राप्ती उवासंघको अध्यक्षमा - पोख्रेल

दाङ ६ फागुन, देउखुरीको राप्ती उद्योग बाणिज्य संघ भालुवाङमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राप्ती उवासंघको अध्यक्षमा - पोख्रेल

दाङ ६ फागुन, देउखुरीको राप्ती उद्योग बाणिज्य संघ भालुवाङमा"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

राप्ती उवासंघमा निर्बिरोध नयाँ नेतृत्व चयन गर्न राजनितिकदलको प्रयास सफल

६ फाल्गुन २०७३, शुक्रबार १८:०६

राप्ती उवासंघको अध्यक्षमा – पोख्रेल

दाङ ६ फागुन, देउखुरीको राप्ती उद्योग बाणिज्य संघ भालुवाङमा आगामी तीनबर्षे कार्यकालका लागि जगतप्रसाद पोख्रेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती निर्बिरोध चयन भएको छ । निर्वाचन समितिले शुक्रबार निर्धारण गरेको उम्मेद्धार मनोनयन कार्यक्रम अन्र्तगत निर्धारित समय भित्र कसैको पनि उम्मेद्धारी नपरेपछि भालुवाङकै इतिहासमै पहिलो पटक पोख्रेलको अध्यक्षतामा निबिरोध नयाँ कार्य समिती चयन भएको हो ।

गत माघ २३ गते भएको संघको बार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनमा सहमति हुन नसके पछि फागुन १० गते निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन प्रक्रिया अगाडी बढाईएको भए पनि अन्तिम अवस्थामा  राजनितिकदलहरु बीच सहमति भए पछि निर्बिरोध नयाँ कार्य समिती चयन हुन सफल भएको हो । नव निर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा टोपबहादुर कार्की, उपाध्यक्षमा अन्जना श्रेष्ठ(चौधरी), महासचिवमा सुरज खड्का, सचिवमा टोपबहादुर झाँक्री र कोषाध्यक्षमा श्रीधर खत्री रहेका छन् । त्यसैगरी गरी सदस्यहरुमा शारदा आचार्य, गोमाया केसी, सन्तोषकुमार गुप्ता, माधव भुसाल र सन्तोष अधिकारी रहेका छन् । 

फागुन १० गते निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन कार्यक्रम अन्र्तगत निर्वाचन मण्डलले शुक्रबार दिएको उम्मेद्धार मनोनयन दर्ता अन्र्तगत कुनै पनि पदमा कसैको पनि उम्मेद्धारी नपरेपछि पोख्रेलको अध्यक्षतामा निर्बिरोध नयाँ कार्य समिती घोषणा गरिएको निर्वाचन मण्डलका संयोजक जीबराज शर्माले जानकारी दिए । यसैबीच निर्वाचन मण्डलले शुक्रबार नै नवनिर्वाचित पद्धाधिकारीहरुलाई सपथ ग्रहण गराएको छ ।

सपथ ग्रहण लगत्तै शुक्रबार नै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक संघका अध्यक्ष जगतप्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको छ । बैठकले मनोनित सदस्यमा किशोरबहादुर पुन र बिष्णुप्रसाद पाण्डेय तथा आमन्त्रित सदस्यमा बुधर अलि र हरिबहादुर खड्कालाई मनोनित गरेको छ ।

साथै बैठकले भालुवाङको इतिहासमा पहिलो पटक निर्बिरोध नयाँ कार्य समिति चयन गराउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने निर्वाचन मण्डल, स्थानियस्तरमा क्रियाशिल सम्पूर्ण राजनितिकदल, उद्योगी, व्यापारी, समाजसेवी, बुद्धिजिवी, भद्रभलादमी, पत्रकार र सुरक्षाकर्मी सबैलाई धन्यबाद ज्ञापन समेत गरेको छ । बैठकको सहजीकरण संघका नवनिर्वाचित सचिव टोपबहादुर झाँक्रीले गरेको संघका कार्यालय प्रमुख सन्तोषकुमार यागीले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव