प्रभात सुवेदी । फागुन २९, बर्दिया ।

सदरमुकाम गुलरियाको राधाकृष्ण चोक, केही दिनको लगातारको बन्द, भर्खर व्यापार व्यवसाय खोलेका व्यापारीहरु, होलीका लागि केही सरसमान किन्नेहरुको भीड, केही सवारी साधनहरुको ओहोरदोहोरका बीचमा अप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । फागुन २९, बर्दिया ।

सदरमुकाम गुलरियाको राधाकृष्ण चोक, केही दिनको लगातारको बन्द, भर्खर व्यापार व्यवसाय खोलेका व्यापारीहरु, होलीका लागि केही सरसमान किन्नेहरुको भीड, केही सवारी साधनहरुको ओहोरदोहोरका बीचमा अप"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तराईको होली त भोली हो ! आज होइन नि !

२९ फाल्गुन २०७३, आईतवार १६:४४

प्रभात सुवेदी । फागुन २९, बर्दिया ।

सदरमुकाम गुलरियाको राधाकृष्ण चोक, केही दिनको लगातारको बन्द, भर्खर व्यापार व्यवसाय खोलेका व्यापारीहरु, होलीका लागि केही सरसमान किन्नेहरुको भीड, केही सवारी साधनहरुको ओहोरदोहोरका बीचमा अपरान्हतिर एक्कासी देखियो १५/२० जना एकै खाले ड्रेसमा सजिएका युवाहरुको हुल । उनीहरु मादलको तालमा नाच्दै गाउँदै बजारतर्फ बढे । 

कोही मान्छे भन्दै थिए यिनीहरु झुक्किए कि क्यो हो ? तराईमा त होली भोलि मात्रै हो । आजै खेल्दैछन् त यिनीहरु होली । कोही भन्दै थिए, भोलि होलीका लागि जोहो गर्न पैसा उठाउँदै पो छन् त । 

तर, ती युवाका टोलीहरु पैसा उठाउन हैन कि पैसा बचत गर्ने बानीको विकास गराउनका लागि चेतनामूलक कार्यक्रम पो लिएर हिडेका रहेछन् । होली पर्वको सन्दर्भ पारेर “भार्गवसँगको नाता एक घर एक खाता” भन्ने मूल नाराका साथ भार्गव विकास बैंक गुलरिया शाखाले सञ्चालन गरेको घरदैलो वित्तिय जागरण अभियान अन्तर्गतको जमघट पो रहेछ त्यो र्याली ।

  

अपरान्हतिर बैंकका युवा कर्मचारीहरु हातमा आर्थिक सचेतना सम्बन्धी विभिन्न सन्देशमूलक नाराहरु लेखिएका प्ले कार्डका साथमा बजार परिक्रमा गरेका थिए । प्ले कार्डमा ‘उद्यम व्यवसाय गर्नका लागि रकमको आवश्यकता छ भने आफ्नो व्यवसायको योजना सहित बैंक तथा वित्तीय संस्थामा सम्पर्क राखौं ।’ ‘बचत रकम बैंकमा राखौं, उद्यम गर्न बैंकबाट कर्जा लिने गरौँ ।’ ‘आजको तपाईंको बचत भोलिको उद्यम गर्ने पूँजी हुन सक्छ ।’ ‘तपाईंको बचत आर्थिक विकासको आधार हुन सक्छ ।’ ‘आजैदेखि बचत गर्ने बानी बसालौँ ।’ आदि नाराहरु लेखिएका प्ले कार्ड सहित बजार परिक्रमा गर्दै विभिन्न रङ्गका अबीरहरु लगाउँदै होलीको शुभकामना बाँडिरहेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला