२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको ताकममा ढुङ्गाखानी भेटियो

५ बैशाख २०७४, मंगलवार ०७:४८

बैशाख ५, बेनी (म्याग्दी) | पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिकाअन्तर्गत साविकको ताकम गाविस–८ मच्छिममा सडक विस्तारको क्रममा विशाल ढुङ्गाखानी भेटिएको छ । 

जिल्ला समन्वय समिति म्याग्दी र स्थानीयवासीको लगानीमा निर्माण भइरहेको सडकखण्डअन्तर्गत मच्छिम गाउँ नजिक ठूलो खानी भेटिएपछि स्थानीय उत्साहित भएका छन् । घर, मठमन्दिर, सडक तथा विभिन्न प्रयोजनमा प्रयोग गर्ने आर्कषक ढुङ्गा फेला परेको ताकम सिवाङका गिरीप्रसाद छन्त्यालले बताउनुभयो । 

ती ढुङ्गा विगतमा समेत गाउँमा प्रयोग गरिने गरेको भए पनि सडक विस्तारको क्रममा ठूलो स्रोत फेला परेपछि स्थानीय दङ्ग परेको छन्त्यालको भनाइ छ । ढुङ्गाको खानी भेटिएपछि स्थानीयले रेशम छन्त्यालको संयोजकत्वमा प्रारम्भिक व्यवस्थापनका लागि समिति समेत बनाएका छन् । 

स्थानीयले उत्खननसमेत गर्न थालेका छन् । सडक आसपासमा लाखौँ मूल्यका ढुङ्गा भेटिएपछि वार्षिक रु १० लाखसम्म दिने तथा सडकका लागि आवश्यक पर्ने डोजर निःशुल्क गरिनेसम्मको प्रस्ताव आएको गाउँलेको भनाइ छ । बस्तीभन्दा टाढा रहेकाले पनि खानी उत्खननमा कुनै असर नगर्ने स्थानीयवासीको भनाइ छ । 

ढुङ्गाखानीलाई व्यावसायिकरुपमा सञ्चालन गरी गाउँमा रहेको भुमे निमावि सञ्चालनसहित गाउँको विकासमा खर्च गर्ने सोचमा रहेको स्थानीयको भनाइ छ । सडकको दुवैतर्फ भेटिएका ढुङ्गाको मुदी, मुना, ताकमलगायतका क्षेत्रबाट समेत माग आउन थालेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ