२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विश्व कल्याणार्थ महायज्ञ जलेश्वरमा सुरु

८ चैत्र २०७३, मंगलवार ०८:१०

चैत ८, गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराही कुट्टीमा आजदेखि विश्व कल्याणार्थ ‘श्री सीताराम नाम सङ्कीर्तन’ महायज्ञ सुरु भएको छ । 

अनन्तश्री विभूषित परमतपस्वी महात्यागी सन्त सीताराम दासजीको तत्वाधानमा आजदेखि १० दिनसम्मका लागि महायज्ञ सुरु भएको महायज्ञ समितिका अध्यक्ष जयरुद्र झाले बताउनुभयो । महायज्ञको आज बिहान ११ बजे मटिहानी मठका मान महन्थ जगन्नाथदास वैष्णवले उद्घाटन गर्नुभएको छ । महायज्ञमा पूजन तथा हवन आचार्य कालीकान्त झाले गर्नुभएको छ । 

यही चैत १८ गतेसम्म चल्ने महायज्ञमा प्रतिदिन बिहानदेखि निरन्तर सीताराम जप सङ्कीर्तन, प्रवचन, अग्नि आहुति (हवन), ‘रामचरितमानस’ पाठ तथा भारतको वृन्दावनको विशेष धार्मिक सांस्कृतिक टोलीद्वारा राति ८ बजेदेखि महारासलीलाको व्यवस्था गरिएको अध्यक्ष झाले बताउनुभयो । 

बजराहीवासीसहित सम्पूर्ण जलेश्वर नगरवासी तथा इच्छुक दाताको रु ३० लाखको सहयोगमा १० दिनसम्म सञ्चालन हुने महायज्ञमा नेपाल र भारतका थुप्रै साधुसन्त, महात्मा र जोगी आएका छन् । 

महायज्ञ आयोजक समितिले सम्पूर्ण आगन्तुक तथा दर्शनार्थीका लागि प्रसाद तथा निःशुल्क भोजनका साथै महायज्ञको आवश्यक सुरक्षालगायत सबै व्यवस्था मिलाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…