फागुन ११, धादिङ |  धादिङ जिल्लाको तीन गाविसलाई तत्काल बुढीगण्डकीको मुआब्जा वितरण हुने भन्दै रकम निकासा गरिसक्दा पनि बिभिन्न बहानामा आलटाल गरिएको छ । 

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ११, धादिङ |  धादिङ जिल्लाको तीन गाविसलाई तत्काल बुढीगण्डकीको मुआब्जा वितरण हुने भन्दै रकम निकासा गरिसक्दा पनि बिभिन्न बहानामा आलटाल गरिएको छ । 

<"/>
2026-10-15 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

किन रोकियो बूढीगण्डकीको मुआब्जा वितरण ?

फागुन ११, धादिङ |  धादिङ जिल्लाको तीन गाविस खरी, मैदी र सलाङलाई तत्काल बुढीगण्डकीको मुआब्जा वितरण दिने भन्दै रकम निकासा गरिसक्दा पनि बिभिन्न बहानामा आलटाल गरिएको छ । 

रकम प्राप्त भएको महिना दिन बित्दापनि कागजी प्रक्रिया पूरा नभएको बहानामा धादिङको सम्बन्धित निकायहरुले प्रभावितहरुलाई झुलाउने काम गरेका छन् । खरी कुमालटारीबाट धादिङ मालपोत आएका एक बूढीगण्डकी प्रभावितले तत्काल मुआब्जा बापतको पैसा दिने बताएपनि अहिलेसम्म बहानाबाजी गरेको बताए । उनले भने ‘दिने हो भने छिट्टै उपलब्ध गराउनु पर्यो हैन भने किन झुलाउने ? रकम निकासा भईसक्दा पनि मुआब्जा वितरणमा यस्तो ढिलाई गरिन्छ भने आयोजना निर्माण कुन गतिले जाला ?’ 

जिल्लाका तीन गाविसका १३ सय घरधुरीलाई पहिलो चरणमा मुआब्जा दिने तयारीका साथ दर्ता गरिए पनि अहिलेसम्म नापी र  मालपोत कार्यालयले प्रभावित जग्गा छुट्याउने काममा समेत कर्मचारी परिचालन गरेको छैन । 

बुढीगण्डकी जलबिद्धुत आयोजनाबाट धादिङ र गोरखा गरि २७ गाविसहरु प्रभावित हुँदैछन् । दुवै जिल्लामा जग्गा निर्धारण मापदण्ड तोकिएको भएपनि नापी र मालपोत तदारुकताका साथ काममा उत्रिएका छैनन् । २०१६ देखि नै सुरु हुने बताइएको आयोजनाको काम तत्काल थालनी गर्ने अवस्था पनि छैन जसको लागि तत्काल मुआब्जा वितरण गरि आयोजना प्रभावित स्थानहरु खाली गराउनुपर्ने हुन्छ तर जिल्लाका सम्बन्धित निकायको सुस्तताले आयोजना निर्माणको काम लम्बिने निश्चित देखिएको छ । यता सम्बन्धित निकायले भने कर्मचारीहरुले निरन्तर काम अगाडी बढाईरहेको भन्दै छिट्टै मुआब्जा बापतको रकम बाडिने बताएका छन् ।

अघिल्लो बर्ष पनि मुआब्जा वितरण गर्न नसक्दा २ अर्ब रुपयाँ फिर्ता भएको थियो । यस वर्ष धादिङ र गोरखा दुवै जिल्लाको रकम वितरण गर्न पहिलो चरणमा ५ अर्ब रुपयाँ निकासा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने