कृष्ण कँडेल | बैसाख ४, बागलुङ | बागलुङको गलकोट क्षेत्रबाट रोजगारीको शिलशिलामा जापानमा रहेका प्रवाशीले रामेछापको भुकम्प प्रभावित विद्यालयमा भवन निर्माण सुरु गरेका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल | बैसाख ४, बागलुङ | बागलुङको गलकोट क्षेत्रबाट रोजगारीको शिलशिलामा जापानमा रहेका प्रवाशीले रामेछापको भुकम्प प्रभावित विद्यालयमा भवन निर्माण सुरु गरेका"/>
१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गलकोट समाज जापानले रामेछापमा विद्यालय भवन बनाउँदै

४ बैशाख २०७४, सोमबार ०४:३०

कृष्ण कँडेल | बैसाख ४, बागलुङ | बागलुङको गलकोट क्षेत्रबाट रोजगारीको शिलशिलामा जापानमा रहेका प्रवाशीले रामेछापको भुकम्प प्रभावित विद्यालयमा भवन निर्माण सुरु गरेका छन् । 

गलकोटेहरुको संस्था गलकोट समाज जापानले २५ लाख रुपैयाँको लागतमा सुनपाति–१ गुन्सी, धारापानीको जागृत आधारभुत विद्यालयका लागि भवन निर्माण गरिदिन लागेको हो । सामाजिक उत्तरदायित्वको भावनाले आफ्नो देशमा सानो भएपनि केहि सहयोग गरौँ भन्ने उदेश्यले सहयोग जुटाएर जम्मा गरिएको रकमबाट विद्यालयको प्रावि भवन निर्माण गर्न लागिएको गलकोट समाज जापानका अध्यक्ष नरबहादुर थापाले जानकारी दिनुभयो । 

२०७२ साल बैसाख १२ गतेको भुकम्पबाट विद्यालयको भवन भत्किएपछि त्यहाँका बालालिकाले खुल्ला चउरमा बसेर पढ्नुपर्ने बाध्यता देखेर समाजले भावन निर्माण गर्न लागेको हो । विद्यालय भवनको गलकोट समाज जापनका अध्यक्ष नरबहादुर थापाले शिलान्यास गर्नुभएको छ । 

कार्यक्रममा समाजका बरिष्ठ उपाध्यक्ष दिलु खत्री, संरक्षक गोबिन्द श्रेष्ठ, सल्लाकार सन्त खत्री, सल्लाकार टंक गैरे र कृष्ण खत्री पनि उपस्थित हुनुहन्थ्यो ।   

निर्माण कार्य आगामी दशैँसम्म सम्पन्न गरिने निर्माण समितिका अध्यक्ष नवराज तामाङले जानकारी दिनुभयो । भवन निर्माणका लागि उहाँको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको छ । 

गलकोट समाज जापानले विभिन्न समयमा विद्यालय, स्वास्थ्य संस्थालाई आर्थिक सहयोग, गलकोटमा एम्बुलेन्स सञ्चालन, निशुल्क स्वास्थ्य शिविर सञ्चालन, भुकम्प पिडितलाई तथा कामको शिलाशिलामा विदेशमा ज्यान गुमाएकाहरुको परिवालाई सहयोग समेत गर्दै आएको पत्रकार भवानी पन्तले जानकारी दिनुभयो । 

नयाँ बर्ष २०१७ को अवसरमा जापानमा गरिएको सांगितिक कार्यक्रमबाट जुटेको रकमबाट समाजसेवाको काम सञ्चालन गरिएको गलकोट समाज जापानले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण