दलसिंह गिरी | फागुन १०, कालिकोट | जिल्लालाई पूर्ण सरसफाई युक्त क्षेत्रघोषणाको लागि अभियान सुरु भएपनि पूर्ण सरसफाईका लागि अपरिहार्य आवश्यकताको रुपमा रहेको स्वच्छ खानेपान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | फागुन १०, कालिकोट | जिल्लालाई पूर्ण सरसफाई युक्त क्षेत्रघोषणाको लागि अभियान सुरु भएपनि पूर्ण सरसफाईका लागि अपरिहार्य आवश्यकताको रुपमा रहेको स्वच्छ खानेपान"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

खानेपानी योजनाबारे बहस, खानेपानीमन्त्री कालिकोट आउदै

१० फाल्गुन २०७३, मंगलवार १५:२१

दलसिंह गिरी | फागुन १०, कालिकोट | जिल्लालाई पूर्ण सरसफाई युक्त क्षेत्रघोषणाको लागि अभियान सुरु भएपनि पूर्ण सरसफाईका लागि अपरिहार्य आवश्यकताको रुपमा रहेको स्वच्छ खानेपानीको पहुँचको बारेमा जिल्लामा कुनै रणनैतिक योजना बन्न नसकेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । जिल्लामा सरसफाईको नाममा थुपै संघसंस्था तथा सरकारी निकायले कार्यक्रम संचालन गरेपनि सरसफाईका लागि नभैनहुने पानीको उचित ब्यवस्थापनका लागि खासै रणनैतिक योजना बनाउन नसकेको भन्दै सहभागीले यस्तो कुरा बताएका हुन् ।

नजिकिदै गरेको २० औं जिल्ला परिषदमा खानेपानी योजना संम्बन्धि नीतिगत योजना पास तथा कालिकोट जिल्लामै जम्मथलो भएका खानेपानी तथा सरसफाईमन्त्री प्रेमबहादुर सिंह कालिकोट आउने जानकारी अनुसार जिल्लामा खानेपानीको अवस्था र यसको पुर्तिका लागि मन्त्रिसंग राख्न पर्ने प्रस्तावका बारेमा आयोजित जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिको बैठकमा सहभागीहरुले जिल्लामा खानेपानी ब्यवस्थापनका लागि कुनै गुरु योजना नबनेका कारण आकस्मीक बैठक बस्न पर्ने अवस्था आएको सहभागीहरुले बताएका छन् । जिल्लाको भौगोलिक बनावट, पानी मुहान श्रोतको अवस्था हेरी जल उपयोग गुरुयोजना बनाउनु पर्ने अबको आवश्यकता रहेको सहभागीले बताएका छन् । 

जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिका संयोजक एवं स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीको अध्यक्षता प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्काको प्रमुख आथित्यतामा आयोजित बैठकमा अब आउने जिल्ला परिषदमा जिल्लाका सबै विद्यालय, स्वास्थ्य संस्था, कृषि, पशु, जस्ता बिभिन्न संस्थागत निकायमा खानेपानी ब्यवस्थापन योजना निर्माण, प्राथमिकताका आधारमा पहिचान सहितको योजना छनोट, योजना निर्माण पूर्ब संरक्षण तथा सम्बर्धनका लागि मर्मतकोष खडा, मुहान संरक्षण तथा मुहान सुद्धताको पहिचान जस्ता विबिध योजनाको नीतिगत निर्णयहरु परिषदमा लैजाने निर्णय गरिनुका साथै जिल्ला भित्रीन लाग्नु भएका खानेपानी तथा सरसफाईमन्त्री सिंह समक्ष नेपालका अन्य जिल्लामा संचालित सुख्खा क्षेत्रमा सिचाई योजना कार्यक्रम कालिकोटमा पनि लागु गरिनुपर्ने, जिल्लामा रहेका ब्यापारीक बजारहरुको ढलनिकास ब्यवस्थापन गरिनु पर्ने, खानेपानी तथा सिचाई सम्बन्धि गौरवका आयोजना तत्काल अगाडी बढाईनु पर्ने जस्ता विविध मागहरु राख्ने निर्णय समेत गरिएको छ । बैठकमा उठेका सवालहरुका बारेमा खानेपानी तथा सभडिभिजन कार्यालयका प्रमुख कुल प्रसाद पौड्यालले सहजिकरण गर्नु भएको छ भने बैठकको संचालन खानेपानी कार्यालयका देवानन्द धितालले गर्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य