दलसिंह गिरी | फागुन १०, कालिकोट | जिल्लालाई पूर्ण सरसफाई युक्त क्षेत्रघोषणाको लागि अभियान सुरु भएपनि पूर्ण सरसफाईका लागि अपरिहार्य आवश्यकताको रुपमा रहेको स्वच्छ खानेपान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | फागुन १०, कालिकोट | जिल्लालाई पूर्ण सरसफाई युक्त क्षेत्रघोषणाको लागि अभियान सुरु भएपनि पूर्ण सरसफाईका लागि अपरिहार्य आवश्यकताको रुपमा रहेको स्वच्छ खानेपान"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खानेपानी योजनाबारे बहस, खानेपानीमन्त्री कालिकोट आउदै

२०७३, १० फाल्गुन मंगलवार १५:२१

दलसिंह गिरी | फागुन १०, कालिकोट | जिल्लालाई पूर्ण सरसफाई युक्त क्षेत्रघोषणाको लागि अभियान सुरु भएपनि पूर्ण सरसफाईका लागि अपरिहार्य आवश्यकताको रुपमा रहेको स्वच्छ खानेपानीको पहुँचको बारेमा जिल्लामा कुनै रणनैतिक योजना बन्न नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जिल्लामा सरसफाईको नाममा थुपै संघसंस्था तथा सरकारी निकायले कार्यक्रम संचालन गरेपनि सरसफाईका लागि नभैनहुने पानीको उचित ब्यवस्थापनका लागि खासै रणनैतिक योजना बनाउन नसकेको भन्दै सहभागीले यस्तो कुरा बताएका हुन् ।

नजिकिदै गरेको २० औं जिल्ला परिषदमा खानेपानी योजना संम्बन्धि नीतिगत योजना पास तथा कालिकोट जिल्लामै जम्मथलो भएका खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंह कालिकोट आउने जानकारी अनुसार जिल्लामा खानेपानीको अवस्था र यसको पुर्तिका लागि मन्त्रिसंग राख्न पर्ने प्रस्तावका बारेमा आयोजित जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिको बैठकमा सहभागीहरुले जिल्लामा खानेपानी ब्यवस्थापनका लागि कुनै गुरु योजना नबनेका कारण आकस्मीक बैठक बस्न पर्ने अवस्था आएको सहभागीहरुले बताएका छन् । जिल्लाको भौगोलिक बनावट, पानी मुहान श्रोतको अवस्था हेरी जल उपयोग गुरुयोजना बनाउनु पर्ने अबको आवश्यकता रहेको सहभागीले बताएका छन् । 

जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिका संयोजक एवं स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काको प्रमुख आथित्यतामा आयोजित बैठकमा अब आउने जिल्ला परिषदमा जिल्लाका सबै विद्यालय, स्वास्थ्य संस्था, कृषि, पशु, जस्ता बिभिन्न संस्थागत निकायमा खानेपानी ब्यवस्थापन योजना निर्माण, प्राथमिकताका आधारमा पहिचान सहितको योजना छनोट, योजना निर्माण पूर्ब संरक्षण तथा सम्बर्धनका लागि मर्मतकोष खडा, मुहान संरक्षण तथा मुहान सुद्धताको पहिचान जस्ता विबिध योजनाको नीतिगत निर्णयहरु परिषदमा लैजाने निर्णय गरिनुका साथै जिल्ला भित्रीन लाग्नु भएका खानेपानी तथा सरसफाईमन्त्री सिंह समक्ष नेपालका अन्य जिल्लामा संचालित सुख्खा क्षेत्रमा सिचाई योजना कार्यक्रम कालिकोटमा पनि लागु गरिनुपर्ने, जिल्लामा रहेका ब्यापारीक बजारहरुको ढलनिकास ब्यवस्थापन गरिनु पर्ने, खानेपानी तथा सिचाई सम्बन्धि गौरवका आयोजना तत्काल अगाडी बढाईनु पर्ने जस्ता विविध मागहरु राख्ने निर्णय समेत गरिएको छ । बैठकमा उठेका सवालहरुका बारेमा खानेपानी तथा सभडिभिजन कार्यालयका प्रमुख कुल प्रसाद पौड्यालले सहजिकरण गर्नु भएको छ भने बैठकको संचालन खानेपानी कार्यालयका देवानन्द धितालले गर्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा