेको छ । 

भौगर्भिक सर्वेक्षणपश्चात् प्रारम्भिक प्रतिवेदन भूगर्वविद्ले खानी तथा भूगर्भ विभागमा बुझाउने भएका छन् । प्रारम्भिक प्रतिवेदन बुझाइसकेपछि भूगर्भविद्को टोली एक महिनापछि चैतमा फेरि भौगर्भिक सर्वेक्षणका लागि बैतडी आउने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक दुई संसदीय समितिको बैठक आज बस्दै न्युजिल्यान्डले पहिलो पटक उचाल्यो टी–२० महिला विश्वकपको उपाधि आजको मौसम: केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना अमेरिकाले नेपाललाई दियो १५७ रनको लक्ष्य केन्द्रीय मूख्यालय च्यासलमा एमालेको सचिवालय बैठक सुरु रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति