दलसिंह गिरी | फागुन १०, कालिकोट | साच्चै कर्नाली समृद्ध देख्न चाहने हो भने कर्नाली विकासको १० बर्षे रणनैतिक योजना कर्नालीबासीले नै निर्माण गर्न पर्ने कार्यक्रमका सहभागी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | फागुन १०, कालिकोट | साच्चै कर्नाली समृद्ध देख्न चाहने हो भने कर्नाली विकासको १० बर्षे रणनैतिक योजना कर्नालीबासीले नै निर्माण गर्न पर्ने कार्यक्रमका सहभागी"/>
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कर्नालीको समृद्धिका लागि १० बर्षे रणनैतिक योजना बन्दै आज मस्यौदामाथी छलफल

२०७३, १० फाल्गुन मंगलवार १५:१९

दलसिंह गिरी | फागुन १०, कालिकोट | साच्चै कर्नाली समृद्ध देख्न चाहने हो भने कर्नाली विकासको १० बर्षे रणनैतिक योजना कर्नालीबासीले नै निर्माण गर्न पर्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

कर्नालीको समृद्धिका लागि काठ्माण्डौमा बसेर रणनैतिक योजना बनाउनु पुरक नभएको भन्दै सहभागीहरुले यस्तो बताएका हुन् । कर्नाली क्षेत्रको १० बर्षे विकास योजनाको मस्यौदा माथीको एक दिने अन्तरक्रियात्मक सुझाव संकलन कार्यक्रममा बोल्दै कार्यक्रमका सहभागीहरुले ठाउ, भूगोल र परिबेष अनुसार विकासका योजना निर्धारण गर्नु पर्ने भएकाले कर्नालीको विकास योजनाका लागि अनिवार्य आवश्यकतालाई प्राथमिकरण गरी एक द्धार प्रणाली द्धारा अगाडी बढ्न पर्ने धारणा राखेका छन् ।

नेपाल सरकार कर्नाली विकास आयोग जुम्लाको आयोजनामा जिल्ला सदरमुकाम मान्ममा संचालित सुझाव संकलन कार्यक्रममा बोल्दै विभिन्न राजैतिक दलका नेताहरुले कर्नाली विकासको नाममा गोलमोडल योजनाहरु अगाडी बढाउनु भन्दा निश्चित प्याकेज क्षेत्र निर्धाण गरी प्रतिफलयोग्य योजना अगाडी बढाउनु पर्ने धारणा राखेका छन् ।

कर्नाली पर्यटन, सास्कृति, कृषि, जडिबुटी, जलश्रोतको प्रचुत सम्भावनाको क्षेत्र भनिएता पनि यसको प्रबर्धनका लागि कुनै एकिन योजना नदेखिएको भन्दै यस्तो धारणा राखेका हुन् । कर्नाली विकास आयोगका सदस्य कृष्ण आचार्यको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खण्डको प्रमुख आथित्यता तथा स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको विशेष आथित्यतामा आयोजित कार्यक्रममा जिल्लाका कृयाशिल राजनैतिक दल पत्रकार, नागरिक समाज, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

कार्यक्रममा कर्नाली विकासका लागि १० बर्षे रणनैतिक योजनाको मस्यौदा कर्नाली विकास आयोगका सदस्य आचार्यले प्रस्तुत गर्नु भएको छ भने प्रस्तुत गरिएको मस्यौदा माथि सबै सहभागीहरुले आआफ्नो धारणाहरु राखेका छन् । सहभागीहले राखेका धारण तथा सुझाबलाई मनन् गर्दै सुझाबको आधारमा १० बर्षे रणनैतिक योजना पारित गरिने कर्नाली विकास समितिका सदस्य आचार्ययले बताउनु भएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै