राप्ती उवासंघको अध्यक्षमा - पोख्रेल

दाङ ६ फागुन, देउखुरीको राप्ती उद्योग बाणिज्य संघ भालुवाङमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राप्ती उवासंघको अध्यक्षमा - पोख्रेल

दाङ ६ फागुन, देउखुरीको राप्ती उद्योग बाणिज्य संघ भालुवाङमा"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राप्ती उवासंघमा निर्बिरोध नयाँ नेतृत्व चयन गर्न राजनितिकदलको प्रयास सफल

२०७३, ६ फाल्गुन शुक्रबार १८:०६

राप्ती उवासंघको अध्यक्षमा – पोख्रेल

दाङ ६ फागुन, देउखुरीको राप्ती उद्योग बाणिज्य संघ भालुवाङमा आगामी तीनबर्षे कार्यकालका लागि जगतप्रसाद पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती निर्बिरोध चयन भएको छ । निर्वाचन समितिले शुक्रबार निर्धारण गरेको उम्मेद्धार मनोनयन कार्यक्रम अन्र्तगत निर्धारित समय भित्र कसैको पनि उम्मेद्धारी नपरेपछि भालुवाङकै इतिहासमै पहिलो पटक पोख्रेलको अध्यक्षतामा निबिरोध नयाँ कार्य समिती चयन भएको हो ।

गत माघ २३ गते भएको संघको बार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनमा सहमति हुन नसके पछि फागुन १० गते निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन प्रक्रिया अगाडी बढाईएको भए पनि अन्तिम अवस्थामा  राजनितिकदलहरु बीच सहमति भए पछि निर्बिरोध नयाँ कार्य समिती चयन हुन सफल भएको हो । नव निर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा टोपबहादुर कार्की, उपाध्यक्षमा अन्जना श्रेष्ठ(चौधरी), महासचिवमा सुरज खड्का, सचिवमा टोपबहादुर झाँक्री र कोषाध्यक्षमा श्रीधर खत्री रहेका छन् । त्यसैगरी गरी सदस्यहरुमा शारदा आचार्य, गोमाया केसी, सन्तोषकुमार गुप्ता, माधव भुसाल र सन्तोष अधिकारी रहेका छन् । 

फागुन १० गते निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन कार्यक्रम अन्र्तगत निर्वाचन मण्डलले शुक्रबार दिएको उम्मेद्धार मनोनयन दर्ता अन्र्तगत कुनै पनि पदमा कसैको पनि उम्मेद्धारी नपरेपछि पोख्रेलको अध्यक्षतामा निर्बिरोध नयाँ कार्य समिती घोषणा गरिएको निर्वाचन मण्डलका संयोजक जीबराज शर्माले जानकारी दिए । यसैबीच निर्वाचन मण्डलले शुक्रबार नै नवनिर्वाचित पद्धाधिकारीहरुलाई सपथ ग्रहण गराएको छ ।

सपथ ग्रहण लगत्तै शुक्रबार नै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक संघका अध्यक्ष जगतप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले मनोनित सदस्यमा किशोरबहादुर पुन र बिष्णुप्रसाद पाण्डेय तथा आमन्त्रित सदस्यमा बुधर अलि र हरिबहादुर खड्कालाई मनोनित गरेको छ ।

साथै बैठकले भालुवाङको इतिहासमा पहिलो पटक निर्बिरोध नयाँ कार्य समिति चयन गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने निर्वाचन मण्डल, स्थानियस्तरमा क्रियाशिल सम्पूर्ण राजनितिकदल, उद्योगी, व्यापारी, समाजसेवी, बुद्धिजिवी, भद्रभलादमी, पत्रकार र सुरक्षाकर्मी सबैलाई धन्यबाद ज्ञापन समेत गरेको छ । बैठकको सहजीकरण संघका नवनिर्वाचित सचिव टोपबहादुर झाँक्रीले गरेको संघका कार्यालय प्रमुख सन्तोषकुमार यागीले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै