प्रभात सुवेदी । फागुन २९, बर्दिया ।

सदरमुकाम गुलरियाको राधाकृष्ण चोक, केही दिनको लगातारको बन्द, भर्खर व्यापार व्यवसाय खोलेका व्यापारीहरु, होलीका लागि केही सरसमान किन्नेहरुको भीड, केही सवारी साधनहरुको ओहोरदोहोरका बीचमा अप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । फागुन २९, बर्दिया ।

सदरमुकाम गुलरियाको राधाकृष्ण चोक, केही दिनको लगातारको बन्द, भर्खर व्यापार व्यवसाय खोलेका व्यापारीहरु, होलीका लागि केही सरसमान किन्नेहरुको भीड, केही सवारी साधनहरुको ओहोरदोहोरका बीचमा अप"/>

२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तराईको होली त भोली हो ! आज होइन नि !

२०७३, २९ फाल्गुन आईतवार १६:४४

प्रभात सुवेदी । फागुन २९, बर्दिया ।

सदरमुकाम गुलरियाको राधाकृष्ण चोक, केही दिनको लगातारको बन्द, भर्खर व्यापार व्यवसाय खोलेका व्यापारीहरु, होलीका लागि केही सरसमान किन्नेहरुको भीड, केही सवारी साधनहरुको ओहोरदोहोरका बीचमा अपरान्हतिर एक्कासी देखियो १५/२० जना एकै खाले ड्रेसमा सजिएका युवाहरुको हुल । उनीहरु मादलको तालमा नाच्दै गाउँदै बजारतर्फ बढे । 

कोही मान्छे भन्दै थिए यिनीहरु झुक्किए कि क्यो हो ? तराईमा त होली भोलि मात्रै हो । आजै खेल्दैछन् त यिनीहरु होली । कोही भन्दै थिए, भोलि होलीका लागि जोहो गर्न पैसा उठाउँदै पो छन् त । 

तर, ती युवाका टोलीहरु पैसा उठाउन हैन कि पैसा बचत गर्ने बानीको विकास गराउनका लागि चेतनामूलक कार्यक्रम पो लिएर हिडेका रहेछन् । होली पर्वको सन्दर्भ पारेर “भार्गवसँगको नाता एक घर एक खाता” भन्ने मूल नाराका साथ भार्गव विकास बैंक गुलरिया शाखाले सञ्चालन गरेको घरदैलो वित्तिय जागरण अभियान अन्तर्गतको जमघट पो रहेछ त्यो र्याली ।

  

अपरान्हतिर बैंकका युवा कर्मचारीहरु हातमा आर्थिक सचेतना सम्बन्धी विभिन्न सन्देशमूलक नाराहरु लेखिएका प्ले कार्डका साथमा बजार परिक्रमा गरेका थिए । प्ले कार्डमा ‘उद्यम व्यवसाय गर्नका लागि रकमको आवश्यकता छ भने आफ्नो व्यवसायको योजना सहित बैंक तथा वित्तीय संस्थामा सम्पर्क राखौं ।’ ‘बचत रकम बैंकमा राखौं, उद्यम गर्न बैंकबाट कर्जा लिने गरौँ ।’ ‘आजको तपाईंको बचत भोलिको उद्यम गर्ने पूँजी हुन सक्छ ।’ ‘तपाईंको बचत आर्थिक विकासको आधार हुन सक्छ ।’ ‘आजैदेखि बचत गर्ने बानी बसालौँ ।’ आदि नाराहरु लेखिएका प्ले कार्ड सहित बजार परिक्रमा गर्दै विभिन्न रङ्गका अबीरहरु लगाउँदै होलीको शुभकामना बाँडिरहेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ नेकपा एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण निधन रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा बनाउने काम अन्तिम चरणमा